September 29, 2020
अन्तर्वार्ता

जन्म देली त पढ् दिअ !

जन्म देली त पढ् दिअ !

नवलकिशोर यादवले सन् १९९३ बाट नेपाल सरकारको काम छोडी सेभ द चिल्ड्रेन जापानमा करिब सात वर्ष काम गरेपश्चात् सन् १९९९ बाट आसमान नेपालमा आबद्ध हुुनुुहुन्छ । मधेसमा शिक्षाको विषयमा वकालत मात्र नभई अभियानसमेत सञ्चालन गरेका उनै नवलकिशोर यादवसँग शिक्षालयले गरेको कुराकानी उहाँकै शब्दमा :

मैले तराईको राम्रै परिवारमा जन्मिने भाग्य पाएँ । तर पनि म मेरो गरिब साथीसँग उसकै घरमा बस्ने गर्थे । आफ्नो घरमा राम्रै पुग्ने भए पनि साथीको परिवारमा गएर नुन रोटी खाने गर्थे । मेरो परिवार गरिब नभए पनि मैले त्यहाँबाट गरिबी जान्ने अवसर पाएँ । शिक्षा मन्त्रालयमा केही समय काम गरेपछि सेभ द चिल्ड्रेन जापानमा काम गर्न थाल्दा मेरो जिम्मेवारीमा दुईवटा मुसहर गाउँ थियो । त्यो वस्तीमध्ये लखनपुर भन्ने ठाउँमा कोही पनि साक्षर थिएनन् । धेरै मिहेनत गरेर हामीले १७ जना बच्चालाई स्कुल पढाउन प्रेरित ग¥यौं तर पनि उनीहरुले ६ भन्दा माथि पढ्न गएनन् । त्यति गर्नु पनि धेरै हिम्मत चाहिन्थ्यो । मैले त्यहा गएर कुरा सुन्थे धेरै कुरा गर्दैनथे र अवस्था अनुसार उत्प्रेरित गर्थे ।

जब सन् १९९९ मा आसमानमा काम गर्न थालियो त्यसपछि शिक्षा र बालबालिकाको क्षेत्रमा विभिन्न अभियान बनाउन थाल्यौँ । बालबालिकाको विषयमा सर्भाइभल राइट र डेभलपमेन्ट राइट्स फरक छुट्याउने प्रयास ग¥यौं । हामीले बालअधिकारको विषयमा सिम्पल डिफिनेसन बनायौं । कुनै पनि बालबालिका स्कुल भन्दा बाहिर छन् भने तिनीहरु बालश्रमिक हुन् । यसको विषयमा धेरैले प्रश्न गरे । हामीले बालश्रमको विषयलाई यसको मार्फतबाट अन्तक्र्रियामा ल्याउन सक्यौं र रेडिमेट उत्तर बनायौं । स्कुल नजानु भनेको बच्चाको डेभलभमेन्टमा अवरोध हुनु हो । यसले उसको विकासमा असर गर्छ । विद्यालय नगएर बालश्रमको बढावा भयो । प्रश्न उठ्छ के बालबालिकाले कामै गर्न हुन्न ? यसको अर्थ कामै गर्नुहुँदैन भन्ने होइन । बालबालिकाको अधिकार होमवर्क गर्न पाउनु प¥यो । उसको इच्छा पूरा गर्नुप¥यो । एक काम सकेपछि मात्र अरु काम गर्नुप¥यो । शिक्षाबाहेक अरु कुनै  काम गर्ने हो भने त त्यो बालश्रम नै हो । बिहान काम, बेलुका काम अनि कहिले पढ्छ बच्चाले ? त्यसैले नपढाउनु भनेको बालश्रम नै हो । 

हामीले ल्याएका स्टेटमेन्ट आम पब्लिकमा कुरा गर्ने खुराक बन्यो । सिद्धान्तः सबै बालबालिका पढ्न जानुपर्छ भन्नु, र काम छोडाएर विद्यालय जानुपर्छ भन्नु, फरक कुरा हो । सबै बालबालिका स्कुल जानुपर्छ भन्नु त्यति बलियो स्टेटमेन्ट होइन ।

यो एउटा रणनीति पनि थियो । अर्को अधारभूत सिद्धान्त प्रतिपादन ग¥यौं ।  बालबालिका गरिब भएर स्कुल नगएका होइनन्, ती स्कुल नगएर गरिब भएका हुन् । यसको अर्थ कुनै परिवारका बाबु बाजे गरिबीको चक्रबाट आएका हुन् । त्यो काट्न शिक्षा चाहिन्छ । यसलाई हटाउन परिवारमा कसै न कसैले त पढ्न सुरु गर्नुप¥यो । गरिबीको चक्र काट्ने शिक्षाले हो । विद्यायल जानैपर्छ, विद्यालयमा विभिन्न सम्वाद हुन्छन् । यसले दिमागमा आफ्नै चिन्तन मनन् शुरु गर्छ । घर र विद्यालयको वातावरण फरक हुन्छ यसले दैनिकी र जीवन परिवर्तन गराउँछ र भावी पुस्तालाई शिक्षित बनाउँछ । 

हामीले ल्याएका स्टेटमेन्ट आम पब्लिकमा कुरा गर्ने खुराक बन्यो । सिद्धान्तः सबै बालबालिका पढ्न जानुपर्छ भन्नु, र काम छोडाएर विद्यालय जानुपर्छ भन्नु, फरक कुरा हो । सबै बालबालिका स्कुल जानुपर्छ भन्नु त्यति बलियो स्टेटमेन्ट होइन । यो सबैको मान्यता हो । त्यसैले हामीले अर्को स्टेटमेन्ट ल्यायौं, काम छोडाउ, स्कुल पठाउँ अभियान । याद गर्नुहोस्, स्कुल गएको र नगएको बच्चा हेर्ने हो भने उनीहरुको मुस्कान नै फरक हुन्छ । विद्यालय जाने बच्चाको फेश स्माइल फरक हुन्छ । केटीको हात छाम्दा फरक हुन्छ । केटीको हात नरम भन्छन् होइन किनकि उनले घरमा काम गर्छिन त्यसैले त्यस्तो परिवारमा केटाको हात बढी नरम हुन्छन् । यी त सामान्य कुरा हुन् तर अध्ययन गर्नुपर्छ ।

मलाई आफ्ना केही पूराना काम–कुरा याद आउँछ । कमली सदा नाम गरेकी धनुषाधामकी केटीलाई कक्षा ५ मा पढ्दा विवाहको प्रस्ताव आएको  थियो । हाम्रो अभियानले उसले विवाह गर्न मान्दिन । ऊ आफै बाल सञ्जालमा लागेर धेरैको बालविवाह हुनबाट रोक्छिन् । उनी मुसहरकी आइकन जस्तो लाग्छ । भरतपुरकी निलम जस्ता धेरै विद्यार्थीले बाल विवाह नगरी स्नातक पास गरे, र पछि बिहे गरे । त्यसैले अभियान पढाउन मात्र होइन बालविवाह रोक्नमासमेत सफल भयो । हाम्रो अभियानले त्यस बेलामा झण्डै ३५ सय बच्चालाई स्कुल पढाउन सफल भयौं । 

सबैलाई पढाउनुपर्छ, जुनसुकै विधिबाट भए पनि तर हामी ननफर्मल एजुकेशनको विरोधी हौं । ननफर्मल हुनुहुँदैन भन्दिन, यो एउटा मेथोडोलोजी हुन सक्ला तर यसले राम्रो प्रभाव भने पार्न सक्दैन । घरमा सकेसम्म हामी फर्मलमै आफ्ना बच्चालाई पढाउछौं । गरिबको बच्चाको लागि २ घण्टा विद्यालय व्यवस्था ग¥यौं यसको अर्थ हामी बाल श्रमिकलाई पढाउन  खोजिरहेका छौं । हामी को हो र, हाम्रा बच्चा बिगार्ने । फुर्सद् भएको बेला पढ्न आउँ भन्ने । यसले चाइल्ड लेभर प्रमोशन पनि गर्छ । होटलमा काम गर्ने बच्चाले मिठो खान पनि पाउने थोरै पढ्न पनि पाउने, यस्तो भो भने अरुलाई पनि तान्न सक्छ । 

आसमान नेपालको राम्रो पक्ष भनेको हामीले राज्यको समानान्तर भएर गरेनौँ, उनीहरुसँगै मिलेर काम ग¥यौंं । सरकारसँग काम गर्दा केही समस्या पनि छ । सँगै काम ग¥योे प्रेसर ग्रुप र सिभिल सोसाइटीका रुपमा काम गर्न पाइँदैन । सँगै मिलेकोलाई कसरी गाली गर्ने र प्रेसर दिने । आम रुपमा बुझाइ थोरै छ । एनजिओ धेरै भए, यसले भिजन परिवर्तन पनि ग¥योे ।

कतिपयले गुनगान गाउँछन्, मैले बच्चा ल्याएर पालेको छु भनेर गर्व गर्छन् । हामीले सुन्छौ यी कुरा समाजमा । मानौं, एकजनाले थारु केटी ल्याएर पढाए । सिम्पल प्रश्न, तपार्ईको छोरालाई जस्तै त्यसलाई व्यवहार गर्न सक्नुहुन्छ ? त्यो थारु बच्चीले भाँडा माज्न सक्दिन भनिन् भने के व्यवहार गर्नुहुन्छ ? भेद्भाव छैन भन्ने हुनै सक्दैन । आमरुपमा  बाध्यतामा काम गर्छन् । तपाईहरुले गर्नुप¥यो त भन्छन् । कसैले गर्ने पनि होइन र भेद्भाव विना सक्दा पनि सक्दैन । राज्यले सबैलाई निःशुल्क पढाउनैपर्छ । बच्चाले विना श्रम पढ्न पाउनैपर्छ ।  संविधानमा निःशुल्क र अनिवार्य शिक्षा भन्ने अनि पढाउन नसक्ने कहाँ पाउँछ त्यस्तो ।  

आसमान नेपालको राम्रो पक्ष भनेको हामीले राज्यको समानान्तर भएर गरेनौँ, उनीहरुसँगै मिलेर काम ग¥यौंं । सरकारसँग काम गर्दा केही समस्या पनि छ । सँगै काम ग¥योे प्रेसर ग्रुप र सिभिल सोसाइटीका रुपमा काम गर्न पाइँदैन । सँगै मिलेकोलाई कसरी गाली गर्ने र प्रेसर दिने । आम रुपमा बुझाइ थोरै छ । एनजिओ धेरै भए, यसले भिजन परिवर्तन पनि ग¥योे । अभियान प्रोजेक्ट बन्यो र बिग्रेको हो । कहिलेकाँही त लाग्छ हामी पनि बिग्रियौ कि ? हामी पुर्नविचार गर्दै एक कदमपछि हट्छौ र फेरी अघि बढ्छौं । 
नेपालमा प्रदेश ६ र प्रदेश २ मा मानव विकास सूचाकंनमा उस्तै र कति क्षेत्रमा २ नम्बर अझ पछि देखिन्छ । प्रश्न उठ्छ समथल छ, विकास लान सजिलो तरपनि किन पछि त ? यसको मुख्य कारण भनेको त्यहाँको शैक्षिक अवस्था नै रहेछ । जुम्ला र जाजरकोटमा काम गर्दा अप्ठयारो देखिन्छ । त्यस्तै एक दशक अघिसम्म तराईका धेरै गाउँमा बाटो नै थिएन । मुख्य कारण भनेको साक्षरता नै रहेछ । महिला साक्षरता त अत्यन्त कमजोर देखिन्छ । सन् १९९८ मा मैले काम गरेका केही गाविसमा साक्षरता ४ प्रतिशत मात्र थियो । सन् २००६ मा १६ प्रतिशत पुग्यो भने सरकारी तथ्याङ्क अनुसार अहिलेपनि त्यहाँ ४० प्रतिशत मात्र साक्षरता दर छ भने कसरी हुन्छ विकास ? 

मधेस आन्दोलनले राज्यको नीतिनिर्माणमा प्रभाव पा¥यो सँगसँगै विद्यालय आगमनमा पनि असर पा¥यो । यो कुरा बाहिर ल्याउन सिविल सोसाइटी कमजोर छ । राज्यले काम गर्न बजेट कम छ भनेर भनिन्छ, त्योभन्दा ठूलो समस्या हरेक वर्ष अर्बौँ रकम फ्रिज भएर राज्यकोषमा फिर्ता भइरहेको छ ।

तराईका धेरै क्षेत्रमा कक्षा १ मा भर्नादर ९७ प्रतिशत छ भनेर तथ्याङ्क बाहिर आउँछ तर वास्तविकता फरक छ । हामीले बोल्दा पत्याउँदैनन् तर त्यहाँ अझ पनि निश्चित क्षेत्रमा २० प्रतिशत बच्चाहरु बाहिर छन् । भर्ना मुख्य विषय भएपनि सबैभन्दा ठूलो विषय भनेको उनीहरुको नियमितता हो । ल मानौँ सत्प्रतिशत नै भर्ना छ तर बालबालिका विद्यालय नियमित जाँदैनन् भने भर्नाको मात्र के अर्थ । अहिले हामीले काम गर्ने क्षेत्रमा झण्डै ४० देखि ४५ मात्र विद्यार्थी नियमित छन् । समस्या धेरै छन् । बच्चाको नियमिततामा समस्या, शिक्षक दरबन्दी मिलान समस्या ।

मधेस आन्दोलनले राज्यको नीतिनिर्माणमा प्रभाव पा¥यो सँगसँगै विद्यालय आगमनमा पनि असर पा¥यो । यो कुरा बाहिर ल्याउन सिविल सोसाइटी कमजोर छ । राज्यले काम गर्न बजेट कम छ भनेर भनिन्छ, त्योभन्दा ठूलो समस्या हरेक वर्ष अर्बौँ रकम फ्रिज भएर राज्यकोषमा फिर्ता भइरहेको छ । गैरसकारी संस्था पनि प्रोजेक्ट मात्रै भन्छन् । मधेस शिक्षाको अर्को समस्या यहाँको प्रथाहरु पनि हो । मैथिली कल्चर राम्रो छ सँगसँगै घुंघट जस्ता प्रथाले बालिकाहरुलाई बाहिर जान दिँदैन । समस्या धेरै छन्  मधेसमा । शिक्षा पाएका पुराना पुस्ता कम छन् । मेरै घरमा हेर्ने हो भने पढ्ने पहिलो पुस्ता म नै हो । अब तीन पुस्ता अघिदेखी पढाउन सकिएको भए कति फरक भइसक्थ्यो होला ? 

कार्यक्रम जसले ल्याए पनि दिगो रुपमा शैक्षिक वातावरण बनाउन १ वर्षे कार्यक्रमले पुग्दैन । कम्तिमा १०–१२ वर्षे चाहिन्छ । परिवर्तन पूरा हेर्न र कम्प्लिट माइण्ड सेट चेञ्ज गर्न त १० बर्ष चाहियो नि ! यो जसले गरोस् कुन डोनरले गर्ने वा सरकारले गर्ने लामो योजना हुनैपर्छ । एसएसआरपी वा एसएसडीपी सबै ३ वर्षका आउने जसमा एक वर्ष फेजिड, अर्को वर्ष काम, तेस्रो वर्ष फेज आउट । यस्तो योजना त योजनामै सीमित भइहाल्छ । हामीले कार्यक्रम बनाउँदा परिचालनको रणनीति बनायौं । विभिन्न फोरम बनायौँ शिक्षक, बालबालिका, एसएमसी, पिटिए, सबैलाई समेट्यौँ । सबै फोरमको  एउटै मुद्दा बालबालिका स्कुल आउनुपर्छ । पछि नाम परिवर्तन गरेर लुज नेटवर्क भएको सपोर्ट स्ट्रकचरको रुपमा लग्यौँ । 

निक शिक्षा दिअ, मुभमेन्ट क्रिएट गर्दै हामी अघि बढ्यौं । क्षमता वृद्धि आफैभित्र र देशभित्र हुनुपर्छ । सामान्य प्रश्न हो, एनजिओ चलाउनेले आफै बुझेको छैन, कसरी बुझाउँछ । त्यसैले काम गर्नेको क्षमता चाहिन्छ । यसैगरी पछिल्लो समयको समस्या भनेको कसरी काम गर्ने भन्ने हो, लगानीकर्ता वा डोनरको आफ्नो इच्छा पनि छ । यसले स्थानीय क्षेत्रमा जाँदा कहिलेकाँही संयोजन नहुन सक्छ ।

हाम्रा विभिन्न अभियानहरु सफल छन् । जसले सोच्न बाध्य बनायो । काम छोडाउ, स्कुल पठाउ । जन्म देली त पढ् दिअ, हामु स्कुल पढ्जाय । निक शिक्षा दिअ आदि नाराका साथ अभियानहरु चलायौं । गुणस्तरीय शिक्षा सम्भव छ, शिक्षक विना असम्भव छ भन्ने अभियान, वेलकम टु स्कुल प्रोग्राम भन्ने अभियान सुरु भएको अभियान अपडेट हुँदै आउट अफ स्कुल मात्र होइन अब त गुणस्तरीयमा पो हेर्ने बेला भो त भन्ने सोचमा पुग्नुपर्ने बेला भइसक्यो । 

निक शिक्षा दिअ, मुभमेन्ट क्रिएट गर्दै हामी अघि बढ्यौं । क्षमता वृद्धि आफैभित्र र देशभित्र हुनुपर्छ । सामान्य प्रश्न हो, एनजिओ चलाउनेले आफै बुझेको छैन, कसरी बुझाउँछ । त्यसैले काम गर्नेको क्षमता चाहिन्छ । यसैगरी पछिल्लो समयको समस्या भनेको कसरी काम गर्ने भन्ने हो, लगानीकर्ता वा डोनरको आफ्नो इच्छा पनि छ । यसले स्थानीय क्षेत्रमा जाँदा कहिलेकाँही संयोजन नहुन सक्छ । सबै काम एक्लैले गरेर पनि हुँदैन । अब वास्तविकता भनेको डोनर र हामी समुदायकै लागि हो । यो विषयले प्रधानता पाउन सक्यो भने मात्र निर्दिष्ट लक्ष्य र उद्देश्य प्राप्त हुन सक्छ । सन् १९९९ मा सेभ द चिल्डे«न जापान र वल्र्ड एजुकेशनको सहयोगमा धनुषामा कार्यक्रम ग¥यौं । यसैगरी भिएसो नेपाल, युनिसेफ, नर्वेजियन एम्बेसी, फिनिस एम्बेसी, एक्सन एड, सेभ द चिल्डे«न, डब्लुएचएच, युनेस्को नेपाल, पिएसआई आदिसँग मिलेर हामीले काम ग¥यौं । अबको समयमा लोकल लेभल प्लानिङमा कसरी शिक्षालाई अटाउन सकिन्छ त्यसको छलफलमा अगाडि बढेका छौं । 

मुख्य प्रश्न हाम्रो सिकाइ उपलब्धि हो । नियमिताको लागि सिष्टर फर सिष्टर जस्तो कार्यक्रमले दिदीले बहिनी विद्यार्थीलाई स्कुल रेगुलेट गराउने तरिका राज्यले अपनाउन सक्छ । यसको लागि सरकार नै बलियो हुनुपर्ने हो । पढाउनका लागि अरु भएर हँुदैन शिक्षक नै बलियो हुनुपर्ने हो तर यसका पनि आफ्ना बाध्यता छन् । त्यो हामी सबैले देखि आएका छौं । अध्यापन गर्दा अहिले पनि कतिले लाठी लिन्छन् । जुन विद्यालयमा शिक्षकले डिक्केटरसिपमा चलाएको छ त्यो विद्यालय पनि राम्रो छ र जुन विद्यालय लिभरल छ त्यो पनि राम्रै छ  । तर अहिलेको समयमा डिक्टेटरशीपको दिन गयो भनेर घोषणा गरे हुन्छ । पढाउन विद्यालयमा वातावरण बनाउँ, विद्यालयमा बुक कर्नर भनेजस्तै होम कर्नर र रिडिङ कर्नर बनाउने बानी बसाल्नुपर्छ । जसरी देउताको लागि कुना बारेकै जस्तो पढ्नको लागि कुना बार्न सकेमा दुई शब्द भए पनि जानिन्छ भन्ने तरिकाले श्रद्धा आउने मोडल प्रयोग गर्न सकिन्छ । यो तरिका हामीले धनुषामा प्रयोग गर्न लागेका छौं । 

शैक्षिक व्यवस्थापनको मुद्दा अब अघि बढाउनुपर्छ । विद्यालयमा जाँदा तालिमको कुरा हुन्छ तर विद्यालयमा तालिम बढी भयो भन्ने शिक्षक छन् । ती शिक्षकका विद्यार्थीलाई केही आउँदैन । हेर्नोस् त समस्या । विद्यालयमा एक दिनमा एक थोक अर्को दिन अर्को थोक सिक्ने वातावरण बन्यो भने विद्यार्थी आफै नियमित हुन थाल्छन् । अबको अध्यापन शिक्षकको सोचबाट होइन विद्यार्थीको सोचबाट हुनुप¥यो । हामी टिभिमा विभिन्न सिरियल हेछौं र भोली के होला भनेर कौतुहलताले सिरियल हेर्दै जान्छौ, त्यस्तै वातावरण विद्यालयमा बन्नुपर्छ । बालबालिका विद्यालयमा रम्ने र भोली के होला भन्ने आकर्षण चाहिन्छ । नत्र विद्यार्थी किन जाने विद्यालय ? 

अहिले स्थानीय तहको आएको छ । झण्डै बीस वर्षसम्म स्थानीय जनप्रतिनिधि थिएनन् । कर्मचारीले व्यवस्थापन नै गर्न सक्दैनथे । मलाई याद छ, वि.सं. २०५१ सालको स्थानीय निकायको निर्वाचनमा विजयी भएका अध्यक्षको सोच नै फरक थियो । तत्कालीन समयमा गाविस अध्यक्षले बढी बजेट स्कुलमा लगानी गरेको तथा ३ वर्षसम्म स्कुल विल्डिङ फर्निचरमा सहयोग गरेको अनुभव मसँग छ । जनप्रतिनिधिसँग काम गर्नुको मज्जा छुट्टै छ, उनीहरुको दायित्व र कर्तव्य फरक देखिन्छ ।  उनीहरु हुँदा हामी तपाईलाई पनि काम गर्न सजिलो हुन्छ । जनप्रतिनिधि जति राम्रो वा नराम्रो भए पनि काम गर्नुपर्छ । उनीहरु जिम्मेवार हुनैपर्छ किनकी उनीहरु आफ्नै क्षेत्रका हुन्छन् । 

हामीले करिब ३० हजार आउट अफ स्कुल चिल्ड्रेनलाई विद्यालय पढाउन सक्यौँ भने झण्डै आधा जनसंख्या एसएलसी पास भए हामी खुसी छैँनांै किनकी आधाले छोडे । चुनावमा हाम्रा अभियानमा आबद्ध महिला उम्मेद्वार बन्ने र जित्न सफल भए । अहिले तराइमा सयभन्दा बढी क्षेत्र फ्रि चाइल्ड लेभर क्षेत्र, वाग्लुङमा ६ वटा क्षेत्र फ्रि चाइल्ड लेभर जोन बनाउन सकेका छाँै ।

धनुषा, महोत्तरीमा पहिलो मुद्दा जन्मदर्ता बनाऊँ अभियान चलायौं । दश वर्ष त्यसमा नै काम ग¥यौं । बच्चाको पहिलो अधिकार नै जन्मदर्ता हो । विद्यालय जाने पहिलो खुट्किलो नै जन्मदर्ता हो । त्यतिबेला जन्मदर्ता नभएर कतिले नागरिकता पाएनन् । आसमान नेपालले बाल विवाहको विरुद्धमा काम ग¥यो । पहिले बालविवाह २० प्रतिशत थियो अहिले १० प्रतिशतमा छ, यो दाउरीसँगसमेत जोडिएको छ । दलित समुदायमा अझै समस्या छ । उमेर पुगेकोले आफ्नो बालापन हुँदाहुँदै बच्चा जन्माउने अर्थात् एक बच्चाले अर्को बच्चा हेर्नुपर्ने अवस्था छ । बालविवाह, जिन्दगी तवाह । बच्चालाई गाई भैँसीले सोभा दिँदैन, बच्चालाई किताबले शोभा दिन्छ, जस्ता हाम्रा अभियानहरु अहिले अरुले समेत सञ्चालन गर्नुहुन्छ । यस्तो देख्दा खुसी लाग्छ कारण समाजमा मुद्दा स्थापित गर्न सकियो ।

हामीले करिब ३० हजार आउट अफ स्कुल चिल्ड्रेनलाई विद्यालय पढाउन सक्यौँ भने झण्डै आधा जनसंख्या एसएलसी पास भए हामी खुसी छैँनांै किनकी आधाले छोडे । चुनावमा हाम्रा अभियानमा आबद्ध महिला उम्मेद्वार बन्ने र जित्न सफल भए । अहिले तराइमा सयभन्दा बढी क्षेत्र फ्रि चाइल्ड लेभर क्षेत्र, वाग्लुङमा ६ वटा क्षेत्र फ्रि चाइल्ड लेभर जोन बनाउन सकेका छाँै । धनुषा र महोत्तरीमा २ सयभन्दा बढी चारदेखी आठ कोठे शौचालय सुविधासहित विद्यालय बनाएका छौं । सरकार र डोनरसँग मिलेर भौतिक र  मानवीय विषयसँग जोडिएका छौँ । प्रदेश नम्बर २ को ८ वटा जिल्ला, धादिङ, बाग्लुङ, सल्यान, डोल्पा, जाजरकोट, जुम्ला, डडेलधुरा आदि जिल्लामा स्थानीय सरकारसँग काम गर्ने गरी योजना बनाएका छौं । पहिलो कोशीबाट पत्लैयासम्म काम गर्ने भनेकोमा ठ्याक्कै त्यो प्रदेश नम्बर २ बनेको छ । अहिलेसम्म ४० प्रतिशत नगरपालिका र गाउपालिकासँग जोडिएका छौं । शिक्षा र बालअधिकारको विषयमा काम गर्ने हाम्रो अभियान निरन्तर जारी छ । 

-नवलकिशोर यादव कार्यकारी निर्देशक, आसमान नेपाल

0 Comments

Leave a comment