May 17, 2022
विविध

क्वेष्ट नेपालको अध्यक्षमा सुरिना गरुङ

क्वेष्ट नेपालको अध्यक्षमा  सुरिना गरुङ

क्वेष्ट नेपालको अध्यक्षमा सुरिना गरुङ


क्वेष्ट नेपालको तेह्रौ साधारण सभा सम्पन्न भएको छ । सो साधारण सभाबाट ग्यालेक्सी पब्लिक स्कुलका प्रिन्सिपल सुरिना गरुङ अध्यक्षमा निर्वाचित हुनु भएको छ ।

उहाँको नेतृत्वमा १२ जनाको कार्य समिति चयन भएको छ । विधान अनुसार १५ जनाको कार्य समिति रहने व्यबस्था अनुरुप वाँकी ३ जना सदस्यहरु कार्य समितिवाट मनोनयन गरिने कुरा  निर्वाचित उपाध्यक्ष देवराज घिमिरेले जानकारी दिनु भयो ।

उहाँ अगाडी भन्नुहुन्छ ः बरिष्ठ उपाध्यक्षमा नारद रिजाल, उपाध्यक्ष देवराज घिमिरे,महासचिव  सिंह लामा, सचिव राम बाबु अधिकारी, कोषाध्यक्ष जमुना मर्हजन, सदस्यहरुमा प्रमिला सिंह, मोहन कुमार कार्की, खेम बहादुर सारु, सागर श्रेष्ठ, नारायण प्रसाद सापकोटा निर्वाचित हुनु भएको जानकारी दिनु भयो ।

यसैगरि सेन्ट जेवियस स्कुल गोदावरीका भाइस प्रिन्सिपल सुवर्ण के.सी. नेशनल एसक्वेसी काउन्सिलको अध्यक्षमा चयन हुनु भएको जानकारी प्राप्त भएको छ ।  
 

0 Comments

Leave a comment