August 07, 2020
विविध

गतिशील माछापुच्छ्रे

गतिशील माछापुच्छ्रे

माछापुच्छ्रे विद्यालयले आजको स्थानीय आवश्यकतालाई मात्र ध्यानमा नराखी भोलिको प्रतिस्पर्धी विश्वव्यापी बजारलाई सुहाउँदो सक्षम जीवनोपयोगी सीपसहितको शिक्षा प्रदान गर्दछ । यस विद्यालयको सबल पक्ष भनेको बिद्यार्थीहरुलाई कक्षा  क्रियाकलापमा सहभागी बनाउनु हो ।  


परम्परागत शिक्षण प्रणालीमा जस्तो बालबालिकाहरुलाई पाठहरू कण्ठ पार्न लगाइँदैन । विषय वस्तुहरुलाई विभिन्न क्रियाकलापमा विभाजित गरिन्छ । उनीहरुले विषयबस्तुलाई समूहमा छलफल गर्छन र निष्कर्षहरु निकाल्छन् । यस प्रक्रियामा विद्यार्थीहरुमा सोच्न सक्ने सीप, सुन्न सक्ने सीप, प्रस्तुति गर्न सक्ने सीप, आत्मविश्वाश, वादविवाद गर्न सक्ने सीप, नेतृत्व सीप र समूहमा काम गर्न सक्ने सीप विकाश गर्दछन् । यसरी आफै सहभागी भै सिक्दा विद्यार्थीहरु अल्छी मान्दैनन्न । उनीहरुलाई सिकाइमा रुची जाग्दछ । यस प्रक्रियामा प्रश्न उत्तरहरु मात्र जान्ने कुरा गौण भै सीप सिक्नु महत्वपूर्ण हुन जान्छ । यस अर्थमा बालबालिकाहरु स्वतःस्फुर्त सिकारु बन्दछन् । अन्तत्वोगत्वा बिद्यार्थीहरु ज्ञानको स्रजक बन्दछन् ।

ज्ञान माथि उनीहरुको स्वामित्व हुन्छ । आफैले सिर्जना गरेको ज्ञान विद्यार्थीहरुमा दीर्घकालीन रुपमा रहन्छ । यसरी आफै सहभागी भै सिकेको कुराहरु विद्यार्थीहरुलाई सफल बनाउने मूल आधार हो । 
यस्तै गरी माछापुच्छ«े एउटा  गतिशील विद्यालयमा दरिनुको अर्को कारण कक्षाकोठामा कथा र खेलकुदको माध्यम मार्फत पढाइनु हो । आवश्यकता अनुसार विषयबस्तुलाई कथामा परिवर्तन गरिन्छ । कथाको माध्यमबाट पढाउँदा विद्यार्थीहरु उत्साहित हुनुका साथै उनीहरुमा कल्पना शिल्पको विकाश हुन्छ । यस सीपले गर्दा उनीहरु कुनै पनि विषयबस्तुलाई गहिरिएर सोच्ने र बुज्ने हुन्छन् । यसका साथै विद्यार्थीहरुमा भाषिक दक्षता विकाश हुन्छ । उनीहरु आफै पनि साहित्य सर्जकको रुपमा अगाडि बढ्न सक्दछन् । त्यस्तै पाठहरुलाई कक्षागत बालमैत्री खेलहरुमा परिणत गरी विद्यार्थीहरुलाई खेलाइन्छ । यस्ता क्रियाकलापहरुले विद्यार्थीहरु शारीरिकरुपले सक्रिय भै सिकाइमा सहभागी हुन्छन ।

उनीहरु ‘म गर्दछु अनि सिक्दछु’ भन्ने मान्यताको आधारमा सिकाइ गर्दछन् । गल्तीहरुलाई सिक्ने अवसरको रुपमा लिइन्छ । विद्यार्थीहरु सिक्नुपर्छ भन्ने धारणाबाट पीडित नभइ सफल सिकाइ हुन्छ । यो सिकाइ प्रक्रिया स्वभाविक हुन्छ । बालबालिकाहरुको सिकाइको चाहनालाई विशेष प्राथमिकता दिइन्छ ।
माछापुच्छ«े गतिशील हुनुको मापदण्ड भनेको यसले प्रयोग गर्ने प्रगतिशील शिक्षा पद्धती नै हो । यसले विद्यार्थीहरुलाई जीवनमा चाहिने सीपहरु सिकाउँछ र सिकाइ प्रक्रियालाई शारीरिक रुपमा सहभागिता मुलक बनाउँदछ । यसरी यहाँको शिक्षा प्रणाली सफल छ । यस विद्यालयले सिकाइलाई नयाँ दृष्टिकोणले  परिभाषित गरेको छ । तसर्थ यी उर्जाशील विशेषताहरुले माछापुच्छ«े विद्यालय अविछिन्न  रुपमा अग्रगतिमा लम्किरहेको छ ।
–    दिव बहादुर शेरबुजा
सहायक प्रधानाध्यापक
 

0 Comments

Leave a comment