November 26, 2020
विविध

रोटरी क्लब अफ महाबौद्धद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

रोटरी क्लब अफ महाबौद्धद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

नेपाललाई कोरोना भाईरस कोभिड–१९ बाट जोगाउनु हामी सबैको दायित्व हो ! यस माहामारीको समयमा नेपाल सरकारले चालेका कदमहरु स¥हानीय छन् । हामी सबै मिलेर आ–आफनो ठाउँबाट सक्दो सहयोग गर्न सकेमा कोरोना संक्रमनबाट नेपाललाई जोगाउन सम्भव हुनेछ ।

यही क्रममा बैशाख २१ गते आइतबार रोटरी क्लब अफ महाबौद्धको तर्फ बाट पिपिई सेट तथा अन्य स्वास्थ्य सामग्री नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका माननीय राज्यमन्त्री नवराज रावतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पुगी क्लबका अध्यक्ष देवराज घिमिरेबाट सो सामग्री हस्तान्तरन गरिएको छ । 

साथै क्लबका अन्य सदस्यहरुमा धर्मबज्र बज्राचार्य, पूर्व डिआईजी पिताम्बर अधिकारी, गोपाल घिमिरे, राजाराम लुइटेल र नवराज सञ्जेलको उपस्थिति रहेको थियोे ।  
 

0 Comments

Leave a comment