August 07, 2020
विविध

बाल बालिकाहरु कहाँ होलान् ? 

बाल बालिकाहरु कहाँ होलान् ? 

कृष्ण  सुवेदीले वाल अधिार तथा विद्यालय शान्ति क्षेत्रको अभियान्ताको रुपमा मुलुकमा मात्र नभएर अन्तराष्ट्रिय स्तरमा आफ्नो छवि वनाईसक्नु भएको छ । उहाँले दुई दशक भन्दा लामो समय अभियन्ताको  अनुभव वटुलिसक्नु भएको छ ।  चाईल्ड नेपाल स्थापना हुनु अघि नागरिक समाजको समन्वयत भएर काम गर्नुहुन्थ्यो । यसैगरी उहाँकै अध्यक्षतामा बाल हीतकारी परियोजना भन्ने संस्थामा काम गर्नुहुन्थ्यो । यो संस्थाको कार्य क्षेत्र पोखराको थियो । 


सन् २००३ जेनेवरीमा अधिकारमुखि संस्थाको आवश्यकता महसुस भयो । बाल अधिकार तथा शिक्षा क्षेत्रमा क्रियाशिल रहनु भएका व्यक्तिहरुको टिम बन्यो ।  मेरो अगुवाईमा चाईल्ड नेपाल नामक संस्थाको स्थापना भयो । यस संस्थामा शिक्षाविद् रत्न उप्रेति, ठाकुर खरेल संस्थापक सदस्य हुनुहुन्छ । यस संस्थामा शान्ता दाहाल, सफला राजभण्डारी जस्ता व्यक्तिहरु जोडिनु भयो । यस चाईल्ड नेपालको मूल उद्देश्य भनेको नेपाली बालबालिकाको अधिकारको निमित्त अभियानहरु चलाउनु हो । यस संस्थाको स्थापनामा केहि युवाहरु बाल क्लव संग जोडिएर आउनु भयो । यो संस्था स्थापना गर्नु भन्दा अगाडी वाल क्लव अभियान चलाएका थियौं । त्यो वाल क्लवको अभियानवाट आउनु भएका युवाहरु पनि हामी संग संग्लन हुनु भयो । ती युवाहरु र अनुभवि अभियानकर्ताहरुको सामुहिक पहलमा चाईल्ड नेपाल अगाडी बढ्यो । सन् २००६ मा बिद्यालय र वालवालिकालाई शान्ति क्षेत्र वनाउनुपर्छ भन्ने अभियानमा हामी अत्यन्तै नजिक रहेर काम ग¥यौं । सन् २००८ मा नेपाली बालबालिकाको अवस्थालाई संयुक्त राष्ट्र संघमा प्रतिवेदन मार्फत पु¥याउने काम ग¥यौं । स्थानीय तथा राष्ट्रिय रुपमाबाल अधिकारको स्थीति वारे छलफल, परामर्श, प्रचार प्रसार देखि लिएर सम्वन्धित निकायहरु संग बाल अधिकारका वारेमा अभियानहरु चलाउँदै आयौं । सन् २००९ मा मानव अधिकार सन्धि अनुगमन समन्वय समिति केन्द्रले बाल अधिकार महासन्धि सि.आर.सि. कमिटिको संयोजन गर्ने जिम्मेवारी चाईल्ड नेपाललाई प्राप्त भयो । बाल अधिकारको स्थीति प्रतिवेदन वुझाउने दखि लिएर वाल अधिकारको अवस्थाको सुदृढिकरणको लागि पैरवी गर्दै आएका छौं । चाईल्ड नेपालको वारेमा यसरी जानकारी दिनुहुने यस संस्थाका अध्यक्ष कृष्ण सुवेदी संग विद्यालय वाहिर कति प्रतिशत बालबालिका छन् भन्ने जिज्ञाशामा उहाँ अगाडी भन्नुहुन्छ :


सरकारी आँकडा अनुसार स्पष्ट ठाडो जवाफ ३ प्रतिशत बालबालिकाहरु विद्यालय वाहिर छन् । यो आँकडा व्यवहारमा मेल खाँदैन । १० वर्ष अगाडी १ कक्षामा १३ लाख वालवालिकाहरु भर्ना भएका थिए । ती वालवालिकाहरु मध्ये ५ लाखले एस.ई.ई. परीक्षामा सामेल भएको पाईयो । ८ लाख बालबालिका मेरो दृष्टिमा विद्यालय वाहिर छन् । चाहे ती वालश्रममा होलान्, घरेलु बाल मजदुरको रुपमा होलान्, घरघरमा गाई वाख्रा चराउने देखि लिएर काम गरिरहेका श्रमिक कृसानहरुको घर परिवारमा भएका श्रमिक बालबालिकाको रुपमा होलान् । कतिपय वालवालिकाहरु उमेर बढाएर मजदुरी गर्न विदेशिए होलान् । यो खोजीको विषय भएको छ । म त भन्छु – ध्जभचभ बचभ तजभथ रु ती बालबालिकाहरु कहाँ छन् ? बाल अधिकार महासन्धीको परिभाषामा जन्म देखि १८ वर्षको उमेर सम्मकालाई बालबालिका भनिन्छ । विद्यालय वाहिर वालवालिकाहरु गरीवीको चपेटावाट र चेतनाको कमीले गर्दा व्यापक असर पु¥याएको देखिन्छ । यसको लागि सरकारले पुर्ण जिम्मेवारी वहन गरी वस्तु स्थिीतिको अध्यन गरेर अभियान चलाउनु आवश्यक छ । 
 

0 Comments

Leave a comment