October 27, 2020
विविध

विषम स्थितिमा रोटरीको रक्तदान 

विषम स्थितिमा रोटरीको रक्तदान 

काठमाडौँ । ‘रक्तदान जीवनदान’ भन्ने नाराका साथ रोटरी क्लव अफ महाबौद्ध, काठमाडौँ नर्थईष्ट र नेपाल फेडरेशन अन्तर्राष्ट्रिय कराँते क्योकुसिन्काइको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम गरिएको छ । 
सो क्लवले हरेक वर्ष गर्ने रक्तदान यस वर्ष कोेरोना संक्रमणको समयमा रगत अभावलाई ध्यान दिँदै आयोजना गरिएको क्लवका अध्यक्ष सिवेन्द्र कार्कीले बताउनुभयो । कार्यक्रममा ४२ जना रक्तदाताले रक्तदान गरेका थिए भने रोट्रयाक्ट क्लव अफ महाबौद्ध र इनोभेटिभ स्काउट क्रिउको सहभागिता थियो । 
अध्यक्ष कार्कीले रोटरी क्लव अफ महाबौद्धका आईपिपी देवराज न्यौपाने र क्लवका सर्र्भिस चेयर टेकबहादुर थापाको उल्लेखनीय भूमिकाबाट कार्यक्रम सफल भएको जनाउनुभयो ।  विषम स्थितिमा पनि अधिकांश रोटरियनहरुको उपस्थितिका कारण कार्यक्रम सम्पन्न हुँदा आफूलाई खुशी लागेको अध्यक्ष कार्कीले बताउनुभयो । 

0 Comments

Leave a comment