January 18, 2021
समाचार

अन्तर्राष्ट्रियस्तरको अवार्ड साउथवेस्ट्रवलाई

अन्तर्राष्ट्रियस्तरको अवार्ड साउथवेस्ट्रवलाई

तेस्रोप्रतिष्ठित अन्तर्राष्ट्रिय विद्यालय विधा अन्तर्गतको उत्कृष्ट अवार्ड साउथवेस्टन स्कुलले प्राप्त गरेको

 शिक्षामा उत्कृष्टताका लागि अन्तराष्ट्रिय केन्द(INCEED) कला, संस्कृति शिक्षाको स्थिरताको लागि समाज -SPACE) को संयुक्त आयोजनामा भारतको नयाँ दिल्लीबाट भर्चुअलरुपमा आयोजना गरिएकोअन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन पुरस्कार कार्यक्रममा उक्त अवार्ड घोषणा गरिएको थियो उक्तअन्तराष्ट्रिय शिक्षा शिखर सम्मेलन पुरस्कार कार्यक्रममा नेपाल, भारत, फिलिपिन्स, नाइजेरिया, मलेसिया, इन्डोनेसिया, साउदी अरेयिबा, मेक्सिको, थाइल्यान्ड लगायत ५० भन्दा बढी देशका २५० भन्दा बढी संस्था तथा व्यक्तिहरूको सहभागिता रहेको थियो पोस्ट कोभिड परिदृष्यमा जीवन आजीविकाको लागि समग्र शिक्षा अगाडिको बाटो विषय बस्तुमा आयोजित उक्त सम्मेलनमायोग्य सम्पन्न शैक्षिक संस्थारसंस्थाहरूका लागि विशिष्ट पुरस्कार भन्ने नाराका साथ विभिन्न विधाका पुरस्कारहरू वितरण गरिएको थियो उक्त भर्चुअल कार्यक्रममा साउथवेस्टन स्कुलको तर्फबाट स्कुलका प्रिन्सिपल रमेश अधिकारी सहभागी भएका थिए

 

एक बर्षको अवधिमा विद्यालयले प्राप्त गरेको यो तेस्रो अन्तराष्ट्रिय अवार्ड हो यस अघि विद्यालयले २०१९ डिसेम्बरमा दुबईको अमिट युनिभर्सिटी द्वारा दुबईमा आयोजित एक कार्यक्रममा अन्तराष्टिय स्कुल अवार्ड अन्तर्गत साउथवेस्टन स्कुलले एक्सिलेन्स टिचिङ अवार्ड प्राप्त गरेको थियो त्यस्तैग्लोबल स्कुल अवार्ड इडु नेसन टिभीद्वारा १२ अक्टोबर २०२० मा आयोजित एसियाको पहिलो भर्चुअल अन्तराष्ट्रिय सभामा साउथवेस्टन स्कुलका प्रिन्सिपल रमेश अधिकारीलेग्लोबल स्कुल अवार्ड अन्तर्गतबेस्ट प्रिन्सिपल २०२० प्राप्त गर्नु भएको थियो

 

कोभिड१९को असरले विद्यालयहरू बन्द रहेको अवस्थामा स्कुलले गरेको शैक्षिक गतिविधि समेतलाई आधार बनाई उक्त अवार्ड साउथवेस्टन स्कुललाई प्रदान गरिएको हो स्कुलले भर्चुअल शिक्षण प्रक्रियामा अपनाएका शिक्षण पद्धतिहरू, परियोजना मूलककार्य, श्रव्यदृष्य कक्षा, मौखिक तथा लिखित नियमित मूल्याङकन पद्धति, विद्यालयको भौतिक पूर्वाधार, विद्यालयका उपलब्धि आदि लाई मूल्यङ्कनको आधार बनाइएको थियो स्कुलले एक पछि अर्को अन्तराष्ट्रिय अवार्ड प्राप्त गरेकोले स्कुल अन्तराष्ट्रिय स्तरको गुणस्तरीय शिक्षादिन सफल रहेको पुष्टि भएको कुरा स्कुल सञ्चालन समितिका अध्यक्ष टीकाराम महराले बताए शिक्षा क्षेत्रमा लामो समयदेखि आवद्ध व्यक्तिहरूबाट सञ्चालित साउथवेस्टनले पी. जी. -प्ले ग्रुप) देखि पी. एच. डी. सम्मको शिक्षा प्रदान गर्दै आएको

0 Comments

Leave a comment