September 29, 2020
समाचार

किन परीक्षा आवश्यक छ ?         

किन परीक्षा आवश्यक छ ?         

यो जीवनको प्रगतिको लागि आवश्यक छ । परीक्षाबिना जीवनको प्रगती तथा उन्नति रोकिन सक्छ । परीक्षा नै  जीवन प्रगतिको लक्ष्य हो  । लक्ष्य बिनाको जीवन आधारहीन हुन्छ ।  परीक्षाको रिजल्ट कति महत्वपूर्ण हुन्छ, यसको प्रतिक्षा कति अहम हुन्छ । जसले सबैको खुसीलाई आनन्दमय बनाई दिन्छ । 

परीक्षाले नै बिधार्थीलाई पढ्न उत्सुक तथा परिश्रमी बनाउने गर्दछ । जसले परीक्षाको तयारी राम्रो गरेको हुँदैन उसलाई डर र भयले सताउने गर्छन । परीक्षाले आत्मबललाई लाई बढाउने काम गर्छन, आत्मबल घट्दा निरासाबादीको जन्म हुन्छ । 

आत्मबल तथा आत्मविश्वास बढेपछि मनुष्य सफल हुने र अगाडी बढ्ने गर्छन् । परीक्षाले  जीवन जिउन तथा जिम्मेवार बन्न सहयोग गर्दछन् । परीक्षाको  स्वरूप परिबर्तन गर्न सकिन्छ तर परीक्षा जस्तो सुकै परिस्थितिमा लिनु पर्दछ । सम्पूर्ण शैक्षिक व्यक्तित्वहरु यस प्रति जागरुक हुन जरुरी छ । 

0 Comments

Leave a comment