September 29, 2020
अन्तर्वार्ता

रोल्पाबाट एसएलसीमा एक्लै पास भएछु

रोल्पाबाट एसएलसीमा एक्लै पास भएछु

आफ्नो जीवनको २२ बर्ष ब्रिटिस आर्मीमा विताएका क्याप्टेन मान बहादुर बुढाको त्यसपश्चात्को जीवनको अधिकांश समय शिक्षाकर्मीको रुपमा वितेको छ । रोल्पाको जेदबाङमा जन्मिएका बुढाले निकै ढिलो अध्ययन शुरु गरेपनि आफ्नो व्याचमा रोल्पाबाट एक्लै एसएलसी पास भएका थिए । दाङ क्षेत्रका आधा दर्जन शैक्षिक संस्थाका संस्थापक रहेका बुढा गोरखा इन्टरनेशनल पब्लिक स्कुल, गोरखा सेकेण्डरी स्कुल, गोरखा मोडल सेकेण्डरी स्कुल, भिक्टोरिया इन्टरनेशनल कलेज, गोरखा मोडल कलेज, स्वर्णिम कलेजको अध्यक्षको रुपमा रहेका छन् भने काठमाडौंको सान नर्सिङ कलेजमा पनि अध्यक्षको जिम्मेवारीमा छन् । 

मेरोे जन्म गरिब किसान परिवारमा भए पनि बाबुुआमाले रीतिअनुसार नै मलाई पाल्नुभएको थियो । गाउँमा ठूलो विद्यालय थिएन । रिठाबोट भन्ने विद्यालयमा कक्षा ३ सम्म पढाइ हुन्थ्यो । करिब दुई घण्टा हिँडेर पुग्ने सो विद्यालयमा म पहिलो ब्याच थिएँ । ढिलो उमेरमा पढेको हुनाले घरको काम गरेर पढ्नु पर्ने वाध्यता मसँग थियो । मैले १३ वर्षको हुँदा मात्र विद्यालयमा पढ्न गएको थिएँ । टाढासम्म हिड्नुपर्ने भएकोले धेरै साथीले त पढाई नै छाडे तर मैले पढाईलाई निरन्तरता दिएँ ।

मलाई प्रधानाध्यापक सरले मौखिकरुपमा परीक्षा लिनुभयो । कक्षा ३ पास भएपनि उहाँले ममा राम्रो ज्ञान देखेर ५ कक्षामा पढ्न स्वीकृति दिदाँ मैले कक्षा ६ मा पढ्ने इच्छा राखेँ । त्यो वर्ष मैले कक्षा तीनबाट एकैचोटी ६ कक्षामा पुगेको थिएँ । दुई महिना मज्जाले पढेँ ।

कक्षा ३ मा मेरो राम्रो नजिताले गर्दा विद्यालयले सिधै कक्षा ५ मा पढ्न दियो । केही महिनाको पढाईपछि विद्यालयले ५ को अनुमति नपाएकोले मलाई पढ्नको लागि समस्या प¥यो । पढ्नकै लागि रोल्पाको होलेरी जाने निर्णय गरेपनि वुवाको आर्थिक समस्याले गर्दा टाढासम्म पढाउन पठाउन नसक्ने कुरा गर्नुभयो । 

मैले धेरै बल गरेर, वुवालाई मनाएर केही सामान बोकेर पढ्नको लागि गएँ । त्यहाँ कक्षा ८ सम्म पढाई हुने महेन्द्र मावि स्कुल थियो । भाद्र महिनासम्म गाउँको स्कुलमा अलमल हुँदा त्यहाँ पुग्दा असोज महिना भइसकेको थियो । त्यो समयमा मंसिर, पुसमा परीक्षा हुने गर्दथ्यो ।  

मलाई प्रधानाध्यापक सरले मौखिकरुपमा परीक्षा लिनुभयो । कक्षा ३ पास भएपनि उहाँले ममा राम्रो ज्ञान देखेर ५ कक्षामा पढ्न स्वीकृति दिदाँ मैले कक्षा ६ मा पढ्ने इच्छा राखेँ । त्यो वर्ष मैले कक्षा तीनबाट एकैचोटी ६ कक्षामा पुगेको थिएँ । दुई महिना मज्जाले पढेँ । परीक्षामा पास पनि भएँ । म पास भएको देखेर सर र विद्यालयको इज्जत राखेको भन्दै सर निकै नै खुसी हुनुभयो । 

कक्षा ८ पास भएपछि म गाउँ फर्किएँ ।  कक्षा आठ मात्र पास गरेता पनि गाउँको धेरै पढेको व्यक्ति म नै थिएँ । बुबाले मलाई अब पढाइ छोडेर गाउँमै शिक्षक हुनुपर्ने प्रस्ताव राख्नुभयो । मेरो उमेर कमाउने भएको र घरको आर्थिक अवस्थाले गर्दा मैले पढेकै स्कुलमा कक्षा ५ सम्म पढाउन थालेँ । महिनाको ६० रुपैँया तलव कमाउन पनि थालेँ । 
अठार वर्ष उमेर पुगिसकेकोले घरमा बुवाले विवाह गर्नुपर्छ भन्नुभयो ।

मैले घरमा श्रीमती राखेर पढ्न पाइने आशामा विवाह गरेँ । रोल्पाको सदरमुकाम लिबाङको बाल कल्याण माविमा कक्षा ९ मा भर्ना भएँ । विद्यार्थी भएता पनि शिक्षक, साथी तथा जिल्ला शिक्षा कार्यालयमा मैले राम्रो सम्बन्ध बनाएँ । २०३० सालमा एसएलसी परीक्षा दिएँ । परिक्षामा म दोेश्रो श्रेणीमा उत्तीर्ण भएँछु ।   जिल्लाभरीबाट १४ जना विद्यार्थीले एसएलसी परीक्षा दिएकोमा जिल्लाभरीमा म एक्लै पास भएछु ।

मेरो आर्थिक समस्या भएपनि राम्रो विषय पढ्ने सपना मात्र देखेँ । त्यसै समयमा प्राविधिक शिक्षामा छात्रवृत्ति दिने गरेको खबर सुनेँ । ओभरसियर परिक्षाका लागि जिल्ला शिक्षा कार्यालयले पनि सिफारिस गरेर पठायो । लिखित परीक्षामा म पहिलो भएँ । एउटा मात्र कोटा भएकोले दोस्रो हुनुको अर्थ थिएन ।

मेरो पढ्ने सपना अधुरै भयो । आर्मी रहँदा त्यहाँ अंग्रेजीसमेत पढाउथँे । सकेसम्म त्यहाँको शैक्षिक प्रणाली बुझ्ने कोशिस गर्दथँे । त्यसले झन् शिक्षामा मेरो मोह बढ्यो । ‘हामीले पढ्न नपाएर  के भो मेरो सन्तानले पढ्न पाउनुपर्छ’ भन्ने सोच बनायो ।

अन्तर्वार्तामा पनि प्रथम हुने आशा थियो । दोस्रो भएछु । गाइँगुइ सुनियो, पहिलो हुनेको मान्छे थियो रे । मेरो सपना तुहियो । देशमै केही गर्ने मेरो राष्ट्रप्रेम थला प¥यो । सबै परिवारले विदेश जा भन्दा पनि यसको पक्षमा नहुने मलाई यसले यु टर्न गरायो ।

कान्छा सुसराको आर्मीमा पहँुच थियो । राम्रो कोसेलीसहित तीन घण्टा हिँडेपछि कान्छा ससुराको घरमा पुगेँ । उहाँ धनी भएकोले मैले कक्षा १६ सम्म पढाउन सहयोग गर्न आग्रह गरेँ । उहाँले मुख बिगार्नुभयो । मैले लाहुरे बन्छु भन्ने बित्तिकै उहाँले सहयोग गर्ने बाचा गर्नुभयो । घरमा पनि खुसी भए । 

सन् १९७४ मा ब्रिटिस आर्मीमा भर्ना भएर ९ महिनाको तालिम पछि सन् १९७५ मा आफ्नो पल्टनमा गएँ । त्यहाँ गएर धेरै आयाममा काम गरेँ । सेनाभित्रका सबै क्षेत्रमा काम गर्ने अनुभव मिल्यो । तर, मेरो पढ्ने सपना अधुरै भयो । आर्मी रहँदा त्यहाँ अंग्रेजीसमेत पढाउथँे । सकेसम्म त्यहाँको शैक्षिक प्रणाली बुझ्ने कोशिस गर्दथँे । त्यसले झन् शिक्षामा मेरो मोह बढ्यो । ‘हामीले पढ्न नपाएर  के भो मेरो सन्तानले पढ्न पाउनुपर्छ’ भन्ने सोच बनायो । नेपालका निजी शिक्षाकर्मीहरु राजेश खड्का, गीता राणा, उमेश श्रेष्ठ आदिसँग हङकङ छँदा शैक्षिक मन्थन गर्न पाएँ । यसले मलाई ऊर्जा दियो । मैले मनमनै सोचेँ, अब रिटायर्ड भएपछि उपत्यकामा होइन नेपालको पश्चिमी क्षेत्रमा राम्रो स्कुल बनाउँछु । 
म पेन्सनबाट निस्केको समयमा हामीलाई विदाई कार्यक्रममा भएको थियो । कार्यक्रममा बिबिसीका साथी मणी रानाले सोध्नुभयो, पेन्सनपछि कुन देश गएर काम गर्ने, मैले शिक्षाको लागि कार्य गर्ने भन्ने उत्तर दिएँ । लाहुरेको यो फरक उत्तर रहेछ । उहाँले मैले भनेको कुरा अरुलाई पनि सुनाउनु भएछ । 
 म नेपालमा फर्किएको ६ महिना भएको थियो । स्कुल प्रयोजनका लागि दाङमा पाँच विघा जग्गा किनेको थिएँ । इञ्जिनियरलाई विद्यालयको नक्सा बनाउन लगाएको थिएँ । तर समस्या भनेको नेपालमा द्वन्द्व उग्र हुदै थियो । दाङ क्षेत्रका अधिकांश विद्यालय बन्द हुने अवस्थामा थिएँ । तर पनि सस्तोमा पढाउछु भन्ने प्रण गरेँ । एक्लै भन्दा आफ्नो क्षेत्रका ब्र्रिटिस लाहुरेलाई टिममा राखेर काम गर्ने सोच बन्यो । 
हामी दाङमा रहेका गोरखा आर्मीका साथी जम्मा भयौं । भोज आयोजना ग¥यौंँ । भोज खादै गर्दा आफुलाई र गरिबलाई हेरी तुलना गर्न आग्रह गरेँ । हाम्रो पैसालाई सन्तानको भविष्यको लागि खर्च गरौँ, आवश्यकता के हो त्यसैमा लगानी गरौँ प्रस्ताव राखेँ । खर्चको केही अंश बचाएर लगानी गर्ने आग्रह गर्दा हामीले केही दिनमै करिब डेढ करोड जम्मा गरेछौँ । 
विद्यालय भवन बनाउनको लागि लगानी भयो । भवन ठूलो बन्यो । प्रशस्त खेल्ने ठाउँ बन्यो । लाहुरेका बुद्धि छैन, अनावश्यक खर्च गरे, निजी विद्यालय बन्दा हुँदा पनि लगानी गरे, बुद्धिले घाँस खाएछ समेत स्थानीय वासिन्दाले भने  । 
द्वन्द्वका बीचमा हामीले सरकारसँग समन्वय ग¥यौं । द्वन्द्वरत पक्षलाई सम्झायौं । लगानीलाई जनताको लागि कम शुल्कमा गुणस्तरीय शिक्षा दिने भनेर बुझायौं । प्रशासन हामीले हे¥यौं, शैक्षिक कार्यक्रमको लागि प्रिन्सिपलको नियुक्त गरि उहाँलाई जिम्मा दियौं । हरेक ढंगलाई मसिनो तरिकाले हेरेर दाङको घोराहीमा सन् १९९८ मा गोरखा इन्टरनेशनल पब्लिक स्कुल विधिवत् सञ्चालन भयो । पहिलो वर्ष नै तीन सय जना विद्यार्थी भर्ना भए । पछि त्यही विद्यालयको भगिनी संस्थाको रुपमा तिनवटा स्कुल बन्यो । कलेज बन्यो । हाल ति संस्थामा ७ हजार भन्दा बढी विद्यार्थी अध्ययन गर्छन् । 

विद्यालय व्यवस्थापनमा सही व्यक्तिको चयन गरेका थियौँ । हामीले कामको विभाजन गर्यौ । पहिला पहिला सबैले  हक अधिकारको कुरा गरेता पनि काम गर्दै जाँदा सजिलो हुदाँे रहेछ । मैले स्थापना कालदेखि अध्यक्षको जिम्मेवारीमा  छु । झण्डै सय जना साथीहरुको सहयोगले गोरखा ग्रुपले शिक्षामा केही योगदान दिन सकेको छ । शिक्षा आफैंमा मापन नहुने कुरा हो । सिक्ने र सिकाउने विद्यालयले नै हो भनेर यसमा अलि प्रयोगात्मक शिक्षा दिन थाल्यौँ । 

भौगोलिक तथा जातियरुपमा पछि परेका व्यक्ति आफैंमा ‘थ्रष्टि व्रmो’ अर्थात् तिर्खाएका काग हुन् । उनीहरुलाई शिक्षाको खाँचो छ । हाम्रो सफलता यही थ्रष्टि व्रmो को सिद्धान्तसँग जोडिएको छ । आवश्यकतालाई केही सोचसँग जोड्न सकिएमा शिक्षाको महत्व बढ्छ ।

पछिल्लो समय देशबाट बाहिरीनेको संख्या बढेको छ । बालबालिका विद्यालय पठाएपछि घरमा एक्लै हुँदा एक्लो दिमाखले जे पनि गराउने रहेछ । त्यहाँ विभिन्न समस्या बन्ने रहेछ । त्यसैलाई मध्यनजर गरी हाम्रो विद्यालयले अभिभावका लागिसमेत विभिन्न सीप तथा ज्ञान दिने कक्षा तथा तालिमहरु संचालन गर्ने गरेको छ । यसले समयको सदुपयोग हुने, व्यावसायिक बन्न उत्प्रेरित गराउने र पािरवारिक समस्यालाई कम गर्न सहयोग गर्ने तथा सु–समाजको स्थानापनामा सहयोग पुगेको अनुभूति भएको छ । 

वास्तममै, भौगोलिक तथा जातियरुपमा पछि परेका व्यक्ति आफैंमा ‘थ्रष्टि व्रmो’ अर्थात् तिर्खाएका काग हुन् । उनीहरुलाई शिक्षाको खाँचो छ । हाम्रो सफलता यही थ्रष्टि व्रmो को सिद्धान्तसँग जोडिएको छ । आवश्यकतालाई केही सोचसँग जोड्न सकिएमा शिक्षाको महत्व बढ्छ । पछि परेकासँग भोक छ, तिर्खा छ तर कता जाने बाटो अन्यौल छ । जसले बाटो देख्छ, त्यो बाटो हिड्ने प्रयास गर्छ भने असफलता पाउँदैन । 

नेपाल जस्तो सुनको फुल पार्ने देश कतै छैन । केही सोचौं, दिशा परिवर्तन गरौं, शिक्षालाई किताबी ज्ञानभन्दा देशभित्रको माटो बुझाउन सक्यौँ, यहाँको उर्भरतालाई खोज्न सक्यँौ भने विद्यालय पनि सफल हुन्छ र समाज पनि सफल हुन्छ । सकारात्मक सोच्नेहरुको विकास हुनु जरुरी छ । अरुलाई अघि बढ्न दिएमा आफु पछि परिन्छ भन्ने सोचलाई त्यागेर लाइक माइण्डेडहरुको समूहले कार्य गर्न सकेमा शिक्षालगायत सबै क्षेत्रको भविष्य उज्वल बन्छ । 

अब हाम्रो सोच देशको माहोल हेरेर देशको सँस्कृति तथा पर्यटनसँग सम्बन्धित विषयसँग जोडिने शिक्षालाई अगाडि बढाउने रहेको छ ।

हालसालै हामीले सञ्चालन गरेको शिक्षालगायत सबै कम्पनीहरु गोरखा गु्रपको मातहतमा सञ्चालन गरिरहेका छौं । गोरखा ग्रुपले शिक्षा सँगसँगै दाङमा गरिबका लागि हेल्पिङ ह्याण्ड नामक हस्पिटल स्थापना गरी सन् २०११ बाट  सोच परिवर्तन गरी गोर्खा पब्लिक हस्पिटलसमेत संचालन ग¥यौं । अब हाम्रो सोच देशको माहोल हेरेर देशको सँस्कृति तथा पर्यटनसँग सम्बन्धित विषयसँग जोडिने शिक्षालाई अगाडि बढाउने रहेको छ ।

कृषि शिक्षाबाट जैविक बाली उत्पादन गरी, पर्यटकलाई त्यही खुवाएर पठाउने तथा कृषि नै पढाउने हो भने अरु केही हर्नेपर्दैन । एग्रो रिसोर्टको महत्व सबैले बुझ्नुपर्छ । उमेरले साथ दिएको खण्डमा मैले पर्यटन शिक्षामा जोड दिने योजना बनाएका छु । सकियो भने वृद्धवृद्धा बस्ने गृहदेखि, पर्यटक, कृषि सबै अट्ने जेराटिक होम्सलगायतको योजना हामीले बनाएका छौँ जहाँ आफैले उत्पादन गरेका स्वास्थ्यकर्मी, कृषकदेखि पर्यटकसमेत बस्ने र सिक्ने इनोभेटिभ सेन्टर बनाउने सपना छ । 
 

0 Comments

Leave a comment