April 23, 2021
विविध

जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

जाडोले कपिलवस्तुका विद्यालय चार दिन बन्द

 

कपिलवस्तुमा  दुई  पालिकाका विद्यालय  आजदेखि  बन्द  गरिएका छन्  कपिलवस्तु नगरपालिका  मायादेवी गाउँपालिकाका विद्यालय शीतलहरका  कारण  चार  दिनका  लागि  बन्द  गर्ने  निर्णय  भएको  हो  जाडो बढेकाले पठनपाठनमा समस्या आएपछि विद्यालयमा बिदा थपिएको हो  शुरुमा  यही  माघ  देखि  माघ १० गतेसम्मका लागि  नगरपालिकामा  रहेका  सबै सरकारी    निजी  विद्यालयहरु बन्द गरिएका थिए 

 नगर शिक्षा समितिको  निर्णयअनुसार चार दिनका  लागि  जाडो  बिदा थप गरिएको  नगरपालिका  शिक्षा एकाइका  उपसचिव  हरिप्रसाद  ज्ञवालीले  बताउनुभयो  माघ १५ देखि विद्यालय सञ्चालन हुने बताइएको   जाडोले गर्दा प्राविमा पढने साना  विद्यार्थीहरु  बढी  प्रभावित बनेका छन्  जाडोले गर्दा विद्यार्थीको न्यून उपस्थिति भएकाले पठनपाठनसमेत प्रभावकारी  हुन नसकेको शिक्षकहरु बताउँछन् 

 त्यस्तै मायादेवी गाउँपालिकाका  विद्यालयमा  पनि तीन  दिनका  लागि  जाडो  बिदा दिइएको    धेरै  चिसोले गर्दा विद्यार्थीको  स्वास्थ्यमा  समस्या आउनसक्ने भन्दै गाउँपालिकाभित्र रहेका सबै विद्यालय बन्द गरिएको हो  गाउँपालिका शिक्षा शाखाका प्रमुख अमिनप्रसाद कुर्मीले सूचना निकाल्दै  गाउँपालिकाभित्र  रहेका सबै विद्यालय तीन दिनका लागि बन्द गर्ने जनाइएको   माघको शुरुदेखि नै कपिलवस्तुमा  बाक्लो हुस्सु  शीतलहरले  जनजीवन प्रभावित भएको  

0 Comments

Leave a comment