August 07, 2020
अन्तर्वार्ता

युवालाई स्वदेशमै अवसर र रोजगारीमूखी शिक्षा

युवालाई स्वदेशमै अवसर र रोजगारीमूखी शिक्षा


शिक्षा क्षेत्रबाट पहिचन बनाएका विजय सम्बाहाङ्फेलाई स्पष्ट दृष्टिकोण भएको व्यक्तिका रुपमा लिने गरिन्छ । निजी तथा संस्थागत विद्यालयको हकहीतका लागि खोलिएको संस्था प्याब्सनमा राष्ट्रिय निवर्तमान अध्यक्षसमेत रहेर नेतृत्वदायी भूमिका निर्वाह गरिसक्नुभएका सम्बाहाम्फेलाई सफल व्यक्तित्वको रुपमा चिनिन्छ । 

पूर्वी नेपालको अत्यन्तै रमणीय स्थल प्रदेश नं. १ अन्तर्गत तेह्रथुम जिल्लाको साविक जलजले  गा.वि.स हाल फेदाप गाउँपालिका वडा नंं. ३ तोक्मा भन्ने गाउँम समाजसेवी लैनबहादुर सम्वाहाङ्फे र गंगामाया सम्वाहाम्फेको द्धितीय पुत्रका रुपमा वि.संं २०१८ साल असोज ३० गते विजय सम्वाहाङ्फेको जन्म भएको हो । आफ्नै गाउँको  इन्द्रायणी प्राथमिक विद्यालयबाट शिक्षा प्रारम्भ गर्नुभएको सम्वाहाङ्फेले श्री शंकर माध्यामिक विद्यालय जलजले हुदै शिक्षाको भोक मेटाउन सुनसरीको धरानमा आएर  शिक्षासदन माध्यमिक विद्यालयबाट प्रवेशिका परीक्षा उत्तीर्ण गरेपछि उच्च शिक्षाको खोजीमा राजधानी आउनु भएको देखिन्छ ।

काठमाडौंमा मिनभवनस्थित नेपाल कमर्स क्याम्पसबाट आइकम तथा विकम अधययन गरी महेन्द्र रत्न बहुमुखी क्याम्पस  तहाचालबाट विएड गरेर मित्रराष्ट्र भारतको अरुणाचल प्रदेशको हिमालयन विश्वविद्यालयबाट एमकम सम्मको शिक्षा पूरा गरी आफूलाई पवित्र शिक्षा सेवामा समर्पण गर्नु भएको छ ।


पूर्वी नेपालका भोजपुरको दिङ्ला तेह्रथुमको आठराई चुहानडाँडा, संखुवासभाको मादी  र चन्द्रपुर नेपालको शैक्षिक उन्नयनका केन्द्रको रुपमा चिनिन्छन् । तिनैका प्रभावले वाल्यकाल देखि नै शिक्षाप्रति लगाव राख्ने गरीव निमुखाहरुप्रतिको दयालु भाव प्रकट गर्ने लैनबहादुर सम्वाहाङ्फेको अनुकरण गर्दै आफ्ना पिताको उच्च आदर्शलाई सार्थक पार्न विजय सम्वाहाङ्फेले जगत मन्दिर स्कूल चावहिल कस्मोपोलिटन कलेज  चावहिल लोल्यल्टी एकेडेमी मण्डीखाटार एकता वस्तीमा निजी विद्यालय स्थापना  गरेर आफ्ना गाउँका शिक्षाबाट बञ्चित बालबालिकाहरुलाई समेत काठमाण्डौँ ल्याएर आवासीय सुविधा सहित निरन्तर अगाडी बड्ने विजय सर आफ्नो जन्मस्थल तेह्रथुममा पनि त्यतिकै लोकप्रिय हुनुहुन्छ । हाल विएन एजुकेसन फाउण्डेसन मोरङ र लोयल्टी एकेडेमी पर्शामा समेत निजी विद्यालय स्थापना गरेर सर्वसुलभ गुणस्तरीय शिक्षामा सबैको समान पहुँच पु¥याउन अहोरात्र चिन्तनशिल देखिनु हुन्छ विजय सर ।


तेह्रथुमको फेदाप प्राचीन लिम्वुहरुको राजधानी हो । साँस्कृतिक केन्द्र हो । हाङ ( राजा) हरुको बसोबास भएको प्रेरणाको श्रोत  स्थानीय माटोको पाटोको बाटोको संस्कारलाई सार्थक बनाउँदै मागेर खान होइन दिएर खान र आफ्नै पौरखमा बाँच्न सिकाउने प्रेरणात्मक कला पाइन्छ विजय सरसँग । बहुआयामिक व्यक्तित्वका धनी उहाँ मेघा वैँकको संस्थापक सदस्य अनुपम मल्टिपर्पोज को–अपरेटिभ प्रा.लि को अध्यक्ष भएर वित्तीय व्यवस्थापनमा समेत आफ्नो अनुभवहरुलाई खार्नुभएको छ ।


नेपालमा निजी विद्यालयहरुको छुट्टै ऐन बन्नुपर्छ भन्ने अवधारणालाई आत्मसाथ गर्दै निरन्तर निजी शैक्षिक संस्थाहरुको संस्थागत विकासमा अहोरात्र खट्नु हुने विजय सम्वाहाङ्फे वि.सं. २०५० सालमा काठमाण्डौँबाट प्यावसनको महाधिवेशन प्रतिनिधीको रुपमा अगाडि बढ्दै २०५२ सालमा प्याब्सन जिल्ला कार्यसमिति  सदस्य २०५६ सालमा काठमाण्डौँ जिल्ला प्याब्सका सचिव २०६० सालमा जिल्ला कार्य समितिका उपाध्यक्ष २०६४ सालमा जिल्ला अध्यक्ष, हुँदै २०६६ सालमा प्याब्सन केन्द्रीय कार्यसमितिको महासचिव  २०७० सालमा केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्ष हुँदै हाल प्याब्सनको केन्द्रीय अध्यक्ष जस्तो गरिमामय जिम्मेवारी सम्हालेर निजी तथा आवसीय विद्यालयहरुको हकहित संरक्षण एंव नीति निर्माण जस्तो कार्यमा निरन्तर व्रिmयाशील हुनुहुन्छ ।


नेपाललाई शैक्षिक पर्यटनको रुपमा विकास गर्न यहाँ उपयुक्त वातावरण सृजना गर्नुपर्छ । यहाँको कृषि व्यवसायलाई जीवन उपयोगी बनाइनु पर्छ । वैज्ञानिक प्रविधियुक्त गुणस्तरी शिक्षा आजको पहिलो आवश्यकता हो । यो आवश्यकता पुरा गर्न सरकार र निजी क्षेत्रको हातेमालो, सहर्काय आवश्यकता रहेको विचार अघि सार्दै सबै सरोकारवाला पक्षसँग छलफल र बहसमा जुटेर सार्थक निष्कर्षका लागि सबै निजी विद्यालय सञ्चालक एकजुट भएर लाग्नु पर्ने बताउनु हुन्छ,  विजय सर ।


आज सबैको भित्री इच्छा र अनिवार्य आवश्यकता बनेको निजी विद्यालय किन आलोचित बन्दै छ  ? सबैलाई शिक्षा निजी कै चाहिन्छ, अनि निजी प्रति अनावश्यक गालीगलौच किन ? निजीमा पढ्ने विद्यार्थीहरुलाई राज्यले दिने छात्रवृत्ति लगायतका सुविधामा समान अवसर दिनुपर्छ । निजी विद्यालयहरुको उच्च योगदानलाई कदर गर्न छुट्टै शिक्षा ऐन कानुन अनिवार्य बनाउनु पर्छ । युवा अवसर र रोजगारी स्वदेशमै खोलिनु पर्छ भन्ने स्पष्ट धारणा बोक्नु हुने विजय सर विभिन्न सामाजिक संघ संस्थाहरुमा समेत सक्रीय हुनुहुन्छ । अत्यन्तै छोटो अवधीमा नै आफ्नो अतुलनीय कार्य कौशल प्रस्तुत गर्दै युवा जोस जाँगरलाई हौसला प्रादान गर्दै गरे के हुँदै न र, ? व्यक्ति भित्रको इच्छा शक्तिलाई सधैँ सक्रीय राख्न सके कहिल्यै असफल हुनु पर्दैन । हरेक व्यक्ति  पेशाप्रति इमान्दार राष्ट्रपति बफादार भविष्यप्रति होसियार बन्न सके सुखी नेपाली समृद्ध नेपालको सपना  सार्थक बन्छ भन्ने धारणा राख्नु हुन्छ विजय सर ।


परीश्रम कहिल्यै खेर जाँदैन पसीना बगाउन सक्नेले भोकै बस्नु पर्दैन तर कुरा काटेर बस्ने गफाडी जमातको विकास भयो भने विकास र समृद्धि एकादेशको कथाजस्तो बन्ने छ । सकरात्मक सोच, सकारात्मक विचार, सकारात्मक व्यवहारसँगै सार्थक भविष्यको खोजी गर्न सकिन्छ । युवा भित्रको जोश जाँगर उत्साहलाई सही सदुपयोग गर्दै, आफ्नो माटोमा आफ्नै वाटोमा आफ्नै पाटोमा समृद्धिका सपना फुलाउन सक्नुपर्छ । देशले मलाई के दियो भनेर सोच्नुभन्दा मैले देशलाई के के दिन सकेँ ? के के दिन सक्छु भनेर सोच्न सक्नु पर्छ । भन्ने धारणा अघिसार्ने विजय सर निजी तथा आवसीय विद्यालयहरुका कुशल  अभिभावक हुनुहुन्छ । 
 

0 Comments

Leave a comment