July 05, 2020
विविध

कोरोनाले प्रि स्कुल प्रभावित : अपेनले राख्यो सरकारसँग यस्तो माग

कोरोनाले प्रि स्कुल प्रभावित : अपेनले राख्यो सरकारसँग यस्तो माग

एशोसिएसन अफ प्रि स्कुल एजुकेटरस् नेपाल (एपेन)ले कोरोना भाइरसको महामारीको चपेटामा परेका पूर्वप्राथमिक वा आधारभुत तहका स्कुललाई सरकारले सम्बोधन गर्नुपर्ने बताएको छ ।

 सोमबार एपेनले एक विज्ञप्ति जारी गर्दै सरकारले कोरोना भाइरसको जोखिमका लागि देशमा जारी लकडाउनका कारण समस्यामा परेका पूर्वप्राथमिक वा आधारभुत तहका स्कुललाई सम्बोधन गर्नुपर्ने बताएको हो ।

 विज्ञप्ति मार्फत एपेनले यस विषम परिस्थितिमा साना तथा मझौला लगानिकर्ताहरुलाइृ संरक्षण गर्दै रोजगारी र अवसर सिर्जनामा काम गरिरहेका उक्त प्रकारका स्कुललाई २ प्रतिशतका दरले सहुलियत व्याजमा वाणिज्य बैंकमार्फत पुनः कर्जा न्यूनतम ५ वर्षको लागि उपलब्ध गराउन माग गरेको छ । त्यस्तै शिक्षक कर्मतारीको राजीरोटीको सुनिश्चितताको लागि सार्वजनिक निजी साझेदारी मोडलमा एक बास्केट फन्ड स्थापना गरी आवश्यक राहत शर्तसहित उपलब्ध गराउने व्यवस्था तत्काल मिलाउने समेत अपेनले सरकारसमक्ष माग गरेको छ ।

एपेनले शिक्षा लगायतका हरेक क्षेत्रमा रोजगारी र उद्यमको स्तरिकरण, विकास र विस्तारका लागि आवश्यकता अनुसार सशर्त उपयोग गर्न सकिने गरी आर्थिकप्राविधिक सहायता केन्द्र हरेक पालिकामा स्थापना री आवश्यक सेवा लिने दिने व्यवस्था मिलाउने समेत माग गरेको छ ।

त्यस्तै एपेनले कोरोना संकटका कारण सञ्चालनरत साना र मध्यम विद्यालयहरु संकट उन्मुख हुँदै बन्द हुँदा अर्बैंको लगानी डुब्नसक्ने देखिएको जनाउँदै लाखौं शिक्षक कर्मचारीको रोजगारी बन्द हुन सक्ने सम्भावना प्रवल हुँदै गएकोले यस अवस्थामा स्कुल मर्ज सम्बन्धी सहुलियत व्यवस्था सहित सहजिकरण गर्ने स्पष्ट खाका र नीतिगत व्यवस्था मिलाउन सरकारसमक्ष माग गरेको छ ।

एपेन देशभरी छरिएर रहेका सबै प्रकारका मन्टेश्वरी, किन्डरगार्डेन, शिशु स्याहार केन्द्र लगायतका प्रिस्कुलहरुको छाता संगठन हो ।

 

0 Comments

Leave a comment