May 17, 2022
विविध

ललितपुर महानपा वडा नं. १८ मा एक दिने गोष्ठी सम्पन्न 

ललितपुर महानपा वडा नं. १८ मा एक दिने गोष्ठी सम्पन्न 

 

ललितपुर महानगरपालिका वडा नं. १८ सैंवुले महिला समुहहरुको लागि समुह व्यबस्थापन सम्वन्धी एक दिने गोष्ठी आयोजना सम्पन्न गरेको छ । सो कार्यक्रमको सभापति यसै वडा नं. १८ का   वडा अध्यक्ष पुरुषोत्तम खड्का, प्रमुख अतिथि ललितपुर महानगरपालिकाको प्रशासन महाशाखाका प्रमुख सागर थापा, अतिथिमा समाजका प्रतिष्ठित व्यक्तिहरु , वडाका जनप्रतिनिधिहरु र वडामा .दर्ता भएका १६ वटा महिला समुहरुवाट पाँच—पाँच जनाको दरले उपस्थिीति रहेको थियो । यस गोष्ठीमा स्वागत मन्तव्य  कार्यक्रमको औचित्यको वारेमा यसै वडाका वडा सचिव निरन श्रेष्ठले गर्नु भएको थियो । यसै कार्यक्रममा महिलाहरुका लागि स्टेशनरी तथा म्युजिक सामाग्री वितरण गरिएको थियो । महिला दिदि वहिनीहरुको महान् चाड तीज नजिकै आइ रहँदाको समयमा म्युजिकल सामग्री वितरण गरिएको कुरा राख्दै वडा अध्यक्ष पुरुषोत्तम खड्काले समवृद्धि वडा बनाउनका लागि महिलाहरुलाई हर दृष्टिकोण सक्षम बनाउनु पर्छ भन्ने भाव राख्नु भएको थियो । यसैगरि यस कार्यक्रमका प्रमुख अतिथि सागर थापाले महिला समुहका महिलाहरुलाई शुभकामना दिनुको साथै महिला समुहवाट आफु, आफ्नो परिवार र वडालाई नै आर्थिक समवृद्धि गर्न सकिने कुरा राख्नु भएको थियो । उक्त गोष्ठीका प्रशिक्षक ललितपुर महानगरपालिका समाज कल्याण महाशाखाका अधिकृत सरिता मर्हजनले प्रशिक्षण दिनु भएका थियो । समाजिक दूरीलाई कायम गरि स्वास्थ्य मापदण्डलाई ध्यान दिई कार्यक्रम सम्पन्न गरिएको थियो ।    

1 Comments

  • yasto tai na tui ko samachar milayer lekhna najanne kati paisa bujhyo wada bata

Leave a comment