November 26, 2020
विविध

अभिभावकले बालबालिकाको क्षमता बुझ्नुपर्छ

अभिभावकले बालबालिकाको क्षमता बुझ्नुपर्छ

हाम्रो घर समाजमा दिनदिनै सुन्छौँ एउटै आमाको पेटबाट जन्मेको बच्चा पनि कति फरक । किन यो यस्तो भएको होला मैले दुईजनामा केही फरक गरेको छैन र आजकल शिक्षाको (education) भाषामा हरेक बच्चा (मान्छे) फरक (every child is unique) भनेर सुन्छौँ । 

हो हरेकबच्चा हरेक मान्छे फरक हो । एकले अर्कालाई फरक बनाउने उसको इच्छा, चाहना, बानी, ब्यवहार र यी सबै कुरालाई असर पार्ने अन्तरनिहीत क्षमता र गुण ।  हरेक मान्छेमा अन्तरनिहीत क्षमता र गुण हुन्छ । अन्तरनिहीत क्षमता वा गुण भन्नाले ऊ जन्मेसँगै बोकेर आएको क्षमता । हामी देख्छौँ कोही गीत गाउन, कोही नाच्न, कोही बोल्न, कोही मेकअप वा डिजाइन गर्न, ... गर्न आदी । हामीले त्यही मान्छेलाई सफल भएको देख्छौँ, जसले आफ्नो क्षमतालाई चिनेर अगाडी बढ्न सकेको छ । 

हामीले अहिले समाजमा देख्छौँ आमा बुबाआफ्ना छोराछोरीलाई हप्तामा एक चोटी  रेष्टुराँ लैजाने, समय समयमा फिल्म देखाउने, घुम्ने कुरामा धेरै जोड दिएको देखिन्छ ।

हामी अभिभावकले यो कुरा बुझ्न सक्यो, आफ्ना बालबालिकाका क्षमता चिन्न सक्यौँ र त्यही अनुसार सहयोग गर्न सक्यो भने हाम्रा हरेक बालबालिकाले खुशीको संसारमा रमाउँछ । ऊ संसारको सफल ब्यक्ति बन्न कसैले रोक्न सक्दैन । हामीले बालबालिकासँग नजिक बसेर, उसको कुरा सुनेर, उसँगै उसको इच्छा, आकांक्षा बुझ्न सकिन्छ र उसको अन्तरनिहीत गुणलाई चिन्न सकिन्छ । 

हामीले अहिले समाजमा देख्छौँ आमा बुबाआफ्ना छोराछोरीलाई हप्तामा एक चोटी  रेष्टुराँ लैजाने, समय समयमा फिल्म देखाउने, घुम्ने कुरामा धेरै जोड दिएको देखिन्छ । यसलाई मैले उसको इच्छाअनुसार सबै गरिदिएको छु, पु¥याई दिएको छु भनेर घमण्ड गरेको देखिन्छ । अनि फेरि अभिभावकको चाहना पढाई, लेखाईमा राम्रो होस् भन्ने हुन्छ । विद्यालयका प्रस्तुतीहरुमा उत्कृष्ट नृत्य, उत्कृष्ट गायन होस् भन्ने हुन्छ । साथै उद्घोषणमा पनि बसेरै बच्चा राम्रो होस् भन्ने चाहना राख्दछन्, नाटक राम्रोसँग गरोस् भन्ने पनि छ ।

बच्चा सामाजिक होस् भन्ने चाहना प्रत्येक अभिभावकमा हुन्छ तर व्यावहारिक ज्ञान सिकाउन हामीसँग समय हुँदैन । बालबालिकाले केही कुरा सोधीखोजी ग¥यो भने तिम्रो पारामा लाग्यो भने काम कहिले सकिँदैन ।

यी सबै कुरा आशा गर्नु नराम्रो होइन । तर यसको लागि अभिभावकले कसरी, कति सहयोग गरेका छन् । पढाई, लेखाई राम्रो होस् भन्ने चाहना राख्ने अभिभावकले बच्चाले  पाठ्यक्रमभन्दा बाहिरको एउटा नयाँ किताबबाहेकको किनिदिनु प¥यो भने नचाहिने ठाउँमा खर्च ग¥यो । अस्ति  किनेको किताब नै पढको छैन । खुरुक्क पाठ्यपुस्तक पढ भनेर गाली नै गरेको सुनिन्छ । बालबालिकाको पढाई, लेखाई राम्रो हुनका लागि शब्द भण्डार राम्रो हुनुपर्छ । शब्दभण्डार राम्रो हुन धेरै किताब पढ्नुपर्छ । त्यही किताब घोकेर शब्द भण्डार राम्रो हुँदैन ।

बच्चा सामाजिक होस् भन्ने चाहना प्रत्येक अभिभावकमा हुन्छ तर व्यावहारिक ज्ञान सिकाउन हामीसँग समय हुँदैन । बालबालिकाले केही कुरा सोधीखोजी ग¥यो भने तिम्रो पारामा लाग्यो भने काम कहिले सकिँदैन । अहिले चुप लागेर बस । पछि कुरा गरौंला भनेर बालबालिकालाई हामी नजिकै हुन दिदैनौँ । व्यवहारिक कुरा सिकाउँदैनौं । वास्तवमा व्यावहारिक ज्ञान सिपबाट सामाजिक हुने हो । 

हामीले बालबालिकाको क्रियाकलापलाई नियाल्यौँ भने ऊ केमा राम्रो छ भन्ने कुरा ठम्याउन सकिन्छ । हामीले अभिभावकबाट सुन्छौँ जति खेर पनि नाचिरहेको छ, खेलिरहेको छ, चित्र कोरिराखेको हुन्छ, ऐना हेरेर बस्छ, धेरै बोल्छ, सामान बिगारेर, फुटाएर र्हेछ, विरुवा देख्यो कि उखालेर हेर्छ, आकाशमा हेरेर टोलाउएर बस्छ, जनावर पायो कि खेल्न थाल्छ यस्तै यस्तै । यिनै हुन उनका क्षमता । यी नै हुन वैज्ञानिक, व्यापारी, गायक, कलाकार तर अभिभावक त्यहि बालबालिकाको क्षमतालाई दुश्मन ठानेर दिनको दुई, तीन पटक झगडा गरिरहेको हुन्छ ।

अल्बर्ट आइन्सटाइनको आमाले शिक्षकले लेखेको चिठ्ठी तिम्रो छोरा एक नम्बरको निकम्म, काम नलाग्ने बालक हो भनेर दिएको चिठ्ठीलाई देखाउन त भएन तर साथै शिक्षकले तिमी एकदम बुद्विमान हो भन्ने कुरा आमाको आफ्नो बच्चाप्रतिको विश्वास नै ति व्यक्तिहरु महान् हुन सहयोग गरेका हुन्. ।

यदि हामी अभिभावकले उसको अन्तरनिहीत क्षमतालाई पहिचान गर्न सहयोग गर्ने हो भने हामीले संसारका सफल मानिसलाई हेर्यो भने अभिभावकको ठूलो भूमिका देख्छौँ । संसारको धनि व्यक्ति बिल गेट्सलाई हरवार्डजस्तो विश्वविद्यालयबाट छोडेको हुँदा त काम नलााग्ने मान्छे भनेर उसको चाहनाअनुसार सफ्टवेयर बनाउन सहयोग र वातावरण मिलाई दियो ।

अल्बर्ट आइन्सटाइनको आमाले शिक्षकले लेखेको चिठ्ठी तिम्रो छोरा एक नम्बरको निकम्म, काम नलाग्ने बालक हो भनेर दिएको चिठ्ठीलाई देखाउन त भएन तर साथै शिक्षकले तिमी एकदम बुद्विमान हो भन्ने कुरा आमाको आफ्नो बच्चाप्रतिको विश्वास नै ति व्यक्तिहरु महान् हुन सहयोग गरेका हुन्. । यस्तै संसारमा धेरै उदाहरण छन् ।
बालबालिकालाई चिन्ने, बुझ्ने, सुन्ने व्यक्ति भनेको आमाबुबा हो । आमाबुबाको हौसला, पे्ररणाले बालबालिकाले जीवनको कुनै पनि समयमा पछाडी फर्केर हेर्नु पर्दैन ।

0 Comments

Leave a comment