August 07, 2020
विविध

कक्षा कोठाको विकल्प वैकल्पिक शिक्षा 

कक्षा कोठाको विकल्प वैकल्पिक शिक्षा 

कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणका कारण मुलुक चैत ११ गतेदेखि बन्दाबन्दीको अवस्थामा छ । त्यसयता नेपालका सबै शैक्षिक संस्था बन्द छन् । विद्यार्थीको सिकाइ प्रभावित भएको छ । कक्षा १०, ११ र १२ मा अध्ययनरत झण्डै दश लाख विद्यार्थी परीक्षा या सरकारले दिने नयाँ विकल्पको प्रतिक्षामा छन् । उच्च शिक्षामा पनि पढाइ हुन सकेको छैन । विद्यालय तहका लाखौँ विद्यार्थी नयाँ कक्षा पढ्ने प्रतीक्षामा छन् तर विद्यालय सञ्चालन हुन नसक्दा उनीहरुको त्यो सपना पूरा हुन सकेको छैन । 

लाखौँ विद्यार्थीलाई निराश अवस्थामा घरमा बन्दाबन्दीमा राख्दापछि धेरै खालको समस्या आउन सक्ने भन्दै यो अवस्थामा विद्यार्थीलाई शिक्षक तथा विद्यालय सितको सम्पर्कमा तत्काल जोड्नुपर्ने जोड दिइएको छ ।


कक्षाको नियमित पठनपाठन सञ्चालन हुन नसकेको र अझै झण्डै छ महिना विद्यालयको कक्षा सञ्चालन हुन चुनौतीपूर्ण हुने देखिएका बेला वैकल्पिक विधिबाट पढाउनुपर्ने देखिएको छ । अनलाइन, टेलिभिजन, रेडियो, एफ.एम, युट्युव आदिलाई वैकल्पिक विधिका रुपमा लिइएको छ । लाखौँ विद्यार्थीलाई निराश अवस्थामा घरमा बन्दाबन्दीमा राख्दापछि धेरै खालको समस्या आउन सक्ने भन्दै यो अवस्थामा विद्यार्थीलाई शिक्षक तथा विद्यालय सितको सम्पर्कमा तत्काल जोड्नुपर्ने जोड दिइएको छ । शिक्षाविज्ञहरु सरकारले यसलाई मान्यता दिने कुरामा विलम्व गर्न नहुनेमा जोड दिँदै आएका छन् । कक्षा कोठाको पठनपाठन सहज नहुने आकलन गर्दै शिक्षा तथा सामाजिक सुरक्षामा लगानी तथा कार्यक्रम सञ्चालन गर्ने विश्व बैंक, युनिसेफ, विश्व खाद्य कार्यक्रम, युनेस्कोलगायतका संस्थाले कोरोना भाइरसको माहामारीका कारण संसारभर नै विद्यालय बन्द भएको भन्दै यो अवस्थामा दूर शिक्षाको सुदृढीकरण गर्न सुझाब दिएका छन् । 

कस्तो असर हुन्छ अव बालबालिकामा ? 
नेपालमा जति ढिला पठनपाठन सुरु हुन्छ त्यति नै बालबालिकाको मनस्थितिमा असर गर्ने भएकोले बलियो मनस्थितिका साथ प्रविधिमैत्री कक्षा सञ्चालन गर्नुपर्नेमा विज्ञहरुको सुझाब छ । प्रविधिबाट अघि बढ्दा कक्षा कोठाभन्दा भिन्न शैलीको हुनुपर्ने देखिन्छ । यसका लागि कक्षामा पढाउने गरी तयार पारिएको बोझिलो सामग्रीमा परिमार्जन गर्नुपर्ने देखिएको छ । यसका लागि पढ्ने समय घटाउनुपर्ने तथा पढ्ने विषय समेत घटाउनुपर्ने सुझाब दिइएको छ । 
शिक्षामा चासो राख्ने विभिन्न दातृ निकायहरुले पनि विद्यालय पुन ः सञ्चालन गर्ने प्रारुप सार्वजनिक गर्दै कक्षागत सिकाइमा आएको अवरोधले बालबालिकाको सिक्ने क्षमतामा गम्भीर प्रभाव पार्ने आँैल्याएका छन् । साथै सीमान्तृकत बालबालिका जति धेरै लामो समय विद्यालय जानबाट वञ्चित हुन्छन् उनीहरु विद्यालयमा फर्कने सम्भावना त्यति नै न्युन हुँदै जाने आँैल्याइएको छ । विद्यालय जान बन्द हुँदा किशोरावस्थामै गर्भवती हुने, यौैन दुव्र्यवहार, बालविवाह, हिंसाका साथै अन्य जोखिममा बृद्धि हुने देखिन्छ । 

घरबाटै पढाऔँ, घरमै पढौँ 
शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइराला संकटको यस अवस्थामा शिक्षकले घरमै बसेर पढाउने अभ्यास गर्नुपर्नेमा औल्याउनुहुन्छ । विद्यालयका लाखौँ शिक्षक यो अवस्थामा चुप लागेर बस्नुहुँदैन भन्नुहुँदै उहाँले वैकल्पिक उपायबाट पढाउने तरिका सिक्नुपर्ने र शिक्षकले यो सम्भावनालाई सदुपयोग गर्नुपर्नेमा जोड दिनुहुन्छ । 
तर नेपालका सार्वजनिक विद्यालयका धेरै शिक्षकहरुमा भने यो उत्साह देखिएको छैन । लकडाउन भए पनि नियमित रुपमा तलव हात पर्ने तथा प्रविधि सिक्दा झनै दुख पाइने मानसिकता शिक्षकमा व्याप्त छ । १३ प्रतिशत विद्यालयमा इन्टरनेटको पहुँच पुगेको भनिए पनि सामुदायिक विद्यालयमा हाल एक प्रतिशत शिक्षक पनि प्रविधिबाट पढाउन सक्ने अवस्था नरहेको जनाइएको छ । शिक्षकको नियमित तालिमको क्रममा सूचना प्रविधिको विषयको सामान्य विषयवस्तु राखिएको भए पनि प्रविधिबाट पढाउन अझै शिक्षक तयार हुन सकेका छैनन् । 

प्रविधिमा पहुँच बढाउने र शिक्षकलाई तयार पार्नुपर्ने 
वैकल्पिक विधिबाट अध्यापन गराउन सरकारले दुई वटा कुरामा विशेष ध्यान दिनुपर्ने देखिन्छ । त्यो भनेको पहिलो प्रविधिमा पहुँच पु¥याउने कुरा प्राथमिकतामा पर्नुपर्नेछ भने अर्को शिक्षकलाई पनि यसमा तयार पार्नुपर्नेछ । धेरै विद्यालयमा प्रविधिको पहुँच छैन । 

कतिपय विद्यालयमा कम्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि ती सञ्चालनमा आउन नसकेको जनाइएको छ । विद्यालयले नै यसलाई सञ्चालनमा ल्याउन नसकेका हुन् । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन यसवर्ष ६० प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने सरकारी योजना थियो ।


शिक्षा तथा मानव विकास स्रोत केन्द्रको तथ्याङ्कअनुसार सामुदायिक विद्यालयमध्ये १३ प्रतिशत विद्यालयमा मात्रै अनलाइन सञ्चालन गर्न सक्ने पहुँच छ । अनलाइनबाट नतिजा प्रकाशित, कक्षा सञ्चालन तथा पूर्वाधार भएका विद्यालयलाई अनलाइन सञ्चालन गर्न सक्ने विद्यालयभित्र राखिएको छ । हाल २८ हजारको हाराहारीमा सामुदायिक विद्यालय छन् । यस हिसावले हेर्दा तीन हजार छ सय जति सामुदायिक विद्यालयमा मात्र इन्टनरेट प्रयोग हुने गरेको देखिन्छ । 
केन्द्रका अनुसार देशभरका ३५ प्रतिशत सामुदायिक विद्यालयमा प्रविधि जोडिए पनि १३ प्रतिशत विद्यालयमा मात्र यसको सञ्चालन हुन सकेको छ । कतिपय विद्यालयमा कम्युटर तथा इन्टरनेट जडान गरिएको भए पनि ती सञ्चालनमा आउन नसकेको जनाइएको छ । विद्यालयले नै यसलाई सञ्चालनमा ल्याउन नसकेका हुन् । विद्यालयमा सूचना प्रविधिको पहुँच पु¥याउन यसवर्ष ६० प्रतिशत विद्यालयमा इन्टरनेट सुविधा विस्तार गर्ने सरकारी योजना थियो । तर त्यो पूरा हुन सकेन । प्रविधिबाट पढाउन शिक्षकका साथै यसमा विद्यार्थीको पहुँच कस्तो छ भन्ने हिसावले समेत सोच्नुपर्ने हुन्छ । कति विद्यार्थी प्रविधिको पहुँच र कतिले यसको सहज तरिकारले प्रयोग गर्न सक्छन् भन्ने कुराको तथ्याङ्कसमेत अद्यावधिक गर्नुपर्ने हुन्छ । 

वैकल्पिक शिक्षालाई मान्यता दिने तयारी 
सरकारले शिक्षामा जारी लकडाउनलाई दुई तरिकाले खोल्न खोजेको देखिन्छ । पहिलो स्थगित एसइई लामो समयदेखि स्थगित रहेको तथा सञ्चालन समेत हुन नसकेको अवस्थामा माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षाको विकल्प खोज्ने भनिएको छ । सरकारी नियमअनुसार विद्यार्थीको परीक्षा विना नतिजा प्रकाशित गर्न र माथिल्लो कक्षामा पढ्ने अनुमति दिन सम्भव हुँदैन । तर सरकारले परीक्षाको विकल्प खोज्ने भनेको छ । परीक्षाको विकल्प भनेको विद्यार्थीको मूल्याङ्कनको जिम्मा विद्यालयलाई दिने हो । त्यसका लागि विद्यमान कानुनी बाटो खोल्नुपर्छ । अर्कोतर्फ, सरकारले अनलाइनलाई पनि कक्षा कोठाको पढाईको जस्तै स्वीकृति दिन सकेको छैन । तर अव बन्दाबन्दी बढ्ने र विद्यार्थीको सिकाइ लामो समयदेखि अबरुद्ध भएपछि यसलाई स्वीकृति दिने सरकारी तयारी छ । शिक्षा मन्त्रालयले यस विषयमा एउटा कार्यदल नै बनाएर आन्तरिक कार्य गरिरहेको छ । अनलाइन शिक्षा सञ्चालन, माध्यमिक विद्यालयमा उच्च गतिको इन्टरनेट सुविधा तथा प्रविधिमा लगानी बृद्धि गर्ने कार्यक्रम यसै पनि सरकारी प्राथमिकतामा परेकै छ ।   

पठनपाठनमा रुचि जगाउने चुनौति 
प्रविधिबाट पढाउन थाले पनि विद्यार्थीलाई अध्यापनमा रुचि जगाउन समस्या हुने देखिन्छ । कोरोनाको त्रासका कारण विद्यार्थीले पढ्नेतर्फ ध्यान नै दिन सकेका छैनन्, घरायसी तहमा पनि पढ्ने पढाउने अनुकुलको वातावरण बन्न सकेको छैन । यो अवस्थामा वैकल्पिक विधिबाट पढाउँदा  विद्यार्थीमा रुचि र लगाव देखिन केही समय लाग्ने धेरैको अनुमान छ । अर्कोतर्फ (कोभिड–१९) को सङ्क्रमणले विद्यालय तहको कक्षा सञ्चालनमा केही विलम्व हुँदा विद्यार्थीको कक्षा छोड्ने दर बढ्ने खतरा औल्याइएको छ । सङ्क्रमणका कारण बैशाख २ देखि १५ सम्म हुने विद्यार्थी भर्ना अभियान अबरुद्ध भएको तथा अनलाइन कक्षाहरु पनि विद्यार्थीको पहुँचमा पुग्न कठिनाइ देखिएपछि विद्यालय जाने उमेर समूहका धेरै बालबालिका विद्यालयबाहिरै रहने सक्ने आँकलन गरिएको छ । यसमा  विद्यालय, शिक्षकले अभिभावक र विद्यार्थीसित सम्पर्कमा रहनुपर्ने देखिन्छ । 

अब विद्यालयले विद्यार्थी खोज्नुपर्छ 
यो अवस्थामा अब धेरै विद्यार्थी विद्यालय बाहिर हुने खतरा धेरै पक्षबाट औल्याइएको छ । यस अवस्थामा विद्यालयले आफना र आसपासमा भएका विद्यार्थीको समेत खोजी गर्नुपर्ने जनाइएको छ । मानव तथा स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसी थपलियाले यसपटक भर्ना अभियान सञ्चालन हुन नसकेको अवस्थामा नयाँ विद्यार्थी विद्यालयसम्म आउन समस्या पर्न सक्ने भन्दै यो अवस्थामा कक्षा छोड्ने विद्यार्थीलाई विद्यालयले खोजी गर्नुपर्ने अवस्था रहेको विश्लेषण गर्नुहुन्छ । यसमा विद्यालय चनाखो हुनुपर्ने र आफ्ना पुराना विद्यार्थी तथा आसपासका विद्यार्थी विद्यालय आए नआएको विषयमा चनाखो हुनुपर्ने देखिन्छ । विद्यार्थीको पढाइमा चासो राख्न सके अभिभावकलाई विद्यालयसम्म आउन प्रेरित गर्न सकिन्छ । दैनिक ज्याला मजदुरी गरेर सहरी क्षेत्रका सामुदायिक विद्यालयमा पढाएका धेरै अभिभावकको रोजगारी गुमेकोले यसको असर बालबालिकाको पढाइमा परी कक्षा छाड्ने क्रम बढ्न सक्छ । यसै पक्षलाई दृष्टिगत गरी बुटवलस्थित कालिका माध्यमिक विद्यालयले विद्यार्थीको कक्षा छाड्ने दर घटाउन कक्षा शिक्षकमार्फत् अभिभावक र विद्यार्थीसित सम्पर्क कायम र प्रविधिबाट पढाउन सुरु गरेको छ । जसलाई विद्यालयले शिक्षकमार्फत् ‘घर घरमा विद्यालय’ भन्ने अभियान को नाम दिएको छ । यो देशभरिका विद्यालयलाई पनि काम लाग्छ सक्छ । 

  •  अबको छ महिना बैकल्पिक विधिबाट पढाउने हिसावले तयारी गर्नुपर्छ ।
  •  विद्यालय, शिक्षक र विद्यार्थीसम्म प्रविधिको पहुँच पु¥याउने कार्य मुख्य चुनौती 
  •  आफ्ना विद्यार्थी विद्यालय आफैले खोजौँ 
  • वैकल्पिक विधिलाई मान्यता दिने सरकारी तयारी 

(शेषकान्त पण्डित गोरखापत्र दैनिकका सहसम्पादक तथा लेखक हुनुहुन्छ ।)

-शिक्षालयबाट

0 Comments

Leave a comment