July 05, 2020
समाचार

राहत वितरणमा व्यस्त

राहत वितरणमा व्यस्त

अनल ज्योति स्कुलका संस्थापक डाइरेक्टर तथा जन्मभूमि लाइन्स क्लबका अध्यक्ष ज्योति के.सी.ले आफ्नो व्यक्तिगत तर्फबाट अत्यावश्यक वर्गका लागि र अपाङ्गता भएका व्यक्तिहरुका लागि यो कोरोना भाइरसको विषम परिस्थितिमा राहत वितरण गर्दै आउनु भएको छ । 

उहाँले स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण गर्दै आउनु भएको हो । हालसम्म उहाँले थुप्रै स्थानमा पुगेर राहत वितरण गर्दै आउनु भएको छ । जसमा ललितपुरको जावलाखेल, ग्वार्को, हरिसिद्धि, धापाखेल, सानेपा, धोवीघातजस्ता ठाउँहरुमा पुग्नु भएको छ । काठमाडौंको चावहिल, कपन मूलपानीका ठाउँहरुमा समेत उहाँ पुग्नु भएको छ । भक्तपुरको दुवाकोट र ठिमीमा पुग्नु भएको छ । 

काभ्रेमा बनेपा र धुलिखेलमा पुगेर राहत वितरण गर्नु भएकी केसीले किड्नीको विरामीलाई समेत हप्ताको दुई पटक डाईलेसियस गर्नको लागि सहयोग गर्दै आउनु भएको छ । 
 

0 Comments

Leave a comment