August 07, 2020
विविध

यसै शैक्षिक सत्रबाट कक्षा ११ को नयाँ पाठ्यक्रम लागू : भट्टराई

यसै शैक्षिक सत्रबाट कक्षा ११ को नयाँ पाठ्यक्रम लागू  : भट्टराई

पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईले कक्षा ११ को नयाँ पाठ्यक्रम यसै बर्षदेखी लागु हुने बताएका छन् । शिक्षा पत्रकार समाजद्धारा आयोजित कक्षा ११ नयाँ पाठ्यक्रम विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै निर्देशक भट्टराईले कक्षा ११ को नयाँ सिलेवस अनुसार पढाउन तयारी रहन आग्रह गर्नुभयो ।

पहिलेको पाठ्यक्रम सिलेवसमा आधारित र पूर्वविश्वविद्यालयमा आधारित भएकोले यसबर्ष स्टकचरमा समेत परिवर्तन गरेर ९–१२ माध्यमिक शिक्षालाई हेरेर पाठ्यक्रम बनाइएको भट्टराईले बताउनुभयो । नयाँ पाठ्यक्रम लागु गर्न ढिलो भइसेकेकोले लागु किन हुदैन भन्ने प्रश्नतर्फ नजान अनुरोध गर्नूभयो ।

कक्षा ११ को ७५ वटा विषयको पाठ्यक्रम बनिसकेको र २० वटा मात्र पाठ्यक्रम बन्न बाँकी रहेकोले यसै बर्ष लागु हुने वातावरण बनिसकेको उनको भनाई थियो । पाठ्यपुस्तक छाप्न बाँकी रहेको विषय उल्लेख गर्दै भट्टराईले पाठ्यक्रम विद्यार्थीको लागि भएको र शिक्षकले सिलेवसमा आधारमा पढाउनुपर्ने भएकोले शिक्षकले किताव पाइन भन्ने तर्क गर्नु गलत भएको उल्लेख गर्नुभयो ।

भट्टराईले कक्षा ११ र १२ मा हालसम्म विश्वविद्यालयको कोर्सका आधारमा पाठ्यक्रम लागू भएकामा कक्षा १२ सम्म माध्यमिक विद्यालयको संरचना भएकाले अब पूर्ण पाठ्यक्रममा आधारित हुने बताउनुभयो ।

अब विद्यालयहरुले कक्षा ११ मा भर्ना गर्दा विभिन्न संकायमा भनेर भर्ना गर्न नपाइने जानकारी उहाँले दिनुभयो । कक्षा ११ मा पढाइ हुने ५ विषय मध्ये ३ वटा अनिवार्य विषय र बाँकी २ विषय हाल बनेका ७७ वटा विषयबाट छान्नुपर्ने भएकोले पहिले जस्तो विज्ञान, व्यवस्थापन, मानविकी भनेर विज्ञापन गर्न नपाइने उनको तर्क थियो ।

निर्देशक भट्टराईले कार्यान्वयनका लागि निर्णय भइसकेको र नयाँ पाठ्यक्रम सङ्घीय व्यवस्थानुकूल भएकाले यसबाट पछि फर्कने अवस्था नरहेको स्पष्ट पार्नुभयो। भट्टराईले कक्षा ११ र १२ मा हालसम्म विश्वविद्यालयको कोर्सका आधारमा पाठ्यक्रम लागू भएकामा कक्षा १२ सम्म माध्यमिक विद्यालयको संरचना भएकाले अब पूर्ण पाठ्यक्रममा आधारित हुने बताउनुभयो ।

उनका अनुसार कक्षा यी तहका लागि ७५ र ७५ वटा पाठ्यक्रम विकास भइसकेका र अब २० वटाको विकास हुन बाँकी छ भने नयाँ अनिवार्य विषय नेपाली, अङ्ग्रेजी र सामाजिक जीवनोपयोगी शिक्षाका पाठ्यपुस्तक तयार भई जनक शिक्षा सामग्री केन्द्र लिमिटेड तथा सूचीकृत भएमा निजी प्रकाशनलाई उत्पादनका लागि दिने तयारी भएको छ ।

हिसानका सचिव ऋषि तिवारीले यसबर्ष कक्षा ११ को नयाँ पाठ्यक्रम लागु गर्न नहुने तर्क गरे । आफु पाठ्यक्रम परिवर्तनकै पक्षमा रहेपनि केमेस्ट्रीजस्तो साइन्सको विषयमा अर्थशास्त्रका पाठ घुसाउनु जायज नभएको उहाँको भनाइ थियो ।

सामाजिक विषयका पुस्तक लेखक तथा शिक्षक गोविन्द भण्डारीले संविधान कार्यान्वयन गर्न र संघीय प्रारुपलाई सफल पार्न पनि पाठ्यक्रम लागु गर्नुपर्ने बताए ।

हालको पाठ्यक्रमको परिवर्तन सिलेवसको मात्र परिवर्तन नएभएर स्टकचरमा परिवर्तन भएकोले सहज ढंगले हेर्न नहुने तिवारीको भनाई थियो । करिकुलममा सेमेस्टरपिच्छे वा बर्षैपिच्छे परिवर्तन आवश्यक रहेको, पुराना सिद्धान्तसँग नयाँ सिद्धान्त पढाउनु आवश्यक रहेकोले सिलेवसको परिवर्तनमा प्रभाव नपारे पनि स्टकचरको परिवर्तन गरेर पूर्वविश्वविद्यालयलाई प्रारुपमा परिवर्तन गर्न संभव नभएको उनको भनाई थियो ।

सामाजिक विषयका पुस्तक लेखक तथा शिक्षक गोविन्द भण्डारीले संविधान कार्यान्वयन गर्न र संघीय प्रारुपलाई सफल पार्न पनि पाठ्यक्रम लागु गर्नुपर्ने बताए । हालसम्म पनि सरकारको दृष्टिकोण स्पष्ट नहुँदा पाठ्यक्रम लेखनमा विलम्ब भएको उहाँको भनाई थियो ।

एसएमसी फेडेरेसनका अध्यक्ष कृष्ण थापाले हालको कक्षा ११ को पाठ्यक्रममा समाजलाई आवश्यक नैतिक तथा सामाजिक शिक्षाको विषय राखिएकोले यसलाई तत्काल लागु गर्न सुझाव दिए । २०२८ सालको तत्कालिन नयाँ शिक्षा तिसौ बर्ष टिकेकोले समयानुकुल पाठ्यक्रम आवश्यक रहेको थापाको भनाई थियो ।

निजी प्रकाशक नवराज भट्टराईले राज्यले पुस्तक प्रकाशनको जिम्मा सरकारी निकायलाई मात्र दिएर विभेद गरेको आरोप लगाए । थोरै विक्ने पुस्तक निजी प्रकाशनले छाप्ने र अनिवार्य पुस्तकहरु राज्य आफैंले छाप्ने गरेको भनाइ भट्टराईको थियो ।

हिस्टुनका महासचिव टिका प्रसाद न्यौपानेले शिक्षक विद्यार्थीलाई सिकाउन तयार रहेको बताउँदै राज्यले पढाउने डकुमेन्ट हालसम्म दिन नसकेको बताउनुभयो । हालसम्म किताब छाप्न पठाउदै गरेको हुनाले यसले शिक्षकलाई अध्यापन गर्न असहज हुने उहाँले बताउनुभयो ।

विश्वनिकेतन माविका प्राचार्य हेरम्बराज कडेँलले कोरोनाले शिक्षण सिकाइको मोडल परिवर्तन गरेजस्तै नयाँ पाठ्यक्रमले हालको मोडल परिवर्तन गर्न बताए राज्यले ठूलो धनराशी खर्च गरेर, मन्थन गरेर बनाएको नयाँ पाठ्यक्रम लागु गर्न ढिला गर्न नहुने उनको भनाई थियो

कार्यक्रममा विजय स्मारक माविका प्रधानाध्यापक डिल्ली शर्मा, नन्दी माविका प्रधानाध्यापक गीता काफ्ले, शिवपुरी माविका प्रधानाध्यापक दीवाकर दूरदर्शी, सामाजिक विषयका शिक्षक माधव दाहाललगायतले आफूहरु यसै सत्रबाट नयाँ पाठ्यक्रम लागू गर्न तयारीमा रहेको जानकारी दिनुभयो।

 

0 Comments

Leave a comment