July 05, 2020
विविध

नगरभित्रका प्रत्येक व्यक्तिको आरडीटी परीक्षण गर्ने मेरो चाहना : मेयर

नगरभित्रका प्रत्येक व्यक्तिको आरडीटी परीक्षण गर्ने मेरो चाहना : मेयर

विश्वभर फैलिएको कोरोना भाइरसबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं भन्ने जनहितमा जारी सन्देशलाई नगरभित्र सचेतनाको कार्यक्रममा व्यापकता बनाएका छौं । नगरभित्र क्वारेन्टाइनको व्यवस्था गरिएको छ । 

बज्रबाराही अस्पतालमा करिब २५ लाखको बजेटमा आइसोलेसन सरहको सुविधा सम्पन्न बनाएका छौं । नगरभित्रका प्रत्येक व्यक्तिको आरडीटी परीक्षण गर्ने मेरो तीव्र चाहना हो । तर, यो स्वास्थ्य उपकरणहरु पैसा भएता पनि खरिद गर्नको लागि धेरै कठिन रहेछ । यसको विकल्पमा नगरपालिकाभित्र रहेका प्रत्येक स्वास्थ्य चौकीमा आरडीटी परीक्षणलाई तीव्र बनाएका छौं । 

स्वास्थ्य चौकीमा हेल्प डेस्क बनाएका छौं । यसैगरी, नगरपालिकाको कार्यालयमा पनि हेल्पडेस्क राखेका छौं । कोही पनि नगरबासीलाई कोरोना संक्रमण नहोस् र कोही त्यस्ता शंकास्पद व्यक्ति भएमा हामीले पाटन अस्पताल र टेकुमा पठाएका छौं । नगरपालिकाले करिब १५० जना व्यक्तिहरुको आडीटी परीक्षण गरिसकेको छ । 
यो जटिल परिस्थितिमा आफ्नो स्वास्थ्यलाई ख्याल गर्नुको साथै सचेत हुनु आवश्यक छ । भिडभाडमा नजाने, मास्कको प्रयोग गर्ने, स्यानिटाइजर लगाउने, साबुन पानीले हात धुनेजस्ता कुरामा ध्यान दिई कोरोनाबाट बच्न सक्छौं । नगरपालिकाभित्र रहेका श्रमिक वर्गहरुलाई राहत वितरण गर्ने काम गरेका छौं । अहिलेसम्म ११ हजार घरपरिवारलाई राहत वितरण गरिसकेका छौं । 

नगरबासीहरुको सुझाब स्थानीयहरुलाई पनि राहतमा प्राथमिकता दिनु भन्ने कुरा आएको छ । हामीले अत्यावश्यक भएका स्थानीय नगरबासीहरुलाई राहत वितरण गर्ने कार्यक्रमको तयारीमा जुटेका छौं । अहिले भयावह स्थिति सिर्जना हुँदै आएको छ, काठमाडौंमा जोखिम बढी सकेको छ । यो अवस्थामा हामी सबै एक भएर सचेतता अपनाउनुपर्छ । 
 

0 Comments

Leave a comment