July 05, 2020
फिचर

प्रविधियुक्त शिक्षा आजको आवश्यकता

प्रविधियुक्त शिक्षा आजको आवश्यकता

काठमाडौंको झोछेंको आफ्नै टोलमा रहेको बाल सेवा माविबाट कक्षा ६ सम्मको अध्ययन गरेँ । गणबहालमा अवस्थित नेपाल आदर्श माविबाट एसएलसी उत्तीर्ण गरेपछि उच्च शिक्षा हासिल गर्नको लागि नेपाल कमर्स क्याम्पसमा भर्ना भएँ । प्रमाणपत्र तह र स्नातक तह यसै शैक्षिक संस्थाबाट उत्तीर्ण गरेँ । 

म अहिले पनि विद्यार्थी छु, राजस्थानको कोटास्थित क्यारियर प्वाइन्ट युनिभर्सिटीबाट पि.एच.डी. गरिरहेको छु । प्रमाण–पत्र तहको परीक्षा सकेको भोलिपल्टबाटै नेपाल कर्मसियल इन्टरप्राइजेज प्रालिमा बिक्री÷वितरण सहायकको रुपमा बुबाले मलाई काममा लगाइदिुनुभयो । बुबा त्यस इन्टरप्राइजेजको मेनेजर हुनुहन्थ्यो । मैले त्यहाँ ६ वर्ष काम गरेँ र आफ्नो ग्राहकहरुसँग कसरी व्यवहार गर्ने भन्ने सीप सिकेँ । 

यसपश्चात् सन् १९८९ बाट मैले काठमाडौंस्थित अमेरिकी अन्तर्राष्ट्रिय विद्यालय लिंकन स्कूलको प्रशासनमा इन्स्ट्रक्सनल सपोर्ट अफिसर भएर १० वर्षसम्म काम गरेँ । त्यहाँ मैले धेरै कुराहरु सिक्ने मौका पाएँ । पछि सन् १९९८ मा काठमाडौं महानगरपालिकामा केशव स्थापित मेयर हुँदा उहाँको महानगरीय वित्त विज्ञको रुपमा सल्लाहकार भएर ३ वर्ष काम गरेँ । मैले यसै समयमा शंकरदेव क्याम्पसमा आंशिक शिक्षकको रुपमा प्राध्यापन गर्न थालेको थिएँ । 

मैले जीवनमा धेरै काम गरेँ तर प्राध्यापन गर्दाको जस्तो सन्तुष्टि अरु क्षेत्रमा पाउन सकिँन । सन् १९९२ मा हामीले प्राइम कम्प्युटर्स प्रा.लि. खोलेका थियौं । कम्प्युटर तालिमको क्षेत्रमा प्राइम कम्प्युटर्स न्युरोडको राम्रो संस्थाको रुपमा चिनिन्थ्यो । केही साथी तथा लगानीकर्ताहरुसंग मिलेर हामीले प्राइम कलेज सन् २००१ मा स्थापना ग¥यौं । सन् २००२ देखि २०१७ सम्म प्रिन्सिपलको चुनौतीपूर्ण भूमिका सफलतापूर्वक निर्वाह गरियो । 

त्यसबेला कक्षा ११ मा ६६ जना व्यवस्थापनका विद्यार्थीहरु तथा विआईएम. प्रोग्राममा चाहीं ६० जनाको कोटा भरिएको थियो । हामीले दुई वर्षपछि प्लस टुमा विज्ञान संकाय, स्नातक तहमा बिबिए, बिबिएस, बिएससी, सिएसआइटीजस्ता कार्यक्रम क्रमशः थप्दै गयौं । २०७३ फागुनमा यो संस्था छाड्दा सुविधा सम्पन्न आफ्नै भवनसहित १६०० भन्दा बढी विद्यार्थीहरु यहाँ अध्ययनरत थिए । आज प्राइम कलेजलाई एउटा ख्याती प्राप्त आई.टी. कलेजको रुपमा चिनाउँन पाउँदा खुसी महसुस हुन्छ । यो स्थानसम्ममा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेकोमा आफूलाई गर्वको महसुस हुन्छ । सायद प्राइम कम्प्युटर्स यस कलेजको जग थियो ।
 
अहिलेको युगमा विद्यार्थीहरुलाई किताबी ज्ञान मात्र दिएर हुँदैन, जीवनोपयोगी सीप सिकाउनुपर्छ । उनीहरुको क्षमताको सशक्तीकरणका साथै एक्काइसौं शताब्दीको शिक्षा दिनुपर्छ । स्कुल, कलेज भनेको देशको लागि चाहिने सक्षम जनशक्ति उत्पादन गर्ने थलो हो । यस कुरालाई आत्मसात गरी सन् २०१३ मा भक्तपुरको लोकन्थलीमा हामीले समृद्धि कलेजको स्थापना ग¥यौं । जहाँ त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा हामीले B.Sc. CSIT, BA Social Work, / BBS कार्यक्रमहरु सञ्चालन गर्दै आएका छौं । 

यस शैक्षिक सत्रबाट द्यऋब् कार्यक्रम पनि सञ्चालन गर्ने हाम्रो योजना रहेको छ । कम्प्युटर प्राक्टिकल तथा थप सीपमूलक कार्यक्रमहरुलाई विशेष जोड दिएका छौँ । हामी विश्वको  ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टको इनोभेशन सेन्टरको पार्टनर पनि हौँ । हाम्रो विद्यार्थीहरुको क्षमता विकासका लागि हाल उक्त संस्थाको प्रिमियम पार्टनरसीपमा गएका छौं । यसैगरी बिद्यार्थीहरुको उद्यमशीलता विकास गर्न उनीहरुको उत्कृष्ट विजनेश योजनामा रु. एक लाखको लगानी गर्ने प्रतिबद्धतासहित उनीहरुलाई प्रशिक्षित गर्ने हेतुले उद्यमशीलताको विकास केन्द्र स्थापना पनि गरेका छौं ।

आजको यो एक्काइसौं शताब्दीमा ज्ञान मात्र भएर पुग्दैन । ज्ञानको साथै दक्षता, क्षमता र सही सकारात्मक सोच पनि चाहिन्छ । हामीले लगभग तीन दशकको जुन अनुभव बटुल्यौं, त्यो नयाँ पुस्ता निर्माणमा लगाउँदै छौं ।

यसै गरी काठमाडौंको बालाजुमा हामीले गत वर्षबाट प्ले गुप्रदेखि कक्षा १० सम्मको विद्यालय समृद्धि स्कुल पनि सञ्चालनमा ल्याएका छौँ । गत श्रावण महिनादेखि कक्षा ११ व्यवस्थापन विषयको कार्यक्रम पनि सुरु गरिसकेका छौं । आगामी वर्षमा विज्ञान संकाय पनि सुरु गर्ने लक्ष्य राखेका छौं । 

प्राइमको मुख्य विशेषता भनेको प्रविधिमा आधारित गुणस्तरीय शिक्षा दिनु हो । हरेक कक्षाकोठामा स्मार्ट बोर्ड र इण्टरनेटको पहँुचबाट सुु–सज्जित छ । योजनाबद्धरुपमा नियमित शिक्षक तालिम भइराखेको छ । समृद्धि स्कुललाई समय सापेक्ष प्रोग्रेसिभ स्कुलको अवधारणामा अगाडि बढाउँदै छौँ जसले बिद्यार्थीहरुलाई आफ्नो समाज र देशप्रति जिम्मेवार एउटा असल व्यक्ति र एक्काइसौं शताब्दीको नागरिक बन्नमा मद्दत गर्नेछ ।

आजको यो एक्काइसौं शताब्दीमा ज्ञान मात्र भएर पुग्दैन । ज्ञानको साथै दक्षता, क्षमता र सही सकारात्मक सोच पनि चाहिन्छ । हामीले लगभग तीन दशकको जुन अनुभव बटुल्यौं, त्यो नयाँ पुस्ता निर्माणमा लगाउँदै छौं । हाम्रो मिहिनेतले युवाजमातलाई सही मार्गमा ल्याउन सकिन्छ भन्ने हामीले महसुस गरेका छौं । हामीले समृद्धि स्कुल कलेजलाई लर्निङ अर्गनाइजेशनको रुपमा लिएका छौं । 

हामी पनि सिक्दै र सिकाउँदै आएका छौं । हामीले २० वर्षभन्दा अगाडि जे सिक्यौं, त्यही मनस्थितिबाट पूरानै कुरा मात्र सिकायौं भने हामी कहीँ पनि रहँदैनौं, कहीं पुग्दैनौं, बरु हाम्रो अस्तिवमा नै सङ्कट आउँछ ।

समृद्धि स्कुल कलेजको विद्यार्थीहरुलाई सटिर्फिकेट मात्र दिएर पठाउने होइन, काम गर्न सक्ने क्षमतावान् बनाएर पठाउने गर्दछौं । शिक्षामा हाम्रो एक मात्र लक्ष्य भनेको भविष्यलाई समेत हाँक्न सक्ने शिक्षा प्रदान गर्नु हो त्यसमा हामी आजसम्म सफल छौं ।

मैले अधिकतम फिलोसोफी लिंकन स्कुलमा काम गर्दा सिकेको हुँ । सात, आठ पिरियड पढाउने मात्र होइन, विभिन्न अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्छ । जस्तै हाजिरी जवाफ, वक्तृत्वकला, केस स्टडी, वर्कसप, व्यक्तित्व विकास, खेलकुदजस्ता कुराहरुमा नियमित विद्यार्थीलाई समावेश गराउँदै अगाडि बढाउनुपर्दछ । 

हाम्रा स्नातक तहका विद्यार्थीहरुका लागि विश्वकै अग्रणी तालिम कम्पनी फ््रयाङकिल्न कोभीसँग सहकार्य गर्दै आएका छौं । हामीले विद्यार्थीहरुका लागि 7 Habits of Highly Effective Students, Leadership Boot Camp, ICT Conference सेमिनारहरु नियमित रुपमा भइराखेका छन् । रिसर्चबाट प्रमाणित भएको कुरालाई अध्यापनमा जोड दिंदै आएका छौँ । त्यसैगरी, हामीले जर्नलको सिस्टमलाई युनिक बनाएका छौ । कक्षा ११ देखि स्नातकका विद्यार्थीहरुलाई फेयर कपी अनिवार्य छ । इजरायलको तालिमबाट सिकेर आएको सहभागितात्मक सिकाइ, केश प्रस्तुति नियमित रुपमा विद्यार्थीहरुले गर्नुपर्छ ।

समृद्धि स्कुल कलेजको विद्यार्थीहरुलाई सटिर्फिकेट मात्र दिएर पठाउने होइन, काम गर्न सक्ने क्षमतावान् बनाएर पठाउने गर्दछौं । शिक्षामा हाम्रो एक मात्र लक्ष्य भनेको भविष्यलाई समेत हाँक्न सक्ने शिक्षा प्रदान गर्नु हो त्यसमा हामी आजसम्म सफल छौं । समृद्धि स्कुलले नेशनल एजुकेशन अवार्ड समारोहमा राइजिङ अवार्ड ग्रहण गर्न यसै वर्ष सफल भएको छ । यसैगरी ब्रिटिस काउन्सिलद्वारा प्रदान गरिने अवार्ड पनि जित्न सफल भएका छौं । छोटो अवधिमा नै यो सफलताले गर्दा गुणस्तरीय शिक्षा प्रदान गर्ने दायित्व बढेको महसुस गरेका छौं । 

1 Comments

  • Good

Leave a comment