May 17, 2022
विविध

रचनात्मक हुन बालबालिकालाई सोच्न, कल्पना गर्न दिनुपर्छ : प्रिन्सिपल, विरंगना मर्हजन

रचनात्मक हुन बालबालिकालाई सोच्न, कल्पना गर्न दिनुपर्छ :  प्रिन्सिपल, विरंगना मर्हजन

आहिले ठुला मान्छे (आभिभावक, शिक्षक,, आफान्तहरु ) को बालबालिका प्रतिको Expectation अलि फरक हुन थालेको छ । Marks, Grade बाट फरक Creative हुन पर्छ भन्ने लागेको छ वा भन्न , बोल्न थालेको देखिन्छ ।

रचनात्मक हुनपर्छ भनिराख्दा बालबालिका प्रती बोझ आझै थपेको, Expectation आझै High भएको देखिन्छ र त्यो रचनात्मक भनेको के भन्ने प्रतिको भुझाईले गर्दा हो ।

हाम्रो लागि रचनात्मक भनेको कुनै ठुलो कुरा  आविष्कार हुनु हो। रचनात्मक भनेको कायापलट ­हुनु हो । जुन कुरा बालबालिकाको कल्पना भन्दा बाहिरको कुरा हो। जसले गर्दा बालबालिकाले फेरी पनि त्यो Creativity को बोझ Marks  Grade भन्दा भारी लागिरह्को छ र ठुला मान्छे अझै आफ्नो बालबालिका Creative  नभएको कारणले धेरै दुखी भएको छ ।

हामीले बालबालिका Creative बन्न बातावरण दिने हो ।  Creativity  २१औ सताब्दिको एउटा महत्वपूर्ण Skill हो । यही Skill ले नै बाच्न उत्प्रेरणा र सहयोग गर्ने हो । तर हामीले त्यसलाई सही तरीकाले बुझेर बालबालिकामा यो Skill बिकास गर्न सहयोग गर्नु पर्छ ।

Creativity (रचनात्मकहुनु भनेको बालबालिकाले कुनै पनि काम्, कुरा आफैले सोचेर, आफ्नै रङले - आफ्नै ढंगले गर्ने हो । बालबालिका रचनात्मक तब हुन्छ जब उसले सोच्न पाउछ । Pavlo Picasso ले भनेको छ " What you imagine can be reality  "

रचनात्मक हुन बालबालिकालाई सोच्न, कल्पना गर्न दिनुपर्छ । हरेक काममा हामीले यसो गर - उसो गर, यस्तो हुनुपर्छ - त्यस्तो हुनुपर्छ भनिराख्दा बालबालिकले कहिले पनि सोच्न र कल्पना गर्न पाउदैन र त्यसमा आफ्नोपन हुँदैन ।

आहिले Creativity को कुरा गरिराख्दा Dictionary Definition पनि उल्लेख गर्न मन लाग्यो “ Creativity is ability to think about task or a problem in a new or different way. Ability to imagination and to generate new ideas.”

अब बालबालिकालाई कसरी Creative बनाउन सकिन्छ त? बालबालिका स्वभावैले Creative हुन्छन।  Creativity हामी मानवजातिको अन्तरनिहित गुण हो।

हामीले बालबालिकालाई नियाल्यों भने हरेक क्षण केहि न केहि गर्न खोजिरहेको हुन्छ।  कुनै पनि सामानलाई चलाएर नया कुरा बनाउन खोजिरहेको हुन्छ तर  हामीले बिगार्न लाग्यो वा बिगार्यो भनेर उसको सोचाइलाई (Creativity) लाई बन्द मात्रै होइन आर्को चोटी सोच्ननै मन नलाग्ने गरि गाली गर्ने , हप्काउने , पिट्ने सम्म पनि गरिन्छ।  यो कुरा खेलौना देखि किताब पढ्दा सम्म पनि हुन्छ।

बालबालिकाको Creativity को source भनेकै खेल हो, कुनै सामान, प्रकृति, वरिपरिका बाताबरणसंग जति खेल्न, चल्न पायो त्यति सिकिराखेको हुन्छ र बस्तु र स्थितिलाई बुझने मौका पाउछ। यो भानिराख्दा हामी आभिभावक शिक्षकले बालबालिका कति सुरक्षित तरिकाले खेलिरहेको छ र ठाउँ, बस्तु कति सुरक्षित छ भन्ने कुरा बुझेर बालबालिकालाई सुरक्षित गर्नुपर्छ।

हामीले बालबालिकासँग कुराकानी गर्दा हामीले बोल्ने , सोध्ने प्रश्नहरुले पनि धेरै असर गर्छ।  हामीले कुराकानी गर्दा हाम्रो विचार थोपार्ने भन्दा उनीहरुको विचार राख्न पाउने गरि कुराकानी गर्नुपर्छ। हामीले बालबालिकासँग काम गर्दा केहि कुरा सिकाउन खोजि राखेको छौ भने त्यसमा बालबालिकाको आफ्नो सोच, कसरी ल्याउन सकिन्छ भनेर हामी आबिभावक र शिक्षकले सोचेर, बुझेर काम गर्नु पर्छ  जस्तै घरमा सामान्य कुराहरु लुगा यो लगाऊ भन्दा, कुन लगाउने, येही किन लगाउने।

त्यस्तै कक्षामा Teacher ले कुनै bottle बाट Pencil-Holder बनाउन सिकाउदै हुनुहुन्छ भने यसरी बनाऊ भन्नु भन्दा कसरी बन्छ, कस्तो Design हरु बनाउन सकिन्छ। आझै त्यो Bottle बाट के के बन्न सक्छ होला भनेर काम गर्यों भने बालबालिकाले आफ्नो धारणा, विचार, आफ्नो सोच आनुसार गर्न सकिन्छ।

हामीले बालबालिकासँग काम गर्दा Basic Safety Measure को कुराको जानकारी गराउनु पर्छ। यदी कैची चलाउदै छ भने कसरी सुरक्षित तरिकाले चलाउने, Glue, Color, आदि।

जति बालबालिकाले आफ्नो ईन्द्रियहरु बाट प्रकृतिसंग explore गर्न पायो त्यति नै उनिहरुसंग ज्ञान, चेतनाको विकाश हुन्छ। पानीसंग खेल्नु, बालुवासंग खेल्नु, रुख चद्नु, माटो खेल्नु, यसले बालबालिकामा के , किन, कसरी भन्ने जस्ता थुप्रै जिज्ञासाहरु उत्पन्न हुने र समाधान र नयाँ कुरा पत्ता लगाउन सहयोग गर्छ।

आहिले संसारमा जति पनि आविष्कार भएको छ त्यो प्रकृतिसंग जोडिएको छ। Newton ले स्याउ किन तलनै झर्छ भन्ने जिज्ञासाले गुरुत्वॉअकर्शनको बारेमा पत्ता लगायो।

Right Brother ले हामी पनि चराजस्तै उड्न पाएको भए कस्तो मज्जा हुन्छ भन्ने जिज्ञासाले हवाईजाहजको निर्माण भयो।

हरेक बालबालिका Unique हुन्छ। उनीहरुको आफ्नै विचार, सोच हुन्छ।  जति उनीहरुले आफ्नो वरिपरीको बातावरणलाई बुझ्न सक्यो, आफ्नो तरिकाले काम गर्न पायो बालबालिकामा च्ताना र ज्ञानको बिकाश हुन्छ।  यसले बालबालिकालाई आफ्नो वरिपरी  आएको समस्यालाई पनि सहि तरिकाले समाधान गर्न सहयोग गर्छ।

बालबालिकालाई खेल्न दिदा, खोज्न दिदा, अनुभव गर्ने वातावरण दिइराख्न जहिले पनि हामी आभिभावक, शिक्षकको महत्वोपूर्ण भूमिका हुन्छ। बालबालिका सुरक्षित सही तरिकाले गरिराखेको छ कि छैन र कसरी सुरक्षित वातावरण दिने तर्फ़ हाम्रो ध्यान जानु जरुरी छ।

अन्त्यमा Albert Einstein को भनाइ उद्रित गर्दै Imagination is more important than knowledge. for knowledge is limited whereas imagination embraces the entire world, stimulating progress giving birth to evolution.

बालबालिकालाई कल्पना गर्ने वातावरण दिऔ र उसमा भएको सृजनात्मक्तालाई बाहिर ल्याउन सहयोग गरौ।

0 Comments

Leave a comment