July 05, 2020
अन्तर्वार्ता

माछापुच्छ्रे : युग अनुसारको शिक्षा प्रदान गर्ने विद्यालय

माछापुच्छ्रे : युग अनुसारको शिक्षा प्रदान गर्ने विद्यालय

कुनै पनि राष्ट्रको समुन्नत भविष्य विद्यालयको कक्षा कोठा भित्र निर्माण हुन्छ भन्ने विश्वासले माछापुच्छे« स्कुलको स्थापना भएको हो । युग अनुसारको शिक्षा अहिलेको बाबुनानीहरुले पाउन सकुन् भन्ने उद्देश्यका साथ प्रोगे्रसिभ एप्रोच विधिमार्फत् अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गरिराखेका छौं ।

ललितपुरको कुसुन्तीमा अवस्थित माछापुच्छे« स्कुल नयाँ दृष्टिकोण सहित अधि बढेको शैक्षिक संस्था हो । सुरक्षाको दृष्टिकोणले हेर्ने हो भने नेपालमै सम्भवत पहिलो पटक निजी स्तरमा अमेरिकी प्रविधिमा भार क्षमतामा आधारित भूकम्प प्रतिरोधी भवन रहेको छ । विद्यालय हाताभित्र २६,५०० वर्गफिट शैक्षिक क्रियाकलाप र अतिरिक्त क्रियाकलापका लागि ८,५०० बर्ग फिट र १३,५०० बर्ग फिट खुला खेल मैदान रहेको छ ।

बालबालिकाकेन्द्रित शिक्षा अपनाउनको लागि व्यापक रुपमा भौतिक पूर्वाधारको व्यवस्था र अन्य संरचनाहरु निर्माण गर्दा पूर्ण रुपमा वालमैत्री तरिकाले निर्माण गरिएको छ । यस विद्यालयमा रहेका प्रशस्त कक्षाकोठा, लाइब्रेरी, फिजिक्स, केमिस्ट्री, बायोलोजी ल्याब, कम्प्युटर ल्याब, ल्याङ्वेज ल्याब, आर्ट एण्ड व्रmाफ्ट कक्षाकोठा, चमेना गृह, सफा पिउने पानीको व्यवस्था, प्रशस्त खेल मैदान जस्तै ः फुटसल, बास्केटबल कोर्ट, टेवलटेनिस कोर्ट, ब्याटमिन्टन कोर्ट, प्राथमिक उपचार कक्ष, किन्डरगार्डेनको लागि छुट्टै खेल मैदान, किड ल्याब, स्मार्ट कक्षाकोठा जसले गर्दा विद्यालयमा बालबालिकाले स्वच्छ र स्वस्थ वातावरणमा विश्व स्तरको शिक्षा पाउन सफल भइरहेका छन् ।

प्रोगे्रसिभ एप्रोच अन्तर्गत बालबालिकालाई उनीहरुकै सहभागितामा ज्ञान निर्माण गराउने यस विद्यालयमा पाठ्यक्रममा आधारित रहेर शिक्षण क्रियाकलाप अघि बढाइन्छ । विद्यालयमा पाठ्यपुस्तकलाई शिक्षक र विद्यार्थीले सन्दर्भ सामाग्रीका रुपमा मात्र प्रयोग गर्दछन् । सिकाइलाई कक्षाकोठाभित्र सिमित नगरी जीवन र जगतसँग जोड्न विद्यार्थीलाई पर्याप्त सामाजिक अन्तत्र्रिmया र खोजमूलक भ्रमणमा सहभागी गराइन्छ । प्रयोमूलक शिक्षालाई व्यवहारमा उतारी समाज परिवर्तनको संवाहक बनाउने लक्ष्य लिएको यस विद्यालयमा नानीबाबुहरुको उमेर सुहाउदो बालमैत्री संरचना र सोभित्र इन्टरनेट जडित कक्षामा स्मार्टबोर्डको सहायताले सहज र सिकाइलाई अझ सवल बनाएको छ । 

बच्चाहरुलाई पुस्तकको भारी नबोकाई पाठ्यव्रmममा आधारित शिक्षण विधि गराइरहेका छौं । विद्यालयको मुख्य उद्देश्य “त्जभ क्अजयय िँयच ऋजबलनभ ःबपभचक” अर्थात् हाम्रो विद्यार्थीहरुले भविष्यमा परिवार, समाज र राष्ट्रका लागि विभिन्न तह र तप्कामा रहेर सकारात्मक परिवर्तन ल्याउन सकुन् भन्ने रहेको छ ।

साथै तालिमप्राप्त शिक्षक शिक्षिकाहरुबाट शारीरिक, मानसिक, भावनात्मक, सामाजिक तथा मनोवैज्ञानिक रुपले  सुरक्षित रुपमा सिकाइको सहजीकरण भएको यस विद्यालय गुणस्तरीय शिक्षाको खोजीमा रहेका अभिभावकहरुको निर्विकल्प गन्तव्य हुन सक्छ ।
 

0 Comments

Leave a comment