September 29, 2020
विविध

यसवर्षदेखि कक्षा ११ मा भर्ना गर्दा संकाय छुट्याउन नपाइनेः निर्देशक भट्टराई

यसवर्षदेखि कक्षा ११ मा भर्ना गर्दा संकाय छुट्याउन नपाइनेः निर्देशक भट्टराई

यस पटक विद्यालयहरुले कक्षा ११ मा नयाँ भर्ना गराउँदा संकाय छुट्याएर विगत जस्तो विज्ञान, शिक्षा, मानविकी र व्यवस्थापन संकाय भनेर भर्ना लिन नपाइने भएको छ । 


यस पटकबाट विद्यालयले विगत जस्तो सङ्काय छुट्याएर विद्यार्थी भर्ना गर्न नपाइने पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक गणेशप्रसाद भट्टराईले जानकारी दिनुुभयो । अब एकलपथीय हिसाबले मात्रै विद्यार्थी भर्ना गर्न पाइन्छ– निर्देशक भट्टराईले भन्नुभयो । 
विद्यार्थीलाई ऐच्छिक विषय छनोट गर्न दिइन्छ तर सङ्कायका आधारमा त्यसलाई मान्यता दिइँदैन ।

यसपटक कक्षा–११ मा तीनवटा अनिवार्य विषय र तीनवटा समूहबाट एक÷एक विषय ऐच्छिक गरी छवटा विषय अध्यापन गराइन्छ । 
तर विद्यार्थी भर्ना गर्दा एकलपथीय प्रणालीमा सङ्काय छुट्याएर अब भर्ना विद्यार्थी भर्ना गर्न पाइँदैन । त्यस्तै पठनपाठन पनि हुँदैन । साथै विद्यार्थीलाई प्रमाणपत्र दिँदा पनि सङ्कायका आधारमा नदिइने भएको छ ।

कक्षागत उत्तीर्ण भनेर मात्र प्रमाणपत्र दिइन्छ । विद्यालय तहमा गएपछि अब कक्षा १२ को भर्ना पनि यसैगरी हुनेछ । यसअघि उच्च माध्यमिक शिक्षा परिषद्को मातहतमा कक्षा–११ र १२ मा विद्यार्थी भर्ना तथा प्रमाणपत्र जारी गर्दा सङ्कायका आधारमा गर्ने गरिएको थियो ।

0 Comments

Leave a comment