August 07, 2020
अन्तर्वार्ता

मानव मस्तिष्कमा शान्तिको  विजारोपण गर्ने युनेस्कोको उद्देश्य

मानव मस्तिष्कमा शान्तिको  विजारोपण गर्ने युनेस्कोको उद्देश्य

संयुक्त राष्ट्र संघीय शैक्षिक वैज्ञानिक तथा साँस्कृतिक संगठनलाई छोटकरीमा युनेस्को भनिन्छ । सन् १९४५ नोभेम्वर २६ मा यो  युनेस्कोको स्थापना भएको हो । यसको स्थापना कालदेखि नै शिक्षा, विज्ञान संस्कृति, आमसञ्चार, समाज तथा मानव विज्ञानलाई आफ्नो कार्यक्षेत्र बनाएर काम गर्दैै आएको कुरा युनेस्कोका सहायक महासचिव डा. बाबुराम अधिकारीले जानकारी दिनुभयो । उहाँ अगाडि  भन्नुहुन्छ, ‘हालसम्म युनेस्कोको सदस्यता १९५ मुलुकहरुले प्राप्त गरिसकेका छन् ।

युनेस्को आर्थिक सहयोग दाता होइन । युनेस्को विचारको प्रयोगशाला हो । यो विचारको पुस्तकालय हो । यसले त ज्ञान,  विचार र प्रविधि जस्ता कार्यमा सहकार्य गर्ने गर्छ । शिक्षाको माध्यमबाट मानव मष्तिस्कमा शान्तिको विजारोपण गर्ने उद्देश्य राखेको युनेस्को सांस्कृतिक विविधताप्रति सम्मानमा अभिवृद्धि गर्ने, विज्ञान र प्रविधिको उपलब्धिलाई मानव कल्याण र शान्तिका लागि प्रयोग गराउने, आमसञ्चारका माध्यमको परिचालनद्धारा मानव अधिकारको प्रर्वद्धन गर्ने र मानव विकास तथा सामाजिक न्यायको प्रर्वद्धनद्धारा विश्वमा शान्ति, प्रगति र सम्बृद्धिको प्रर्वद्धन गर्ने समेतका उद्देश्य राखी विश्वमञ्चमा कार्यरत रहेको छ ।

शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार, र समाज तथा मानव विज्ञानका क्षेत्रमा राष्ट्र राष्ट्रका वीच आपसी समझदारी र सहयोगको प्रवद्र्धन गरी विश्व शान्ति र सुरक्षा कायम गर्न योगदान गर्ने । मानव अधिकार, आधारभूत स्वतन्त्रता, कानूनी राज्य र न्यायप्रति विना भेदभाव विश्वव्यापी सम्मानको प्रवद्र्धन गर्ने गराउने ।

युनेस्को मूलतः विचार र प्रविधिको सहयोगद्धारा आफ्ना सदस्य राष्ट्रको शैक्षिक विकास, सांस्कृतिक संरक्षण, विज्ञान र प्रविधिको विकास, आमसञ्चार जगतको परिचालनद्धारा सूचनाको हक र मानव अधिकारको प्रर्वद्धन, समावेशी न्यायपूर्ण सामाजिक व्यवस्था तथा मानव विकासको अवसरमा समानुपातिक पहुँच सुनिश्चित गर्न प्रयासरत रहेको छ ।

युनेस्कोको मूख्यतया उद्देश्यहरुमा मानव मष्तिस्कमा शान्तिका आधारहरु निर्माण गर्ने । शिक्षा, विज्ञान, संस्कृति, आमसञ्चार, र समाज तथा मानव विज्ञानका क्षेत्रमा राष्ट्र राष्ट्रका वीच आपसी समझदारी र सहयोगको प्रवद्र्धन गरी विश्व शान्ति र सुरक्षा कायम गर्न योगदान गर्ने । मानव अधिकार, आधारभूत स्वतन्त्रता, कानूनी राज्य र न्यायप्रति विना भेदभाव विश्वव्यापी सम्मानको प्रवद्र्धन गर्ने गराउने । स्वतन्त्र, निष्पक्ष र विश्वसनीय आमसञ्चारको प्रवद्र्धन गरी गराई आपसी समझदारी र सहकार्यको अभिवृद्धि गर्न अन्तराष्ट्रिय सम्झौताका सिफारिस गर्ने । विश्वका मानव जातिको शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सम्बन्धलाई मजवुट बनाउने ।

सांस्कृतिक तथा प्राकृतिक सम्पदाको संरक्षण एवं सम्बद्र्धन गर्ने । मानवप्रतिको सम्मान, मर्यादा र समानताको संरक्षण तथा सम्वद्र्धन गर्ने ।  बौद्धिक तथा नैतिकतामा आधारित शान्तिको प्रवद्र्धन गर्ने । विश्वमा प्रजातान्त्रिक व्यवस्थाको प्रवद्र्धन गर्ने । समानता र मर्यादामा आधारित शान्त, सुरक्षित र सम्बृद्ध विश्वको निर्माण गर्ने आदी रहेका छन् । 

0 Comments

Leave a comment