लकडाउन लम्बिएर आज हामी ३८ औ दिसम्म आइपुगेका छौँ। यस्तै रही राख्ने हो भनि अझ एक दुइ हफ्ता घरमै बस्नु पर्ने स्तिथि आइपर्न सक्ने कुरा त हामीलाई अवगत नै छ। यस परिस्थितिमा हामी सबै चिन्तित छौ, मुख्य त अभिभावकवर्गहरुलाई आफ्नो नानीबाबुको पढाईलाई लिएर धरै मानसिक चिन्ता होला। सामान्य अवस्था भएको भए, यो बेला विद्यालयको नयाँ सेसन् सुरु हुने बेला हो तर कारणवश ढिला सुरु हुने कुरा त छँदैछ संगसंगै घरमै बसेको समयलाई कसरी प्रोडक्टिभ बनाउने भन्ने पनि छ । विभिन्न देशहरुमा अभिभावकहरुले ुहोम स्कुलिङ्ुको पनि सुरुवात गरिसकेका छन् । यस्तो यस्तो अवस्थामा कसरी सिक्ने र सिकाउने भन्ने कुरा पनि मनमा उठिरहेको होला।
त्यसैले यो अप्ठेरो घडीमा पनि हामी हाम्रो तर्फाबाट हर सम्भव उपयोगी हुन चाहन्छौ अनि सहयोग गर्न चाहन्छौं । हामीले धेरै विद्यालय व्यवस्थापक अनि अभिभावकहरुको सुझावलाई लिएर, केहि घरमै बसेर अनलाइन मार्फत उपयोग गर्न मिल्ने श्रोतहरु बनाएका छौँ । यसमा केहि भिडियो, केहि लेख , केहि अन्तरवार्ता, केहि अनलाइनमा सिक्ने सामग्रीहरुको निर्माण तथा संकलन गरेका छौँ । धेरै विज्ञहरु, विभिन्न श्रोतहरुसंगको सहकार्यमा कारखाना टिमले दिनरात गरी यो सबै सिकाइको श्रोत, अनि सिकेका अनुभवहरुको निर्माण गरेका छौं । सामग्रीहरु विशेस गरी नानिबाबुहरुको लागि सिकाई निरन्तर राख्न सहयोग पु¥याउने विभिन्न विज्ञानसंग जोडिएको अर्थात् घरमै बसेर बनाउन मिल्ने, स्टेप बाइ स्टेप निर्देशनहरू छन्। यसबाट नानीबाबुहरुले रमाइलो र क्रीएटिभ कुरा बनाउछन् र संगसंगै विज्ञान पनि सिक्छन् जस्तै:
DIY Balloon powered Car:
DIY Catapult
DIY Gravity Superhero
DIY Loopglider
त्यसै गरी यो अप्ठेरो घडीमा भावनात्मक स्वस्थताको लागि कारखानाले विज्ञहरुसंग मिलेर केहि भिडियो सामग्रीहरु पनि तयार गरेका छौँ।
यो सबै अनलाइन र डिजिटल समग्री www.karkhana।asia ko #Keeplearning र #Wellness निस्शुल्क पाइन्छ क्याटेगोरी उपलब्ध छ।
1 Comments
Good Job