ललितपुर प्याब्सनमा निरोज मर्हजनको शानदार जित
संस्थागत विद्यालयको छाता संगठन प्याब्सनको जिल्ला अधिवेशन देशभर एकै दिन आज पौष ३ गते सम्पन्न भएको छ । शिक्षाको राजधानी ललितपुरमा पनि भव्य सभ्य रुपमा अधिवेश खुल्ला सत्र तथा नयाँ कार्य समिति चयन गर्न सफल भएको छ ।
तीन वर्षका लागि चुनिएको कार्य समितिमा अध्यक्ष पदका लागि निरोज मर्हजनले शानदार रुपमा विजय हासिल गरेका छन् । एक सय पचास मतदातामा एक सय बत्तीस मत खसकेको थियो । निरोज मर्हजनको प्रत्यासी बिष्णु बस्नेतले ५२ मत ल्याई उपविजेता बनेँ सँगै ८० मत ल्याई मर्हजनले शानदार जित हात पारेँ ।
यसैगरि ताराप्रसाद खनाल वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षमा सरस्वति (शशि) श्रेष्ठ, वासुदेव कोइराला, सचिवमा सुन्दर कुमार श्रेष्ठ, सहसचिवमा चन्द्र शेखर सापकोटा र विशाल ग्याङपु, कोषाध्यक्षमा जमुना मर्हजन, सहकोषाध्यक्षमा सरस्वति थापा विजय भएका छन् । यसैगरि कार्य समितिमा ६ जना सदस्यहरु विजय भएको जानकारी प्राप्त भएको छ ।
0 Comments