July 05, 2020
समाचार

गोदावरी नगरपालिकाले मनायो सातौं नगरसभा

गोदावरी नगरपालिकाले मनायो सातौं नगरसभा

गोदावरी नगरपालिकाको सातौं नगरसभा आज सम्पन्न भएको नगरसभामा प्रस्तुत गरिएको आगामी .. २०७७/०७८ को नीति, कार्यक्रम तथा बजेट पनि सर्वसम्मति रुपमा पारित भएको

नगरसभामा प्रस्तुत गरिएको मूख्यमूख्य विषय निम्न रहेको नगरपालिका प्रमुख गजेन्द्र महर्जनले बताउनुभयो

. विभिन्न वडामा कृषि पकेट क्षेत्र

. वडा नं देवीचौरमा चिस्यान केन्द्र व्यवस्था गरिने

. सिताके च्याउ खेतीलाई विशेष अनुदान दिइनेछ

. गड्यौला मल खेतीलाई प्रोत्साहन दिने

. डुकुछाप छम्पी सीमानामा टेक्साटाइल हव क्षेत्रको निर्माण गर्न सम्भाव्यता अध्ययन

. गोदावरी वसपार्कमा ठूलो डिजिटल पर्यटकीय जानकारी बोर्ड राखिने

. एक पालिका एक उत्पादन मोडलमा जग्गा बाँझो नहुने गरी सहकारी खेती फार्मको प्रवद्र्धन

. माध्यमिक विद्यालयहरुमा स्मार्ट बोर्ड सिसिटीभि प्रयोग गरी शिक्षण सिकाइमा सुधार ल्याउने

नगरस्तरीय पुस्तकालय वडा नं बडिखेल गोदावरी नगरपालिकाको सातौं नगरसभा सम्पन्न

१०. मातृभाषामा प्राथमिक शिक्षा दिने व्यवस्थाको लागि पहल गरिने

११. नगरपालिका क्षेत्रभित्र विश्वविद्यालय स्थापनाका लागि पहल गर्ने

१२. नगरपालिकालाई योग नगरपालिका का रुपमा विकास गर्न विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने

१३. कोरोना भाइरसको महामारीलाई नियन्त्रण गर्नका लागि मास्क स्यानिटाइजरको सर्वशुलभ उपलब्धतालाई जोड दिइनेछ

१४. बज्रवाराही चापागाउँ अस्पतालमा ७० वर्ष नाघेका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य सुविधा प्रदान गरिने

१५. सार्वजनिक शौचालय निर्माण गर्ने नीति लिइनेछ

१६. खेलकुद क्षेत्रलाई प्रवद्र्धन गर्न नगरपालिकामा बहुउदेश्यीय गोदावरी रङ्गशाला निर्माण कार्यलाई निरन्रता दिइनेछ

१७. यूवा स्वंयसेवक कार्यक्रम सञ्चालन गरिने

१८. स्थानीय भाषा, साहित्य, कला, संस्कृति मातृभाषाको संरक्षण, सम्वद्र्धन प्रवद्र्धनमा विशेष कार्यक्रम सञ्चालन गरिने

१९. नगरपालिकाभित्र अपाङ्गमैत्री, विपन्न न्यूनीकरण, सिमान्तकृत तथा दलित उत्थानका कार्यक्रमलाई प्राथमिकता दिइनेछ

२०. जेष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालनलाई बजेटको व्यवस्था मिलाइएको अन्य वडाहरुमा दिवा सेवा केन्द्र निर्माणको पहल गरिने

२१. कोरोन भाइरसको महामारीवाट पीडित बालवालिकाका लागि उद्धार सुरक्षाको कार्यक्रम सञ्चालन गरिने

२२. नगरपालिकाको सम्पूर्ण स्थानवाट नगरपालिकाको कार्यालय आउजाउ गर्न सहज हुने गरी यातायात सञ्चालन गरिनेछ

२३. नगरक्षेत्रभित्र सिंचाई सुविधाका लागि राजकुलो मर्मत सम्भार कार्यलाई निरन्तरता दिइनेछ

२४. भू्कम्पपीडित घरधनीलाई घर निर्माण गर्न सहजीकरण नक्शा पासमा दिंदै आएको कर छुटलाई निरन्तरता दिइनेछ

२५. पुरातात्विक शैलीमा घर निर्माण गरेमा रु. लाख विशेष सहुलियत दिइनेछ

२६. विश्वव्यापी रुपमा फैलिरहेको कोरोना महामारीवाट हुने जोखिम न्यूनीकरणको लागि Hand Contact Less Hand Wash Systeam हरेक वडामा विस्तार गरिनेछ

२७. वातावरणमैत्री प्राङ्गारिक कृषि प्रविधिको विकास विस्तार गरिनेछ

२८. बज्रवाराहीको काँडे भ्याकुर गोदावरीको सेतो पुतलीको संरक्षणमा जोड दिइनेछ

२९. नगरपालिकालाई प्लाष्टिकमुक्त क्षेत्र घोषणा गर्दै यसको विकल्पका सामाग्रीहरुको प्रयोगमा प्राथमिकता दिइनेछ

३०. यूवा पिंढीलाई आकर्षित गरी आधुनिक व्यवसायिक रुपमा जडिबुटी खेतीमा संलग्न गर्न पहल गर्ने

३१. नगर सौन्दर्य वृद्धि हरियाली प्रवद्र्धन गर्न सडक छेउछाउ रुख रोप्ने अभियानलाई निरन्तरता दिइएको

३२. नगरपालिकालाई स्मर्ट सिटीका रुपमा विकास गर्ने लक्ष्यका साथ कार्यक्र तथा योजना कार्यान्वयन गरिनेछ

३३. नगरपालिकाको विभिन्न स्थानमा सिसिटिभी जडान तथा डिजिटल नागरिक वडापत्र, सूचना पार्टी, घर नम्बरिङ डिजिटल नगरप्रोफाइलको व्यवस्था गर्ने कार्यलाई अगाडी बढाइनेछ

 

यसै गरी गोदावरी नगरपालिकाको आगामी .. २०७७÷०७८ को कुल बजेट एक अर्व ६८ करोड ६५ लाख २२ हजार हुने अनुमान गरेको

आज नगरपालिकाको सातौं नगरसभामा उक्त बजेट प्रस्तुत गरिएको थियो कुल बजेटमध्ये आन्तरिक राजश्वतर्फ १६ करोड, संघीय सरकार समानीकरण अनुदान तर्फ २० करोड २८ लाख, संघीय सरकार राजश्व बाँडफाँड तर्फ १० करोड ९६ लाख ५७ हजार सय ९०,प्रदेश सरकार समानीकरण अनुदान तर्फ करोड १२ लाख, प्रदेश सरकार राजश्व बाँडफाड तर्फ करोड १२ लाख ५० हजार, मालपोत राजश्व बाँडफाडवाट २० करोड लाख ४२ हजार सय १०, शर्शततर्फ ६० करोड २९ लाख ७२ हजार, चालु आवको अल्या ३५ करोड रहेको गरी कुल एक अर्व करोड ६५ लाख २२ हजारको आय अनुमान गरेको नगरप्रमुख गजेन्द्र महर्जनले बताउनुभयो

यसै गरी नगरपालिकाको चालुतर्फ रु. ९५ करोड २९ लाख ७२ हजार विकास निर्माणलाई गति दिन पूँजीगत नगरस्तरीय योजनातर्फ ३९ करोड ३५ लाख ५० हजार तथा वडास्तरीय योजनातर्फ १४ करोड चालु आवको साविक योजनाका लागि २० करोड गरी कुल एक अर्व ६८ करोड ६५ लाख २२ हजारको व्यय अनुमान रहेको

 

 

0 Comments

Leave a comment