May 17, 2022
विविध

बालिकाहरुले प्राथमिक तहपछि बिद्यालय छोड्छन् 

बालिकाहरुले प्राथमिक तहपछि बिद्यालय छोड्छन् 

बालिकाहरुले प्राथमिक तहपछि बिद्यालय छोड्छन् 
     प्राथमिक तहमा शिक्षामा बालिकाहरुको भर्ना एकदम राम्रो देखिन्छ । २०७१ सालमा देशभरी २२ लाख १ हजार ३१३ बालिकाहरु प्राथमिक तहमा भर्ना भएको तथ्याङमा भेटिन्छ । २०७१ को एसईईमा उत्तिर्ण भएको संख्या ८३ हजार ८२१ छ । यो तथ्याङ हेर्दा पत्याउन निकै गाह्रो छ । तर यो नेपालको तीतो शैक्षिक अवस्था हो ।    
      बालिकाहरुले बिद्यालयमा उपयुक्त वातावरण नपाउनु नै यसको मुख्य जड हुन सक्छ । बिद्यालयमा बालिकाहरुलाई शिक्षकवाट हतोशाही हुनु, केटाहरुले जिस्क्याउनु, ट्वाईलेट, खानेपानीको समस्या हुनु , बालिकाहरु महिनावारी भएको समयमा बिद्यालय जाने वातावरण नहुनु जस्ता कारणले बालिकाहरुले बिद्यालय छोड्ने गरेको पाइन्छ । 
    घर—परिवार, समाज तथा बिद्यालयवाट बालिका केन्द्रित विधिहरुको कमी हुनु, बाल मनोबिज्ञानको प्रयोगमा कमी हुनु, सुधारात्मक शिक्षणलाई समय नदिनु, पाठ सक्ने कुरामा मात्र केन्द्रित हुनु र बिद्यार्थीको भविष्यका लागि तयार गर्ने कुरामा ख्याल नगर्नु जस्ता कारणले पनि बालिकाहरुलाई बिद्यालयमा टिकाउन नसक्नु हो । 
      बिद्यालयले दिने शिक्षामा पनि भेद देखिन्छ । बालवालिकालाई महिलाका बारेमा स्कुलले दिने यस्ता जानकारी गलत छन् । अहिलेपनि महिलालाई अवला र पुरुषलाई बलियो भन्ने सन्देश दिनु । वुवा अफिस जानुहुन्छ र आमा घरको काम गर्नुहुन्छ भन्ने खालका महिलाका परम्परागत भूमिकाका बारेमा नै बालबालिकालाई ज्ञान दिनु ।  यस्ता कुरा हटाउन पाठ्यक्रम परिवर्तन र सुधारका लागि हस्तक्षेप आवश्यक छ । शिक्षकहरुलाई लैगिंकमैत्री पठनपाठनका लागि उपयुक्त तालिमको आवश्यक छ ।
यति कुराले मात्र बालिकाहरुले बिद्यालय छाडेका होइनन् । बालिकाहरुले बिद्यालय छोड्नुको मुख्य जड बालविवाह हो । बाल विवाह धेरै हुने देश मध्ये नेपाल दक्षिण एशियामा तेस्रो देश हो । पहिलो बंगलादेश र दोस्रो भारत पर्छ । सामाजिक जनसांख्यिक सर्वेक्षण २०१४ का अनुसार नेपालमा १० देखि १८ वर्षको उमेरमा २६.३ प्रतिशतको विवाह हुन्छ यूएनएफपीएका अनुसार नेपालमा २० देखि २४ वर्ष उमेर समूहका ४१ प््रतिशत महिलाको १८ वर्ष नपुग्दै विवाह हुन्छ । नेपनलको प्रदेश २, ५, सुदूरपश्चिम र कर्णाली प्रदेश बालविवाह धेरै हुनेमा पर्छन् । बालविवाहका कारण बालिकाहरुको शिक्षा, स्वास्थ्य र समग्र जीवन मै असर गर्छ । 
     बिश्वभर फैलिएको कोभिड महामाहारीले पनि बालिकाहरुको शिक्षामा निकै प्रभाव पारेको छ । कोभिड १९ मा वालिकाहरु सवैभन्दा धेरै शिक्षाबाट वञ्चित छन् । धेरैका वावु आमाको रोजगारी गुमेको छ । त्यसकारण छोरालाई भन्दा छोरीलाई स्कुल छुटाउने प्रवृत्ति धेरै छ । इण्टरनेटको पहँुच नभएका कारणले धेरै वालिकाहरुले पढ्न पाएका छैनन् । छोरालाई नीजि र छोरीलाई सरकारी स्कुलमा पढाउने अभिभावक धेरै छन् र सरकारी स्कुलमा इण्टरनेटको पहुच एकदमै कम छ । 
     सन् २०१९ मा अर्थ मन्त्रालयले गरेको आर्थिक सर्वेक्षणले जम्मा १२ प्रतिशत सार्वजनिक स्कुलमामात्रै सुचना प्रविधिमा आधारित सिकाइ रहेको देखाएको छ ।  शेयरकास्टको एउटा सर्वेक्षणले ४३ प्रतिशत नेपालीमात्रै इण्टरनेटको पहुँचमा छन् तर सरकारले ५१ प््रतिशत भन्दै आएको छ । 
 

0 Comments

Leave a comment