प्रिमियर एजुकेशन नेटवर्क अन्र्तगत सञ्चालित ललितपुरको खुमलटारमा स्थित प्रिमियर इन्टरनेशनल स्कुल शैक्षिक क्षेत्रको एक अग्रणी शैक्षिक संस्था हो । यस स्कुलको मूख्य उद्देश्य भनेको अन्तराष्द्रिय स्तरको गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्नु हो । कोभिड १९ का कारण देश पुर्ण रुपमा लकडाउनमा रहेको अवस्थामा, समेत आजको प्रविधिको आधुनिक युगमा विद्यार्थीहरुले पठन–पाठन गर्ने कार्यलाई निरन्तरता प्रदान गर्न अनलाईन कक्षालाई निरन्तरता दिन आवश्यक गृहकार्यमा जुटेकोे छ ।
नयाँ शैक्षिक वर्ष २०७७ लाई थप प्रभावकारी वनाउनका लागि र विद्यार्थीको सिकाईलाई सरलता र सहजता प्रदान गर्ने उद्देश्य साथ विगतका वर्षहरुमा जस्तै यस वर्ष पनि अनलाईन मार्फत हरेक दिन विहान ९ वजेदेखी ३ बजेसम्म ५० जनाभन्दा बढी शिक्षक–शिक्षिकाहरुलाई तालिम प्रदान गर्ने कार्यलाई अनलाइन मार्फत वैशाख २ गतेदेखी नै निरन्तरता दिइरहेको छ । यो कार्य १५ दिनसम्म चल्ने जानकारी प्राप्तभएको छ । यसका लागि शिक्षक–शिक्षिकाहरुलाई विभिन्न समूह र उपसमूहमा विभाजन गरिएको छ । यसले एउटा ठुलो समुहमा गएर काम गर्नु भन्दा सानो र सबै विषय समेटने समूह बनाउँदा अझ प्रभावकारी हुन्छ भन्ने कुरालाई प्रमाणित गरेको छ ।
लकडाउन कहिलेसम्म लम्बिन्छ भन्ने निश्चित नभएकाले र लकडाउन अवधीभर, लकडाउन पश्चात समेत अनलाइन कक्षालाई कसरी थपव्यवस्थित र प्रभावकारी रुपमा सञ्चालन गर्ने भन्ने बारेमा आवश्यक छलफल गर्नुका साथै दैनिक कार्य योजनाहरु निर्माण गर्ने कार्य यो तालिम अवधीमा भइरहेको छ । विद्यालयको वार्षिक शैक्षिक कार्य योजना निर्माण गर्नुका साथै विद्यालयले सञ्चालन गर्ने विभिन्न कार्यक्रमका बारेमा योजन बनाउने कार्यमा शिक्षक–शिक्षिकाहरु व्यस्त रहेका छन् । साथै यस तालिम अवधीभर स्कुलको उद्देश्य र लक्ष्य तथा अध्यापनका नयाँ र प्रभावकारी शैलीका बारेमा पनि सिकाइ तथा अभ्यास भएको विद्यालयकी शैक्षिक निर्देशक प्रविना थापाले जनाउनुभएको छ ।
विद्यालयमा प्रत्यक्ष उपस्थित हुन नपाउँदाको समयमा घरमै बसेर लिइने तालिम पनि उत्तिकै उपयोगी हुनुका साथै लकडाउनले दिने मानसिक तनावबाट मुक्त हुन पनि पर्याप्त सहयोग पुगेको शिक्षक निरोज महर्जनको बुझाइ रहेको छ । विद्यालयको यो कार्यले गर्दा लकडाउनपछि विद्यालय शुरु हुँदा विद्यार्थीहरुलाई फरक परिस्थितिको सामना गर्नु नपर्ने र सरल ढङ्गले शिक्षण सिकाइ क्रियाकलाप अगाडी बढ्ने कुरामा विश्वस्त रहने कुरा विद्यालयले जोड दिएको छ । यो विद्यालयका लागि अनलाईन कक्षा संञ्चालन नयाँ कार्य नभइ २०७२ को भुँइचालो जाँदा देखिकै निरन्तरता रहेको विद्यालय निर्देशक पवित्रा लिम्बुले जनाउनुभयो ।
नेपाल सरकारले चैत्र ५ गते देखी विद्यालयहरु बन्द गरेता पनि शैक्षिक सत्र २०७६ को शैक्षिक पात्रोलाई पूर्णता प्रदान गर्नका लागि अनलाइन मार्फत चैत्र २१ गतेसम्म कक्षा सञ्चालन गरेको र त्यसपछि मनोवैज्ञानिक र सिर्जनात्मक क्षमता वृद्धि गर्ने उद्देश्यले दैनिक १ घण्टा कक्षा सञ्चालनगरि त्यसलाई स्कुलको Facebook / Instagram जस्ता सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिरहेको छ । जसले गर्दा प्रिमियर स्कुल भन्दा बाहिरका विद्यार्थीहरुमा समेत केही नयाँ कार्य गरौँ भन्ने मनोभावना जगाएको छ । विद्यार्थीहरु घर रहँदा समेत केही न केही सिर्जनात्मक कार्यमा संलग्न भएकोे विद्यालयले संञ्चालन गरेका क्रियाकलापहरु प्रभावकारी भएको उनीहरुका अभिभावकहरुले विभिन्न माध्यमबाट विद्यालयमा जानकारी गराएको साथै स्कुलप्रति आभार रहेको विचार समेत प्रदान गरेको बुझिन आएको छ ।
हाल विद्यालयले शिक्षक तालिमका लागि विभिन्न अनलाईन एप्सहरुलाई प्रयोगमा ल्याएको र आगामी दिनहरुमा समेत अन्य नयाँ प्रविधिको प्रयोग गर्ने लक्ष्य रहेको प्रधानाध्यापक शिरिष श्रेष्ठले बताउनुभएको छ । यिनै एप्सहरु मार्फत वैशाख ११ गते देखी विद्यार्थीहरुका लागि नयाँ शैक्षिक सत्र २०७७ अन्तर्गत अनलाइन कक्षा सञ्चालन गर्ने र सोका लागि सम्पुर्ण तयारी अन्तिम अवस्थामा पुगेको समेत जानकारी दिनुभएकोे छ । विद्यालयले विगत देखि नै अनलाईन कक्षा सफलता पुर्वक सञ्चालन गरेको हुदाँ यस विद्यालयका शिक्षक शिक्षिकाहरु अनलाईन कक्षा संञ्चालनका लागिअब्वल सावित भैसकेको र विद्यार्थीहरुमा समेत अनलाईन मार्फत पठन–पाठन गर्ने बानि परिसकेकाले अनलाईनको पठन पाठनलाई सामान्य, स्वाभाविक र नियमित कार्यका रुपमा लिएको र लिने कुरा समेत विद्यालयका शैक्षिक निर्देशक थापाले जानकारी गराउनु भयो ।
0 Comments