October 27, 2020
विविध

विद्यालयहरुको भिडमा एउटा फरक विद्यालय : माछापुच्छे«विद्यालय

विद्यालयहरुको भिडमा एउटा फरक विद्यालय : माछापुच्छे«विद्यालय

माछापुच्छे«विद्यालयकाठमाडौं उपत्यकाको ललितपुर जिल्ला, कुसुन्तीमा पर्दछ ।विद्यार्थीलाई समाज र राष्ट्रका सक्षम, नेतृत्वदायी र जिम्मेवार नागरिक बनाउने उद्धेश्यका साथअग्रगमनको बाटोमालम्किरहेको छ । आजको २१ औँशताब्दीको शिक्षा“प्राविधिक, व्यावहारिक र प्रयोगात्मकशिक्षा”लाई आत्मासाथगर्दै यो विद्यालयलअगाडि बढिरहेको छ ।नेपालमानीजिविद्यालयविशेषतः २०४६ सालको वहुदलीय व्यवस्थापछि फस्टाएको देखिन्छ । वि. सं. २०४६ सालदेखि आजसम्मआइपुग्दा नेपालमाछ हजार भन्दा बढी नीजिविद्यालयहरू खोलिएका छन् । त्यसमापनि काठमाण्डौं उपत्यकाभित्रखोलिएकानीजिविद्यालयको सङ्ख्याअत्याधिक देखिन्छ ।उपत्यकाभित्रपन्ध्र सयभन्दा बढीकोेसङ्ख्यामानीजिविद्यालयहरू रहेका छन् ।

नीजिविद्यालयले राष्ट्रिय शिक्षामा महत्वपूर्ण योगदान पु-याएपनि अभिभावकहरुबाट र यदाकदा राज्यबाटपनिविभिन्नआरोप खेप्दै आउनु परेको छ । नीजिविद्यालयव्यापारमुखीभए, नीजिविद्यालयले घोकन्ते शिक्षालाई जोड दिन्छन्, नीजिविद्यालयमाविद्यार्थीलाई लगामभित्र राखिन्छ भन्ने जस्ता आरोप अभिभावकबाट सुन्दै र सुनिदै आएको छ । तर माछापुच्छे« विद्यालय यस्ता विद्यालयको बिचमा भिड थप्नस्थापनाभएको होइन र आरोप सुन्न पनितयार छैन । माछापुच्छे«विद्यालय छोटो समयमापनिशिक्षाको क्षेत्रमाभिन्न छाप छोड्न सफल र अरु विद्यालयभन्दा पृथक रुपमाआफूलाई उभ्याउन सफलभएको छ ।
  माछापुच्छे«विद्यालयअन्यविद्यालयभन्दाभिन्नलक्ष्य र उद्देश्य लिएर अगाडि बढिरहेको छ । सयौं विद्यालयहरुको भिडमा आफूलाई अब्बलविद्यालयको रुपमाउभ्याउन सफलहुनुको कारण यस विद्यालयको शैक्षिकवातावरण, शिक्षण पद्धति र अनुभवीतथातालिमप्राप्तअनुशासित, लगनशीलशिक्षक–शिक्षिका रहेका छन् । यस विद्यालयमा परम्परागत, घोकन्ते शिक्षण विधिबाट पठनपाठन गरिँदैन । आजको युगले मागेको र अभिभावकले चाहेको जस्तो प्रयोगात्मक शिक्षण विधिबाट पठनपाठन गराइन्छ ।

विद्यालयमाखोज रअनुसन्धानकालागिअत्याधुनिकप्रयोगशाला (ल्याव) को पनिव्यवस्था छ । विद्यार्थीले प्रत्येक पाठ र विषयवस्तुमाआफैँ प्रत्यक्ष सहभागीभएर क्रियाकलाप गर्छन् भने शिक्षक सहयोगीभूमिकामा प्रस्तुत हुन्छन् ।प्रत्येक दिनशिक्षक–शिक्षिका दैनिक पाठयोजना र शैक्षिक सामाग्रीका साथकक्षाकोठामा प्रवेश गर्नेभएकाले विद्यार्थीको सिकाइप्रभावकारी हुने निश्चित छ ।विद्यार्थीलाई कक्षाकोठामा मात्र सीमित नराखीविषयवस्तु अनुसार विभिन्न क्षेत्र, स्थान र भुगोलको अवलोकन गराइबाह्य ज्ञानसमेत दिने गरिन्छ ।

विद्यार्थीलाई ऐतिहासिक, पुरातात्विक स्थानको भ्रमण, पुस्तकालयको भ्रमण, बालगृह, बृद्धाश्रमको अवलोकन गराइ विद्यार्थीहरुको ज्ञानको दायरालाई फराकिलो पारिन्छ । यसका अतिरिक्त सरकारी तथा नीजि कार्यालयको भ्रमण, महत्वपूर्ण व्यक्तिहरूको अन्तर्वार्ता लिने साथै गरिब दुःखी, असहायलाई सहयोग सङ्कलन गरी राहत र उद्दार जस्ता कार्यमा समेत विद्यार्थीे सङ्लग्नहुने गछर्न ।


उपत्यकाको धुम्ती रोड (रिङ रोड)बाट नजिकमाअवस्थित यो विद्यालय १२ रोपनी क्षेत्रफलमा फैलिएको छ । विद्यालयकाभवनहरू भूकम्पप्रतिरोधात्मक छन् । बालबालिकाको सुरक्षाका दृष्टिकोणले यहाँकाभवनहरू पूर्ण रुपमा सुरक्षित छन् । विद्यालयहाताभित्रविद्यार्थीलाई खेल्नकालागि फुटबल खेल मैदान (फुटसल), बास्केटबल खेल मैदान, ब्याडमिन्टन कोर्ट, टेबल टेनिस कोर्ट छन् ।

त्यस्तै सानानानीबाबुहरूकालागि छुट्टैबालसुलभ भवन, बाल पुस्कालय रबालमैत्री खेलकुद सामाग्री सहितको खेल मैदानको व्यवस्था छ । यस विद्यालयमा सानाबाबुनानीहरूकोे परीक्षा परम्परागत प्रणालीबाट लिइँदैन । पि. जी. देखि कक्षा–पाँचकाविद्यार्थीले ‘खेल र सिक’को माध्यमबाट सिकाइगरिन्छ । विद्यार्थीले खेलेर, छोएर, प्रत्यक्षक्रियाकलापमा सहभागीभएर र दृश्य, चित्र हेरेर अथवाअनुभूति गरेर सिक्छन् र यसैका आधारमाविद्यार्थीको मूल्याङ्कन गरिन्छ । 


माछापुच्छे« विद्यालयले आफूलाई छोटो समयमै पनि एक सक्षम र कुशल शैक्षिक संस्थाको रुपमाउभ्याउन सफलभएको छ । यसको श्रेय विद्यालयकाकार्यकारी प्रमुख, प्राचार्य, शिक्षकशिक्षिकालगायत सिङ्गो विद्यालय परिवारलाई जान्छ । आज यस विद्यालयप्रति बढ्दो अभिभावकको आकर्षणले सिङ्गो देशकै शैक्षिकहवका रुपमा माछापुच्छे« विद्यालयबन्नपुगेको छ ।

– सम्पूर्ण देवापाते, प्राचार्य
 

0 Comments

Leave a comment