November 26, 2020
फिचर

बन्दाबन्दीमा बालबालिकाको सिकाइ सहजीकरणमा युवाको अग्रसरता

बन्दाबन्दीमा बालबालिकाको सिकाइ सहजीकरणमा युवाको अग्रसरता


-सुरेश यादव

पछिल्लो शैक्षिक सत्रको अन्त्य नहुँदै मुलुक बन्दाबन्दीमा परेपछि बालबालिकाहरुको सिकाइ प्रक्रिया अवरुद्ध हुनुका साथै मनोविज्ञानमा समेत नकारात्मक असर पर्न थालेको छ । कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय अभ्यासलाई पछ्याउँदै नेपाल सरकारले पनि गत चैत ११ गतेदेखि मुलुकमा बन्दाबन्दी घोषणा ग¥यो ।

मुलुक महाव्याधिको चक्रमा फँसिरहेको बेला हामी युवाहरुको के भूमिका हुन सक्छ भन्ने विषयमा छलफल केन्द्रित गरी बन्दाबन्दीकै समयमा वैशाख १८ गते भौतिक दुरी कायम गरेर भेला बोलायौं ।

बन्दाबन्दी कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्ने सवालमा कति प्रभावकारी भयो त्यसको लेखाजोखा सम्बन्धित निकायले गर्दैछ, गर्लान् । तर, यसको प्रत्यक्ष असर शिक्षा क्षेत्रमा परेको छ । खासगरी विद्यालय उमेरका बालबालिकाहरु लामो समयदेखि कक्षाबाट टाढा बस्दा उनीहरुले सिकेको कुरा बिर्सिदैछन् । साथै शिक्षण क्रियाकलापमा आवद्ध रहिरहनुपर्ने बाध्यता नहुँदा उनीहरुको खाली दिमागले कोरोना लगायत नकारात्मक विषयमा बढी केन्द्रित भइरहेको देखिन्छ । 

महाव्याधिको प्रकोप र बन्दाबन्दीको अवस्थालाई ध्यानमा राखेर हामी धनुषाको सबैला नगरपालिकामा विभिन्न युवा क्लवहरु गठन गरेका युवाहरु संगठित भएर नयाँ योजना बुन्यौं । मुलुक महाव्याधिको चक्रमा फँसिरहेको बेला हामी युवाहरुको के भूमिका हुन सक्छ भन्ने विषयमा छलफल केन्द्रित गरी बन्दाबन्दीकै समयमा वैशाख १८ गते भौतिक दुरी कायम गरेर भेला बोलायौं । २५ वटा क्लवका प्रतिनिधि सहभागी भए । हामी ती सबै क्लवलाई समावेश गरी नगर युवा सञ्जाल गठन ग¥यौं र पहिलो एजेण्डाको रुपमा बौद्धिक राहत वितरण अभियान चलाउने विषयमा गहन विमर्श भयो । 

बन्दाबन्दी घोषणा भएको दोस्रो सातादेखि नै सरकारले राहतका विभिन्न प्याकेजहरु घोषणा गर्न थाल्यो । मजदुर वर्गलाई बन्दाबन्दीले चुलोचौका बन्द भयो भन्ने समाचारहरु प्रकाशन, प्रसारणमा प्राथमिकता पाउन थाल्यो । राजनीतिक दल र सामाजिक संघ, संस्थाहरु पनि त्यसैमा अल्झियो । हामी नगरका युवाहरुले आफुसँग रहेको ज्ञानलाई विद्यालयबाट बञ्चित बालबालिकाहरुमा राहतको रुपमा बाँड्ने सोच बनायौं र सञ्चालन ग¥यौं ‘बौद्धिक राहत वितरण अभियान’ ।

निक शिक्षा दिअ परियोजनाका ठुली दिदीहरु, सामुदायिक विद्यालयका केही इच्छुक शिक्षक र नगर युवा सञ्जालमा आवद्ध युवाहरु मिलेर नगर क्षेत्रमा एक सय २९ वटा केन्द्र सञ्चालन भयो । हरेक केन्द्रमा पाँच देखि सात जना बालबालिकाहरु पढ्थे । 

बौद्धिक राहत वितरण अभियान अन्तर्गत नगर युवा सञ्जाल र नर्वेजियन दुतावासको सहयोगमा आसमान नेपालले नगरमा सञ्चालन गरिरहेको ‘निक शिक्षा दिअ’ अर्थात् असल शिक्षा देउ भन्ने परियोजनाबीच समन्वय गरी ‘इच वान टिच फाइभ’ अर्थात् एक जना युवाले पाँच जना बालबालिकालाई पढाउने काम सुरु भयो । निक शिक्षा दिअ परियोजनाका ठुली दिदीहरु, सामुदायिक विद्यालयका केही इच्छुक शिक्षक र नगर युवा सञ्जालमा आवद्ध युवाहरु मिलेर नगर क्षेत्रमा एक सय २९ वटा केन्द्र सञ्चालन भयो । हरेक केन्द्रमा पाँच देखि सात जना बालबालिकाहरु पढ्थे । 

यस्तो बेला स्वयंसेवकहरुले आफ्नै घर वरीपरीका पाँच जना बालबालिका छनौट गरी भौतिक दुरी कायम गरेर एक घण्टादेखि दुई घण्टासम्म पढाउने काम गरियो । बन्दाबन्दीको कारणले विद्यालयहरु अनिश्चितकालका लागि बन्द भएको समयमा समुदायमा निःशुल्क ट्यूशन पढाउन थालिएपछि अभिभावकहरुले आफ्ना बालबालिकालाई पढाउन तछाडमछाड गर्न थालेको थियो । छिमेकीकै बच्चालाई पढाउने हाम्रोलाई किन नपढाउने जस्ता प्रश्नहरु तेर्सिन थालेको थियो ।

हामीले पढाउने स्वयंसेवकको संख्या बढाउने योजना बुनिरहेकै बेला जिल्लामा अझ नगर छेउछाउमै पनि भटाभट संक्रमितहरु भेटिन थाले । त्यस अघि बन्दाबन्दीको बेला निःशुल्क ट्युशन पढाउने केन्द्रको संख्या बढ्न थालेपछि सञ्जाल र परियोजनाले मिलेर प्रत्येक वडामा आपत्कालिन अवस्थामा नियन्त्रण गर्ने उदेश्यले अनुगमन र नियमन समिति गठन गरियो ।

यो अभियान सुरु गर्दासम्म धनुषा र आसपासका जिल्लाहरु सिरहा तथा महोत्तरीमा कोरोना संक्रमित भेटेको थिएन । हामीले पढाउने स्वयंसेवकको संख्या बढाउने योजना बुनिरहेकै बेला जिल्लामा अझ नगर छेउछाउमै पनि भटाभट संक्रमितहरु भेटिन थाले । 
त्यस अघि बन्दाबन्दीको बेला निःशुल्क ट्युशन पढाउने केन्द्रको संख्या बढ्न थालेपछि सञ्जाल र परियोजनाले मिलेर प्रत्येक वडामा आपत्कालिन अवस्थामा नियन्त्रण गर्ने उदेश्यले अनुगमन र नियमन समिति गठन गरियो । नगर आसपासमै कोरोना पुगिसकेको पुष्टी हुनासाथ अर्को निर्णय नभएसम्मको लागि भन्दै तत्कालका लागि केन्द्रहरु बन्द गरियो । हुँदाहुँदा सबैला नगरपालिकामै पनि कोरोना संक्रमण भएको पुष्टी भयो । त्यसपछि केही दिनसम्म स्थगित रहेको अभियानलाई वैकल्पिक मार्गको पहिचान गरी निरन्तरता दिने सवालमा सञ्जाल र परियोजनाबीच छलफल भयो । यसै क्रममा फेरी नयाँ विकल्प फु¥यो, ‘हरेक परिवारका अभिभावकलाई नै शिक्षकको भूमिकामा प्रस्तुत हुन उत्प्रेरित गरौं ।’

परिमार्जित अभियानको नाम तोकियो, ‘घरमै स्कुलः अभिभावक बनौं शिक्षक’ अर्थात् औपचारिक विद्यालयहरु नखुलेसम्म आफ्नै घरलाई बालबालिकाहरुको लागि विद्यालय सम्झेर अभिभावकले शिक्षकको भूमिका निर्वाह गर्नुप¥यो । यसका लागि समान्य पढेलेखेको भएपनि अभिभावकले कम्तीमा दुई घण्टा आफ्ना बालबालिकालाई घरमै पढाउन अग्रसर गराउने र कोही निरक्षर अभिभावक भएपनि छोराछोरीलाई कम्तीमा दुई घण्टासम्म आफु सामुनेमा बसेर किताब कापी लिएर पढ्नका लागि बस्न लगाउने र आफुले निगरानी गरिदिनुपर्ने आग्रह ग¥यौं । यो अभियानलाई प्रभावकारी बनाउन नगर युवा सञ्जाल र परियोजनाले समुदायमा सहजीकरण गर्ने कार्यमा सक्रियता बढायो । नभन्दै, यो अभियानले पनि राम्रो असर देखायो । 

रेडियोमा बज्न थालेको उक्त कार्यक्रम बढी भन्दा बढी अभिभावक र बालबालिकाले सुनोस् भनेर सञ्जालले नयाँ रणनीति अपनायो, एक जना युवाले छिमेकका तीन जना परिवारलाई कार्यक्रमको नाम, रेडियोको फ्रिक्वेन्सी र समयको वारेमा जानकारी गराउने र तीनहरुलाई पनि हरेक व्यक्तिले कम्तीमा तीन जनालाई यसवारेमा जानकारी गराउन आग्रह गरियो ।

यता, पुर्व रेडियोकर्मीको नाताले पनि सञ्जालका अध्यक्ष सुरेश यादवको पहलमा धनुषाधामबाट प्रसारण भइरहेको रेडियो धनुषा ९९ दशमलव ७ मेगाहर्ज र जनकपुरधामबाट प्रसारण भइरहेको जनकनन्दनी एफएम ९५ दशमलव ५ मेगाहर्जले निःशुल्क दैनिक एक घण्टाको समय मिलाइदियो । हरेक दिन अपरान्ह तीन देखि चार बजेसम्म उक्त रेडियो एफएमहरुमा पनि कार्यक्रम बज्न थाल्यो, घरमै स्कुलः अभिभावक बनौं शिक्षक । यी रेडियो कार्यक्रमहरुले मुख्यतः दुई वटा फायदा ग¥यो । अभिभावकहरुलाई आफ्नै बालबालिकाको शिक्षकको रुपमा प्रस्तुत हुन उत्प्रेरित गरेको । जसले गर्दा उनीहरुले आफ्ना नानी बाबुसँग धेरै हदसम्म नजिकिने अवसर प्राप्त गरे । र अर्को, समुदायमा रेडियो सुन्ने बानीको विकास । पछिल्लो समय रेडियो सुन्ने स्रोताको कमी हुँदै गइरहेको बेला यसले सकभर हरेक अभिभावकलाई जोड्ने काम ग¥यो । 

रेडियोमा बज्न थालेको उक्त कार्यक्रम बढी भन्दा बढी अभिभावक र बालबालिकाले सुनोस् भनेर सञ्जालले नयाँ रणनीति अपनायो, एक जना युवाले छिमेकका तीन जना परिवारलाई कार्यक्रमको नाम, रेडियोको फ्रिक्वेन्सी र समयको वारेमा जानकारी गराउने र तीनहरुलाई पनि हरेक व्यक्तिले कम्तीमा तीन जनालाई यसवारेमा जानकारी गराउन आग्रह गरियो ।

यसले कम समयमा धेरै व्यक्तिलाई कार्यक्रमको वारेमा विस्तृत जानकारी प्राप्त भयो । र, रेडियोका स्रोताहरुको संख्या पनि थपिएको स्वयं रेडियोका सञ्चालकहरुले भनिरहेका छन् । अब यतिबेला बन्दाबन्दीको स्वरुप फेरिएको अवस्था छ । हुन त कोरोनाको संक्रमण पहिलेको तुलनामा निकै बढिरहेको छ । र पनि समयको प्रभावले हुनसक्छ, जनजीवन समान्य हुँदै गएको छ । यस्तो बेला अझ बढी सचेत र सजग हुनुपर्ने भन्दै नगर युवा सञ्जालले समुदायमा स्वास्थ्य सुरक्षाको लागि अपनाउनुपर्ने सुरक्षाका उपायहरुको वारेमा जानकारी गराउने र घरमै स्कुलः अभिभावक बनौ शिक्षक भन्ने कार्यक्रमलाई सँधैका लागि निरन्तरता दिइरहन आग्रह गर्ने सोच बनाएको छ । 

शिक्षा समिति मौन रहेको र शिक्षक तथा विद्यालयहरु सुस्ताइरहेको बेला निर्देशिका कार्यान्वयनको लागि सम्बन्धित निकायमा घच्घचाउने काम सञ्जालले गरिरहेको छ । यो निर्देशिका कार्यान्वयन गर्न तत्काल विद्यालयबाट तलब खाने सबै शिक्षक र इच्छुक युवाहरुलाई परिचालन गरेर एक जनाले २० जना बालबालिकालाई भौतिक दुरी कायम गरी डेढदेखि दुई घण्टासम्म दैनिक रुपमा अध्यापन गराउने वातावरण बनाउँदैछौं

यी बाहेक भर्खरै नगर शिक्षा समितिसँग पहल गरेर संघीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जारी गरेको वैकल्पिक प्रणालीबाट सिकाइ सहजीकरण निर्देशिका २०७७ को प्रभावकारी कार्यान्वयन गराउने सन्दर्भमा अगुवाइ गरिरहेको छ । शिक्षा समिति मौन रहेको र शिक्षक तथा विद्यालयहरु सुस्ताइरहेको बेला निर्देशिका कार्यान्वयनको लागि सम्बन्धित निकायमा घच्घचाउने काम सञ्जालले गरिरहेको छ । यो निर्देशिका कार्यान्वयन गर्न तत्काल विद्यालयबाट तलब खाने सबै शिक्षक र इच्छुक युवाहरुलाई परिचालन गरेर एक जनाले २० जना बालबालिकालाई भौतिक दुरी कायम गरी डेढदेखि दुई घण्टासम्म दैनिक रुपमा अध्यापन गराउने वातावरण बनाउँदैछौं । 

निर्देशिका कार्यान्वयन गराउन भनेर मन्त्रालयले पालिकाहरुलाई करिब साढे तीन लाख रुपैयाँको दरले बजेट पनि उपलब्ध गराएको छ । हामीले उक्त रकमबाट प्रअहरुलाई अनुगमनकर्ताको रुपमा चयन गर्ने र शिक्षक तथा युवाहरुलाई समुदायमै अध्यापन गराउने वातावरण बनाउन पहल गरिरहेका छौं । र, उक्त बजेटले हरेक केन्द्रमा एउटा धारासहितको बाल्टिन, केही साबुन र सबै बालबालिकालाई तत्काल एउटाको दरले मास्क उपलब्ध गराइदिएर समुदायमै कक्षा सञ्चालन गर्न सकिन्छ भन्ने हाम्रो ध्येय हो । 

-शिक्षालय मासिकबाट

0 Comments

Leave a comment