July 05, 2020
विविध

प्याब्सनले अनलाइन परिक्षाफल र भर्चुअल कक्षाको तयारी गर्दै

प्याब्सनले अनलाइन परिक्षाफल र भर्चुअल कक्षाको तयारी गर्दै

काठमाडौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले कक्षा ९ सम्मको अनलाइन परीक्षाफल प्रकाशन र भर्चुअल कक्षा संचालन गर्ने तयारी गरेको छ । प्याब्सनको केन्द्रिय कार्यसम्पादन समितिको बैठकले केन्द्रिय समिति र मातहतका समितिलाई पत्राचार गर्दै अनलाइन परीक्षाफल प्रकाशन र भर्चुअल कक्षा संचालन गर्न तयारी रहन आग्रह गरेको छ ।

बैसाख १५ सम्म लकडाउन समाप्त भएमा सहज ढंगले परीक्षाफल तयारी गर्न तथा लकडाउन समाप्त नभएमा सरकारसँग समन्वय गरी परीक्षाफल प्रकाशन गरिने भएकोले अनलाईन परिक्षाफल प्रकाशन तयारी गर्न पत्रमार्फत आग्रह गरेको हो । प्याब्सनले भर्चुअल कक्षा संचालनका लागि अध्ययन अध्यापन, शिक्षक, कर्मचारी तालिम आदि विषयमा प्रदेश, जिल्ला तथा स्थानीय तहमा छलफल चलाउने जनाएको छ ।

यसैगरी भौगोलिक अवस्थाअनुसार अनलाइन तथा अन्य संचार माध्यममार्फत भर्चुअल कक्षा संचालन गर्नको लागि अध्ययन गर्न प्राविधिक कमिटि निर्माण गरेको छ । प्याब्सन अध्यक्ष टिकारम पुरी संयोजकत्वमा डीके ढुंगाना, राजेन्द्र बानियाँ टि आर ढकाल, कुमार घिमिरे सदस्य रहेको प्राविधिक कमिटि निर्माण गरेको कुमार घिमिरे हस्ताक्षरित पत्रमा जनाइएको छ ।

प्याब्सनले गत चैत्र ५ गतेभित्र कक्षा १ देखी ९ सम्मका परीक्षा सम्पन्न गरीसकेको छ भने कक्षा ८ परीक्षा सबै स्थानीय तहले संचालन गरीसकेका छन् ।

0 Comments

Leave a comment