September 29, 2020
अन्तर्वार्ता

व्यक्तित्व विकासमा सिजी एजुकेसन

व्यक्तित्व विकासमा सिजी एजुकेसन

गर्ली अग्रवाल दुई दशकदेखि चौधरी ग्रुपमा आबद्ध रही विभिन्न भूमिकामा क्रियाशील छिन् । हाल उनी सिजी एजुकेसन नेपालको प्रमुखका रूपमा कार्यरत छिन् । विपन्न वर्गका परिवारका केटाकेटीलाई पनि सिजी एजुकेसनले विशेष छात्रवृत्तिका साथै सामाजिक उत्तरदायित्व वहनस्वरूप ज्ञानोदय छात्रवृत्ति वितरण गरिरहेको बताउँने अग्रवालसँग शिक्षा तथा सिजी एजुकेसनसम्बन्धी विभिन्न विषयमा गरिएको कुराकानीको मूल अंश :

नेपालमा गुणस्तरीय शिक्षाको विकासको मूल मन्त्र लिएर सिजी एजुकेसन स्थापना भएको हो । विकासको प्रखर आधार नै शिक्षा भएकाले यसले मानवीय वैयक्तिक विकास, पारिवारिक, सामाजिक तथा देश र मुख्यतः मानवताका लागि आवश्यक शिक्षाको आवश्यकता परिपूर्ति गर्न सिजी एजुकेसन विगत लामो समयदेखि कार्यरत छ । गुणस्तरीय शिक्षाको बीचमा अन्य कुनै किसिमको व्यवधान नआउने गरी यस प्रतिष्ठानले कार्य गरिरहेको छ ।

गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीलाई क्रियटिभ बनाई अनुशासन तथा उनीहरूको व्यक्तिगत विकासका लागि सिजी एजुकेसन सधैँ कटिबद्ध छ । विश्वस्तरीय शिक्षण–सिकाइ प्रक्रिया र अभ्यास तथा स्रोतहरू प्रयोग गरेर विद्यार्थीको बौद्धिक तथा अन्य क्षमतालाई तिखार्दै आत्मविश्वासी तथा भविष्योन्मुख शिक्षाका लागि हामी कार्य गर्दै आएका छौँ ।

किन्डरगार्डेनदेखि कलेज तहसम्म गरी नौवटा शैक्षिक संस्था सिजी एजुकेसनको छाताअन्तर्गत सञ्चालनमा छन् । यसमा क्याम्पियन प्रि–प्राइमरी स्कुल लगनखेल, क्याम्पियन स्कुल लगनखेल, क्याम्पियन एकेडेमी लगनखेल, क्याम्पियन काठमाडौं उमावि गहनापोखरी, क्याम्पियन कलेज कुपन्डोल, द चाँदवाग प्रि–स्कुल बाँसवारी, द चाँदवाग वीरगन्ज, सिजी पोलिटेक्निक नवलपरासी रहेका छन् ।

गुणस्तरीय शिक्षाको माध्यमबाट विद्यार्थीलाई क्रियटिभ बनाई अनुशासन तथा उनीहरूको व्यक्तिगत विकासका लागि सिजी एजुकेसन सधैँ कटिबद्ध छ । विश्वस्तरीय शिक्षण–सिकाइ प्रक्रिया र अभ्यास तथा स्रोतहरू प्रयोग गरेर विद्यार्थीको बौद्धिक तथा अन्य क्षमतालाई तिखार्दै आत्मविश्वासी तथा भविष्योन्मुख शिक्षाका लागि हामी कार्य गर्दै आएका छौँ । त्यसैले केजीदेखि पिजी अर्थात् किन्डरगार्डेनदेखि पोस्ट–ग्राजुएटसम्मको शिक्षा हामीले दिँदै आएका छौँ । 

कम्प्रिहेन्सिभ एजुकेसन सिस्टमको माध्यमले विद्यार्थीको सर्वांगीण विकास हुने गरी शिक्षा दिई राष्ट्र र भविष्यका लागि सक्षम नागरिक उत्पादन गर्ने, विद्यार्थीलाई एनालिटिकल, क्रिएटिभ, लजिकल तथा प्रब्लम सल्भरका रूपमा विकास गर्ने किसिमको शिक्षा प्रदान गर्न केन्द्रित छौँ । यसैगरी उनीहरूलाई आवश्यक जिम्मेवारी ग्रहण गर्न सक्ने, नैतिकवान् एवम् आत्मनिर्भर बनाउन सधैँ उत्प्रेरित गर्दै आएका छौँ । पाठ्यक्रम तयार पार्दा हालको आवश्यकतालाई परिपूर्ति गर्ने गरी सम्रगकिसिमको होलिस्टिक र प्राग्म्याटिक बनाउने गरेका छौँ । 

विद्यार्थीलाई चिन्तनशील बनाई बाहिरी संसारमा भिज्न सक्नेखालको शिक्षा दिनु नै आजका दिनमा सिजी एजुकेसनको अभीष्ट रहेको छ । शिक्षासँगसँगै अतिरिक्त क्रियाकलापमा सहभागी हुन पाउनु विद्यार्थीको नैसर्गिक अधिकार हो । यसैलाई मध्यनजर गर्दै सिजी एजुकेसनले ‘एक्स्ट्रा करिकुलर एन्ड को–करिकुलर फाउन्डेसन’ निर्माण गरेको छ । 

राजनीतितर्फ शिक्षालाई समेट्नुपर्दा करिब ३० वर्षको एउटा सहमति होस्, जसले शैक्षिक क्षेत्रका सबै समस्याको पहिचान गरी आर्थिक विकासलाई तीव्रता दिने पाठ्यक्रम निर्माण होस् र त्यसको कार्यान्वयन होस्, शैक्षिक र आर्थिक क्षेत्रलाई कुनै पनि प्रकारको नकारात्मक असर पर्ने कुनै पनि कार्यक्रम नबनून् ।

सिजी एजुकेसनले भारतको प्रिमियर स्कुल स्पोट्र्स इन्टरप्राइजेजसँग हातेमालो गर्दै प्राइमरी कक्षाका विद्यार्थीलाई केन्द्रित गर्दै साइन्टिफिक स्पोट्र्स सञ्चालनमा ल्याएको छ । विद्यालयमा प्राथमिकताअनुसार खेलकुदका भौतिक संरचना निर्माण गर्ने, विद्यालय समयपश्चात् साइन्टिफिक खेलकुद कार्यक्रम, विशिष्ट प्रकारका परीक्षण र विद्यार्थीको खेलकुद क्षमताअनुसार उनीहरूको खेल छनोट र विद्यालयभित्र एक्टिभ स्कुल स्पोट्र्स कम्युनिटी निर्माण गरी गुणस्तरीय शैक्षिक खेलकुद विकास गर्ने हाम्रो प्रमुख योजना र लक्ष्य हो । बालबालिकालाई विशिष्ट प्रकारको खेलकुद अनुभव दिन सिजी एडु–स्पोट्र्स कार्यक्रम सञ्चालनमा ल्याइएको हो ।

एडु–स्पोट्र्ससँग असाधारण किसिमका विधागत कार्यक्रम छन्, जसले निश्चित प्रणाली तथा वैज्ञानिक दृष्टिकोणबाट बालबालिकालाई खेलकुदबारे सिकाउन तथा अन्य भौतिक शैक्षिक क्रियाकलाप गर्न सिकाउँछ । विद्यार्थीलाई विद्यालयमा तानिराख्न र सो आकर्षणबाट खेलकुद तथा अध्ययन क्षमताको विकास गर्न तथा मनोरञ्जनसमेत दिन सक्ने पावरफुल टिचिङ टुल भएकाले उनीहरू यसबाट सोझै लाभान्वित हुन सक्छन् । मस्तिष्कको विकास, चिन्तनशीलताको विकास, शारीरिक क्षमताको विकास गर्नका लागि प्रणालीगत भौतिक तथा खेलकुद क्रियाकलापले बालबालिकालाई प्रत्यक्ष सहयोग पु¥याउँछ ।

विद्यार्थीको अवस्था र उमेरअनुसार विभिन्न कार्यक्रमले फन्डामेन्टल मोटर स्किल, मोडिफाइड स्पोट्र्स र फर्मल स्पोट्र्स गराउँदा विद्यार्थीको तहगत रूपमा क्षमता अभिवृद्धि हुन्छ भने यसभित्र विद्यार्थीको डिटेल स्कुल एसेसमेन्ट र हेल्थ एसेसमेन्टसमेत गरिनुका साथै विद्यार्थीले प्राप्त गर्ने रिर्पोट कार्डमा समेत यी कुराहरू उल्लेख गरिने हुँदा उनीहरूको मानसिक, भौतिक र अन्य विशेष क्षमताबारे समेत विद्यार्थी र अभिभावकले थाहा पाउन सक्छन् ।

पठन–पाठनको प्रक्रियामा विद्यार्थीको वास्तविक क्षमताको पहिचान गरी उसलाई रुचिअनुसारको शिक्षा प्राप्तिका लागि अवसर प्रदान गर्नु राज्यको दायित्व हो, चाहे सरकारीस्तरमा होस् या निजीस्तरमा । यो दायित्वलाई उसले तिर्न सक्ने क्षमताका आधारमा कुनै स्कुल, कलेज उपलब्ध गराउनुपर्छ ।

अबको शिक्षा रोजगार बजारसँग जोडिने हुनुपर्छ । हामीलाई एकातिर गुणस्तरीय शिक्षाको माध्यमबाट विश्व बजारका सबैखाले अवसरसँग जुध्न प्रतिस्पर्धी जनशक्ति चाहिएको छ भने अर्काेतर्फ देशभित्र मुलुकको विशिष्टताअनुरूपको शिक्षा लिएर विकास र समृद्धिलाई टेवा दिन सक्ने जनशक्ति आवश्यक छ । उदाहरणका निम्ति कर्णाली क्षेत्रमा उत्पादन हुने स्याउ अझ बढी उत्पादन गर्नका लागि, त्यो उत्पादनलाई व्यावसायिक बनाउनका लागि र बजारमा ल्याउनका लागि यी सबै कुरा समेटेको पाठ्यक्रमसहित कर्णाली अञ्चलमा कृषि कलेज खोल्नु आवश्यक छ । 

राजनीतितर्फ शिक्षालाई समेट्नुपर्दा करिब ३० वर्षको एउटा सहमति होस्, जसले शैक्षिक क्षेत्रका सबै समस्याको पहिचान गरी आर्थिक विकासलाई तीव्रता दिने पाठ्यक्रम निर्माण होस् र त्यसको कार्यान्वयन होस्, शैक्षिक र आर्थिक क्षेत्रलाई कुनै पनि प्रकारको नकारात्मक असर पर्ने कुनै पनि कार्यक्रम नबनून् । सकारात्मक हात र सोच यो क्षेत्रमा समेटियून् । एउटा निर्णय यस्तो सहमतिको होस्, त्यो नै राष्ट्रको शैक्षिक विकासका निम्ति पहिलो र महत्वपूर्ण आधार हुन सक्छ । 

पठन–पाठनको प्रक्रियामा विद्यार्थीको वास्तविक क्षमताको पहिचान गरी उसलाई रुचिअनुसारको शिक्षा प्राप्तिका लागि अवसर प्रदान गर्नु राज्यको दायित्व हो, चाहे सरकारीस्तरमा होस् या निजीस्तरमा । यो दायित्वलाई उसले तिर्न सक्ने क्षमताका आधारमा कुनै स्कुल, कलेज उपलब्ध गराउनुपर्छ । ऊ आफैँले छान्न सक्छ, कहाँ, कुन स्कुल, कलेज छान्नुपर्छ, कति खर्च गर्दा आफूले चाहेअनुसारको क्षमता अभिवृद्धि गरेर भविष्य सुनिश्चित हुन्छ । 

एउटा यस्तो विन्दु पत्ता लगाउन सकौँ, जसबाट विद्यार्थीले मैले मेरो भविष्यका निम्ति यो विषय अध्ययन गर्छु, जसबाट मेरो भविष्य सुनिश्चित छ भन्ने एउटा उत्प्रेरणा उनीहरूमा जगाउन सकौँ, जहाँ अब विद्यार्थीलाई पढ–पढ भनेर समय खेर फाल्नुनपरोस्, विद्यार्थी स्वयम् पढ्नका लागि आतुर होऊन्, कामप्रति लगनशील होऊन्, राष्ट्रप्रति समर्पित होऊन्, यही मस्तिष्कले नै यो देशलाई विश्वको वैभवशाली राष्ट्रमा उभ्याउन सक्छ ।
 

0 Comments

Leave a comment