प्रबिधिमैत्री शिक्षक समाज नेपाल उपत्यका समन्वय समितिको आयोजनामा उपत्यकाका ३ जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरको करिव २०० शिक्षकहरूको बिच अनलाईनमा जुम प्रबिधिको प्रयोग गरी बृहत सदस्यता बिस्तार तथा अन्तक्रिर्या कार्यक्रम सम्पन्न भएको छ ।
उपत्यका समन्वय समितिका उपाध्यक्ष गिता ढकालको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रशिस केन्द्रीय अध्यक्ष तथा परिकल्पनाकार भुपति बस्याल रहनुभएको थियो।
कार्यक्रममा विशिष्ट अतिथी केन्द्रीय महासचिव देबीप्रसाद शर्मा र अतिथिहरुमा सचिव हरिहर दहाल, केन्द्रीय सदस्य शुसिला ढकाल को साथमा लक्षमण श्रेष्ठ, तेजेन्द्र भुसाल, देवप्रसाद पण्डित, उमा लामा, गण्डकी प्रदेश अध्यक्ष नारायण पौडेल, बागमती प्रदेश अध्यक्ष जीवन तिमल्सिना, केन्द्रीय प्रविधिक समिति संयोजक घनश्याम अधिकारी, प्रशिस बागमती सचिव तथा प्राबिधिक समिति केन्द्रीय सदस्य बासुप्रसाद अधिकारी, रसुवा शिक्षक महासंघ अध्यक्ष मोचनाथ न्यौपाने, सल्लाहकार सदस्य पुर्ण पुरीलगायतले मन्तव्य राख्नुभएको थियो। कार्यक्रम उपत्यका समन्वय समिति संयोजक अध्यक्ष बिकास ढकालले संन्चालान गर्नुभएको थियो ।
उक्त कार्यक्रममा ललितपुर जिल्लाका २० जना सक्रिय सदस्य र अन्य ५० जनाभन्दा बढी सुभेच्छुक शिक्षकहरुको सहभागिता रहेको थियो। अबका केही दिन अनलाइन सदस्यता बिस्तार गर्ने र उपत्यका तिनै जिल्लाहरुमा समिति गठन गर्ने क्रममा प्रशिस ललितपुर जिल्ला समन्वय समिति गठन गर्ने अन्तिम तयारीमा पुगेको प्रशिस ललितपुर सक्रिय सदस्य नानिराम सन्जेलले जानकारी दिनु भएको छ।
1 Comments
good