August 07, 2020
समाचार

नयाँ पाठ्यक्रम लागू हुनुपर्छ : टिएल चौधरी

नयाँ पाठ्यक्रम लागू हुनुपर्छ : टिएल चौधरी

नेपाल सरकारले नेपालको संविधानमा विद्यालयलाई दुई तह बनाएको छ । शिशु कक्षादेखि आठ कक्षासम्मलाई आधारभूत तह भनिन्छ, कक्षा नौ देखि कक्षा १२ सम्मलाई माध्यमिक तह भनिन्छ । यसरी नेपाल सरकारले कक्षा १ देखि कक्षा १२ सम्म विद्यालय भइसकेपछि नयाँ पाठ्यक्रम लागू हुनुपर्छ भन्ने मेरो मान्यता हो । 

यो नयाँ पाठ्यक्रमअन्तर्गत विद्यार्थीहरुले चाहेको सबै विषयहरु पढ्न पाउँछन् । पहिलाको जस्तो विज्ञान, व्यवस्थापन, मानविकी, कानून भनेर संकाय छुट्याएर पढाउने शैलीमा फरकपन आउँछ । त्यसैले शैक्षिक संस्थाहरुले संकायगत रुपमा विज्ञापन गर्न नपाउने व्यवस्था गरिएको छ । शैक्षिक संस्थाहरुले कक्षा ११ मा भर्ना खुल्यो भनेर विज्ञापन गर्नुपर्ने हुन्छ । 

कक्षा ११ मा सामाजिक शिक्षामा केही सुधार गर्नुपर्छ भन्ने मेरो धारणा छ । यसमा नेपाललाई चित्रण गरेर नेपालको वस्तुस्थिति भूगोललाई विद्यार्थीहरुले नजिकबाट नियाल्न सक्नुपर्छ । कक्षा १२ को जीवन उपयोगी शिक्षामा थोरै परिमार्जन गर्नुपर्ने देखिन्छ ।  

विद्यालय तहको शिक्षा स्थानीय सरकारको मातहतमा रहेको छ । जसले गर्दा कक्षा १० र ११ को  परीक्षा केन्द्रबाट गर्नु आवश्यक छ जस्तो लाग्दैन । यो वर्ष कोभिड–१९ का कारण १० र ११ को परीक्षा केन्द्रबाट भएन, यसलाई निरन्तरता दिएर स्थानीय सरकारलाई परीक्षाको जिम्मेवारी बोध गराउँदा हुन्छ । कक्षा १२ को बोर्ड परीक्षा केन्द्रले गर्नुपर्छ भन्ने मेरो धारणा रहेको छ । 

0 Comments

Leave a comment