महानगर प्याब्सनमा हिरा मर्हजन
ललितपुर महानगरपालिकाको नगर प्याब्सन हिरा मर्हजनको नेतृत्वमा सर्वसहमत रुपमा कार्यसमितिको गठन भएको जानकारी प्राप्त भएको छ ।
हिरा मर्हजनको अध्यक्षतामा गठित कार्य समितिमा इद्रादेवी पौडेल उपाध्यक्ष, गोविन्द अधिकारी सचिव, पुनम तुलाधर कोषाध्यक्ष, शान्ति खड्का र सचिन मर्हजन दुई जना सहसचिव, बिजय मर्हजन सहकोषाध्यक्ष तथा सदस्यहरुमा सुमन के.सी., रश्मीरा शाक्य र कृष्ण कुमार श्रेष्ठ चयन हुनु भएको छ ।
ललितपुर महानगर प्याब्सन कमिटिको सर्बसहमत कार्यसमितिको चयन गर्नका लागि केन्द्रिय प्याब्सनका सहअध्यक्ष , ललितपुर जिल्लाका पूर्व अध्यक्षहरु र वर्तमान ललितपुर प्याब्सनका कार्य समितिको ठुलो भुमिका रहेको जानकारी प्राप्त भएको छ ।
ललितपुर प्याब्सन अन्तर्गत तीनवटै पालिकाहरु गोदावरी नगर प्याब्सन, महालक्ष्मी नगर प्याब्सन र ललितपुर महानगर प्याब्सनमा सर्बसहमत रुपमा नेतृत्व चयन गर्न सफल भएकोमा अग्रज प्याब्सनिष्टहरु प्रति आभार व्यक्त गर्दै ललितपुर प्याब्सन जिल्ला अध्यक्ष राधेकृष्ण मर्हजन खुशी भएको आभाष गर्न सकिन्छ ।
प्याब्सन फुटेर होइन, जुटेर लागौँ भन्ने अभियानमा सवैजना एक ढिक्का हुनुपर्छ । यो किसिमको भाव सवैमा हुनुपर्छ । यसलाई मूल मन्त्र बनाउनुपर्छ भन्ने कुरामा प्याब्सनिष्टहरु एक ढिक्का भएको यो अधिवेशनमा देखिन्छ ।
0 Comments