November 26, 2020
समाचार

दशैंलाई नै 'दशैं होमवर्क' बनाऔं 

दशैंलाई नै 'दशैं होमवर्क' बनाऔं 

यतिखेर सामाजिक संजालका भित्ताहरुदशैं होमवर्कसम्बन्धी हजारौं मिम तथा जोकहरुले रङ्गिन थालेका छन् रङ्गाउनेकलाकारहरु अरु कोही नभएर विद्यार्थीहरु हेरेर ताज्जुब मान्नेहरु चाँही शिक्षकहरु हुने गर्छन् यसपालीविद्यार्थीहरु अलि बढि नै स्वतन्त्र पनि छन् किनकी उनीहरु कक्षामा छन्, तर विद्यालयमा छैनन् झन् त्यस्ता मिम्हरुमा कमेन्टकमेन्ट खेल्नेहरुको रमाईलो सायदहुनै शब्दले पनि अभिव्यक्त गर्न नसकिएला

https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/94016652_566539207577259_6745404386438021120_n.jpg?_nc_cat=106&_nc_sid=825194&_nc_ohc=sF5ENvPGOZcAX_d_GW0&_nc_ht=scontent.fktm3-1.fna&oh=dfcd87fd7da93586521797667721fa13&oe=5FB171F5https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/100474443_144839457155719_4573967117417709568_o.jpg?_nc_cat=106&_nc_sid=8bfeb9&_nc_ohc=W7wNslLBvUAAX8SCsgV&_nc_ht=scontent.fktm3-1.fna&oh=92e7bb079b5855aad8ef7f765f48d395&oe=5FB4C890https://scontent.fktm3-1.fna.fbcdn.net/v/t1.0-9/14639671_404071779716990_8454698473761528146_n.jpg?_nc_cat=108&_nc_sid=9267fe&_nc_ohc=AG7TUPE2NsIAX86AtiA&_nc_ht=scontent.fktm3-1.fna&oh=db96cc6f8233fa55df21b26ff5766180&oe=5FB34ACFकोभिड१९ को विश्वव्यापी महामारीको करिब सात महिना बित्दै गर्दा बाध्यात्मक रुपमा भएपनि नेपालको शिक्षामा भने परिवर्तनका केही डोबहरु देखिन थालेका छन्, जस्तै अनलाईन तथा बैकल्पिक कक्षा, फरक मोडेलको परीक्षा अभ्यास तथा प्रचुर मात्रामा चलेको शिक्षणसिकाई सम्बन्धी अनलाईन तालिम तथा वेबिनारहरु ।तैपनि अधिकांश शिक्षाकर्मी, विद्यार्थी एवं अभिभावकहरुको पुरातन सोच कमजोर भैसकेको छैन जुन भौतिक कक्षाप्रतिको मोहमा सर्वत्र प्रकट हुँदै आएको मूलतः विद्यालय एउटा कम्पाउण्ड भित्र हुन्छ, सिकाई कक्षा कोठा भित्र मात्र घटित हुन्छ ज्ञान किताबका पानाहरुमा मात्र भेटिन्छ भन्ने आमसोचले नेपाली शिक्षा क्षेत्र अपाङ्ग हुँदै आएको हो  
आफूलाई विज्ञको रुपमा चिनाउनेहरुले शिक्षालाई जीवनको तयारीको रुपमा व्याख्या गर्दै आएपनि अभ्यासमा भने नेपालको शिक्षा केवल परीक्षाको तयारीमा सीमित रहन पुगेको तीतो यथार्थकोती विज्ञहरु लगायत हामी सबै जानकार मात्र हैन, भुक्तभोगीपनि हौं तर अमेरिकी मनोवेत्ता तथा शिक्षा सुधारक जोन डिवीले भने जस्तोशिक्षा जीवनको तयारी हैन, शिक्षा नै जीवन होभनेर कत्ति पनि बुझ्न नसकेको नेपाली शिक्षाको रुपान्तरणको बाटोनिक्र्यौल हुन नसकेको चाहिँ यथार्थ हो

जीवनको हुर्काई, भोगाई, गराई बुझाईमा शिक्षा खोतल्ने वा शिक्षालाई जीवनको हरेक आयाम, सफलता, असफलता, समाज देशसँग जोड्नु नै आजको आवश्यकता हो, जसमा शिक्षक विद्यालय सहजकर्ता सहयोगी हुन सकोस्

स्मरण विष्मरणको लुकाछिपीमा अल्झिएको हाम्रो शिक्षाले परीक्षा पनि स्मरणशक्तिकै मात्र लिने भएकोले विद्यालय विश्वविद्यालयहरु सीप दक्षताविहिन शिक्षित बेरोजगारहरु उत्पादन गर्नेकारखाना हुन पुगेको किनकी हाम्रो सिकाई गराई सिर्जनाको अनुभवमा हैन, किताबका अक्षरहरुको पठन, स्मरण विष्मरणमा सीमित  


तसर्थ, आजको सबैभन्दा ठूलो चुनौती भनेको शिक्षालाई विद्यालय, शिक्षक किताबको चङ्गुलबाट छुटाएर जीवनमा पु¥्याउनु हो जीवनको हुर्काई, भोगाई, गराई बुझाईमा शिक्षा खोतल्ने वा शिक्षालाई जीवनको हरेक आयाम, सफलता, असफलता, समाज देशसँग जोड्नु नै आजको आवश्यकता हो, जसमा शिक्षक विद्यालय सहजकर्ता सहयोगी हुन सकोस् नेपाली विद्यालयहरुको हालको संरचना, पाठ््यक्रम, पठनपाठनको विधी, परीक्षा प्रणाली अभिभावकहरुको अपेक्षा यसमा बाधक हुन् तर यो कोरोना महामारीेले अन्य थुप्रै दुःख कष्टहरुको दिएपनि शिक्षामा चाहिँ केही सकारात्मक अवसर सिर्जना गरेको अनुभव गर्न सकिन्छ आसन्न दशंैजस्तो विशिष्टसाँस्कृतिक, सामाजिक धार्मिक चाड यसको लागि एक अनुपम अवसर हुन सक्छ  

🐣 25+ Best Memes About Nepal | Nepal Memesदशैंभरी जीवनमा शिक्षा कसरी खोज्ने ?
अमेरिकी सरकारद्वारा जोन कोलेमनको नेतृत्वमा गठित एक आयोगले सन् १९६६ मा प्रकाशित गरेको प्रतिवेदनलेसिकाइमा विद्यालयको अर्थ छैन, परिवारको भूमिका सर्वेसर्वा होभन्ने निचोड निकालेपछि अमेरिकाको सार्वजनिक शिक्षामा व्यापक सुधार गरिएको थियो परिणाम स्वरुप शिक्षामा अमेरिकाले अहिले पनि संसारलाई बाटो देखाउँदै आएको किनकी त्यहाँको शिक्षा पूर्णतः गराईको अनुभवमा आधारित शिक्षामा विश्वको सर्वोत्कृष्ट स्थानमा रहेको फिनल्याण्डले समेत उसको शिक्षाको स्रोत अमेरिकी सोध खोज रहेको स्वीकार्दै आएको तर नेपालको शिक्षालाईगहिरोसँग नियाल्ने हो भने यो ६० को दशकको अमेरिकी शिक्षा भन्दा पनि पुरातन देखिन्छ त्यसैले आज पनि दशैं जस्तो अनुपम सिकाईको अवसरमा पनि अनुत्पादकदशैं होमवर्कले थिचिएका बालबालिकाहरुको चित्कारले हामीलाई घेर्दैछ  

कन्स्ट्रक्टिभिज्मका प्रणेता जाँ पियाजेका अनुसार शिक्षाको उद्देश्य ज्ञानको मात्रा बढाउने हैन, बरु बच्चाको लागि आविष्कार अन्वेषणको सम्भावना सिर्जना गर्नु उनीहरुलाई नयाँ चिज गर्न सक्ने मान्छे बनाउनु हो ।तसर्थ, आजको डिजिटल युगमा जानकारी तथ्य शिक्षा हैन, यसको लागि शिक्षक, विद्यालय किताब आवश्यक छैन आविष्कार अन्वेषणको अनुभवका लागि दशैंलाई एक उत्कृष्ट बनाउन सकिन्छ त्यसैले आउनुहोस्, अब दशैंका मूख्यमूख्य गतिविधीमा शिक्षा कसरी खोतल्ने भन्ने

विषयमा चर्चा गरौंः
§    जमराःविउबिजनलाई विरुवाको रुपमा कसरी उमार्ने भन्ने विज्ञानको सिकाई होस् वा यसको उत्पत्तीको साँस्कृतिक तथा ऐतिहासिक खोज, घटस्थापनाले अतुलनीय मौका दिन्छ त्यस्तै अचेलह्वीट ग्रास थेरापीको रुपमा क्यान्सर÷अर्बुद जस्तो असाध्य रोगमा जमराको जुसको औषधीय गुणको अध्ययन चर्चामा रहेकोले त्यस सम्बन्धी खोज् गर्न लगाई उनीहरु भित्र लुकेको चिकित्सक वैज्ञानिकलाई ढकढक्याउन सकिन्छ
§    चङ्गाः चङ्गाको निर्माणमा ठूलो शिक्षा लुकेको हुन्छज्यमितीय गणित, रङ्ग, आकार, उडान वा एस्ट्रोनमी, आदि साथै, लट्टईको निर्माण प्रयोगमा पनि गणित, ईन्जिनियरिङ, आदिको भरपुर प्रयोग हुन्छ अझ यसको यान्त्रिकीकरणको प्रोजेक्ट दिने हो भने मेकानिकल सीप पनि उजागर हुन्छ उडाउँदा गति, उचाई, बल, आदिको सिकाई सजिलै गराउन सकिन्छ यसबाट प्रतिष्पर्धा समुहकार्य दुबैको अनुभव समेत एकैसाथ दिन सकिन्छ यसको साँस्कृतिक तथा ऐतिहासिक पक्षको अध्ययन पनि अर्को पाटो हुन सक्छ  
§    पिङः दशैंकोलिङ्गे पिङ रोटेपिङ रमाईलो छँदैछ, त्यसभित्र अथाह सिकाई पनि लुकेको हुन्छ यसको निर्माणमा सहभागी हुँदा सिर्जनात्मक सोच, समुह कार्य, नेतृत्वकला, अन्र्तव्यक्ति संचार, आदि एक्काईसौ शताब्दी सीपहरु रमाईलो मै विकास हुन्छ, जसको विकास कक्षाकोठामा निक्कै कठीन हुनसक्छ लिङ्गे पिङमा प्रयोग हुने बाबियोको डोरी बाट्ने कार्यमा सामुहिक भावनाको विकास कम रमाईलो हुन्न त्यस्तै रोटे पिङको लागि बाँस काट्ने, छाँट्ने, नाप्ने, डिग्री मिलाएर गाड्ने बाँध्ने जस्ता समहु कार्य गर्दा गणित विज्ञानको भरपुर प्रयोग हुन्छ अझ, यस्ता परम्परागत अभ्यासहरुको आधुनिकिकरण यान्त्रिकीकरणको प्रोजेक्ट दिने हो भने उनीहरुमा छिपेको आविष्कारक मेकानिकल ईन्जिनियरले सजिलै दस्तक पाउँछ फोर्स, मेजरमेन्ट, भेलोसिटी, एक्सेलेरेशन, रिटार्डेशन, आदिको विज्ञान अब किताबमा खोज्नै पर्दैन, दैनिकीमा समाहित हुन्छ, रमाईलोमा रचिन्छ  बाबियो, बाँस, आदि सम्बन्धीबनस्पती विज्ञानको अध्ययन पनि गराउन सकिन्छ भने साँस्कृतिक पक्षको अध्ययन हुने नै भयो  
§    टिकाः दशैंको टिका पनि एक उत्कृष्ट सिकाई हुनसक्छ टिकाको उत्पत्तिको इतिहास, समाज अनुसार यसका प्रकारहरु, यसको संस्कार साँस्कृतिक पक्ष, वैदिक महत्व, आशिर्वादको प्रभावको मनोवैज्ञानिक विश्लेषण, आदिको उमेर समुह अनुसार अध्ययन गराउन सकिन्छ दक्षिणाबाट गणितका थुप्रै सिकाई पूरा गर्न सकिन्छ भने संस्कार विकासको यस्तो मौका विद्यालय कक्षाकोठमा दुर्लभ हुन्छ
§    परिकारः यसबाट पाकशिक्षा जन्य सिकाई सजिलै हुने भयो यसका अतिरितm समाज अनुसार परिकारहरुको तुलनात्मक अध्ययन गराउन सकिन्छ पकाउने तुल्याउने क्रममा सीप विकास, मात्राको गणीतीय गणना, परिकारहरुको पोषणको अध्ययन, स्वास्थ्यमा पार्ने सकारात्मकनकारात्मक असर, खाद्यवस्तुको भण्डारन, आदिको शिक्षाको अलावा भविष्यमा कुक, शेफ, होटल व्यवसायी, आदिको पेशाको लागि पनि उत्प्रेरित गराउन सकिन्छ  
§    जुवातास, मादक पदार्थ बलिप्रथाः एक्काईसौं शताब्दी क्षमतामा समालोचनात्मक सोच समस्या समाधान सीपको महत्वपूर्ण स्थान हुन्छ जसका लागि जुवातास खेल्ने परम्परा, मादक पदार्थ सेवनको संस्कार हाल आएर विवादित बनेको बलिप्रथाको अध्ययन, खोज समालोचना एक उत्कृष्ट अवसर हो यसले सही गलत चिन्न सक्ने मूल्यांकन क्षमता, अहिंसा, प्राणी प्रेम, पूजा त्यसमा बलिको बिकल्प, आदिसँग सम्बन्धीत सिकाई सजिलै गराउन सकिने भो त्यस्तै मादक पदार्थको प्रयोग जुवातासको साँस्कृतिक पक्षको विवेचना गर्न चेतनामूलक कार्यहरु गर्न समेत प्रशस्त अवसर दिन्छ  


यी केही उदाहरणहरु मात्र हुन् जीवन समाजमा शिक्षा सिकाई खोज्ने सोच लिएर शिक्षाकर्मी बन्ने हो भने दशैंमात्र हैन, हरेक दिन, स्थान, व्यक्ती, परम्परा, काम, संस्कृति, विकृति, समस्या, आदि सबै शिक्षाको अथाह स्रोत बन्छ दशैंमा शिक्षा खोज्न कुनै पनि थप होमवर्क दिन आवश्यक छैन, मज्जाले दशैंनै मनाउन दिए पुग्छ केवल शिक्षकसँग दशैंका संस्कार, परम्परा गतिविधीमा विद्यार्थीको कक्षा उमेर अनुसारको शिक्षा खोज्न लगाउने क्षमता हुनु आवश्यक धार्मिक रुपमा दशैं नमान्ने परिवार समुदायले पनि यसलाई समाजिक अवसरको रुपमा अवलोकन गराएर यस्तो सिकाई घटित गराउन समस्या नहोला याद रहोस्, कुनै पनि किताबी होमवर्कले यस्तो वास्तविक सिकाईको अवसर दिन सक्दैन, त्यो केवल अर्थहीन बोझ बन्छ जसको सिकाईसँग कुनै सरोकार हुँदैन  
शिक्षामा सर्वव्यापी ब्लुम्स टैक्सोनमी अनुसार सिकाईको स्मरण, बोध, प्रयोग, विश्लेषण मूल्यांकन पछिको अन्तिम उचाई भनेको सिर्जना हो त्यसैले दशैंका यी सबै सिकाईहरु पनि सिर्जनामा गएर टुङ्गिन सक्यो भने उत्कृष्ट हुन्छ सिर्जनाको प्रस्तुती विचार, प्रतिवेदन, लेख, पुस्तिका, चित्र, भिडियो, गीत, वास्तविक वस्तु वा मिनिएचर, अनुभव, पोष्टर, नाटक, कथा, आदि जुनसुकै रुपमा पनि हुन सक्छ  


यस्तो सिर्जना गराउँदा हुने गम्भिर गल्ति भनेको विद्यार्थीलाई शिक्षकले चाहेको गतिबिधीमा संलग्न हुन बाध्य बनाउने शिक्षकले नै खोजेको चिज बनाउन लगाउने हो त्यस्तो भयो भने त्यो सिर्जना कार्य विद्यार्थीलाई मन नपर्न सक्छ त्यो उसको बुद्धिमता वा ईन्टेलिजेन्सेज् अनुसार नहुन सक्छ यसरी काम गराउँदा उनीहरु रमाउन सक्दैनन् सिकाई बाध्यात्मक भएपछि अबरुद्ध हुन्छ तसर्थ, हामीले नेपालमा डा. होवार्ड गार्नरको मल्टिपल ईन्टेलिजेन्सेज् सिद्धान्तमा आधारित प्राजेक्ट बेस्ड लर्निङ् वा एमआई पिबिएल पद्दती अनुसार सिकाई सहजीकरण गर्नुलाई सर्वोत्कृष्ट बिकल्पको रुपमा अघि सारेका छौं

जस अनुसार विद्यार्थीहरुको ईन्टेलिजेन्सेज्को बैज्ञानिक अवलोकनबाट पहिचान गरी सो अनुसारको प्रोजेक्ट गतिविधीहरुमा संलग्न हुने अवसर सिर्जना गरिन्छ यसले सिकाईलाई रोचक, चुनौतिपूर्ण सान्दर्भिक बनाउँदै सिकाईका सबै चरणहरु पार गराउँछ  पियाजेले भने जस्तै आविष्कार अन्वेशनको अवसर सिर्जना गरी नयाँ चिज गर्नसक्ने मान्छे तयार पार्न सकिन्छ भने डिवीले सोचेजस्तो जीवननै शिक्षामा बदलिन्छ
तसर्थ, आउनुहोस्, दशैंलाई वास्तविक जीवन तथा जगतबाट सिक्नेअर्थपूर्ण अवसरको रुपमा रुपान्तरण गरौं यसपालीको दशैंलाई होमवर्कको यातना सजायबाट बालबच्चाहरुलाई मुक्ती दिने दशैं बनाऔं दशैंलाई नै दशैं होमवर्क बनाऔं  

(महाकालिस्थान, भक्तपुरस्थित गोल्डेन गेट इङ्गलिश सेकेण्डरी स्कूलका प्रिन्सिपल, कान्तिपुर भ्याली कलेज हिकास्टका एडजंक्ट फ्याकल्टी तथा क्वेष्ट नेपालका सचिव रहेका लामा नेपालमा मल्टिपल ईन्टेलिजेन्सेजमा आधारित पिबिएल (एमआई पिबिएल) पद्दतीका प्रवर्तक समेत हुन् )

 

0 Comments

Leave a comment