October 27, 2020
विविध

कसको जिम्मामा शैक्षिक उपलब्धि

कसको जिम्मामा शैक्षिक उपलब्धि

हेर्ने कुरा

मूल्याङ्कन गर्नेले चार ठाउँमा हेर्छन् । संज्ञानमा । सीपमा । सक्षमतामा । राष्ट्रिय तथा अन्तराष्ट्रिय पाठ्यक्रमका प्रारुपहरु त्यसै भन्छन् । गुणस्तरका प्रारुपहरु त्यसै भन्छन् । संज्ञान हेर्नेले मानकलाई आधार बनाउँछ । आफ्नै मानक । आफैं मानक । सामाजिक मानक । जानकारी मानक । सोही उमेरमा आफनो के कति ज्ञान थियो भन्ने मानक । स्तरीय परीक्षाको मानक । सीप हेर्नेले नमूना हेर्छ । नवीनता हेर्छ । पुनरोत्पादन (reproduction) क्षमता हेर्छ । क्षमता हेर्नेले उचाइ नाप्छ । यति भए पुग्छ भन्ने कुरा हेर्छ । सक्षमता हेर्नेले व्यावहारिक कुरालाई कसी बनाउँछ । सन्दर्भसापेक्ष  छ वा छैन हेर्छ । यो क्षमताले विश्व प्रतियोगी बन्छ कि बन्दैन भनी खोज्छ । यसरी हेर्ने कुराको टुँगो हुन्छ । मानक तयार हुन्छ । हेर्ने र हेरिनेहरु यकिन हुन्छन् । हिजो पनि यही रित हो । आज पनि त्यही हो । भोलि पनि सोही कुरा रहन्छ । फरक नाममा हो । साधनमा हो स्वरुपमा हो । 


अहिलेको हेराइ

अहिले विषयगत र वस्तुगत विधामा हेरिन्छ । विषयगत हेराइमा ज्ञान र संवेग खोजिन्छ । वस्तुगत हेराइमा तथ्थ । त्यही कुरालाई निर्णयात्मक पाराले हेरे अन्तिम परीक्षा भनिन्छ । क्रममा हेरे निर्माणात्मक । पहिलो परीक्षाले टुँगो दिन्छ । उत्तीण वा अनुत्तीर्ण भनेर । दोस्रोले सुध्रने र सुधार्ने ठाउँ चिनाउँछ  । सुधारात्मक सिकाइ खोज्छ  । शिक्षण खोज्छ । यसरी हेरेको नतीजा के मा प्रस्तुत गर्ने ? हचुवामा ? अंकमा ? प्रतिशतमा ? अक्षरमा ? अन्य कुनै मानकमा ? प्रश्न यति नै हो । प्रक्रिया यहीं नै हो । फरक हो –पहिले अनुमानमा जाच्यौं । अहिले देखाइएको मानकमा । क्रमशः अन्तराष्ट्रिय मानकमा । आफ्ना अपेक्षामा । सामाजिक अपेक्षामा । बजारको अपेक्षामा । क्षमताको कसीमा। सक्षमताको कसीमा । 
 

0 Comments

Leave a comment