September 29, 2020
फिचर

शिक्षा विकासका लागि राजनीतिमा उमेश श्रेष्ठ

शिक्षा विकासका लागि राजनीतिमा उमेश श्रेष्ठ

उमेश श्रेष्ठको परिचय लिटिल एञ्जेल्स स्कूलको संस्थापकमा मात्र सीमित नरहेर नेपाली शैक्षिक जगत्को प्रखर अभियन्ता र अनुभवि शिक्षाविद्सम्म पुग्छ । २०३७ सालमा लिटिल एञ्जेल्स स्कूल स्थापना पछिका साढे तीन दशकभर श्रेष्ठको शिक्षा सक्रियता मुलुकका लागि उदाहरणीय र निजी क्षेत्रको शैक्षिक जगतका लागि अभिभावकीय रहेको छ । 

मेरो जन्म घर भोजपुर हो । वि.सं. २०२८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाको लागि काठमाडौँ छिरेँ । काठमाडौँमा फुपु र फुपाजु बस्नु हुन्थ्यो । उहाँहरुसँग नै बसेर शंकरदेव क्याम्पसबाट आईए पूरा गरेँ ।

नेपालका निजी विद्यालयको संस्थागत विकासमा सक्रिय श्रेष्ठ निजी विद्यालयहरुको छाता संगठन प्याब्सन र हिसानको स्थापना गरि ती संस्थाको लामो समयसम्म नेतृत्वदायी भूमिकामा रहे । निजी क्षेत्रको शैक्षिक जगतको विकास र चुनौतिका अधिकांश गाँठा फुकाउन श्रेष्ठको भूमिका अहम् छ । पछिल्लो समय राजनीतिमा सक्रिय श्रेष्ठ संविधानसभा कालदेखि नै संसद्मा शिक्षाको अधिकार र व्यवस्थापन बारेको बहस÷पैरवीमा अग्रपंक्तिमा रहेको देखिन्छ । संविधान जारी भइसकेपछिको पहिलो संसदमा पनि श्रेष्ठ सांसद थिए । संविधानले प्रत्याभूत गरेका हक अधिकारलाई कानूनद्वारा व्यवस्थित गर्ने मुख्य जिम्मेवारिसहित संसदमा पनि श्रेष्ठको सहभागिता हुनुले उनको शिक्षा विकासका लागि राजनीति गर्ने अभिष्ठलाई थप बल पु¥याएको छ । उनको भनाइ छ, “म शिक्षाकै लागि राजनीतिमा सक्रिय भएको हुँ ।” प्रस्तुत छ, उनको विचार ।

मेरो जन्म घर भोजपुर हो । वि.सं. २०२८ मा प्रवेशिका परीक्षा उत्तीर्ण गरी उच्च शिक्षाको लागि काठमाडौँ छिरेँ । काठमाडौँमा फुपु र फुपाजु बस्नु हुन्थ्यो । उहाँहरुसँग नै बसेर शंकरदेव क्याम्पसबाट आईए पूरा गरेँ ।

एसएलसी सकेपछि ममा एक प्रकारको सोच विकास भयो, ‘ठूलो ठाउँमा गएपछि अवसर पाइन्छ ।’ यसको लागि धेरै पढ्नुपर्ने थियो । यसै सोचले गर्दा म काठमाडांै छिरेको थिएँ । आईए सकेपछि अरुलाई दुःख दिनुहुन्न भन्ने कुरा बुझेँ । यसपछि आफै छुट्टै कोठा लिएर बस्न थालेँ । पाटन क्याम्पसबाट बिए सकेँ । तत्पश्चात् एक वर्षे बिएड गरेँ । बिएड सकेपछि क्षेत्रीय शिक्षा निर्देशनालयमा प्राथमिक स्कूल सुपरभाइजरको जागिर पाएँ । त्यसैमा पछि स्थायी कर्मचारीको रुपमा नाम निकाल्न सफल भएँ । यस समयमा मुलुकमा भर्खर–भर्खर शिक्षा ऐन लागू भएको थियो । त्यस समयमा मैले १९ वटा जिल्लाका शिक्षालयहरुको निगरानी राख्नु पर्ने थियो । प्रत्येक विद्यालयहरुले व्यावसायिक विषय राख्नुपर्ने नियम त्यस समयमा थियो । 

मैले २०३० सालमा सरकारी जागीर खाएको थिएँ । सरकारी जागीर खाँदै म विद्यालयमा पनि पढाउने गर्थें । जागिरको सरुवाको क्रममा म ललितपुर पुगेँ । त्यसबेला नेपालमा विद्यालयको संख्या निकै कम थियो । निजी विद्यालयहरु त झन् औँलामा गन्न सकिन्थ्यो । सरकारी विद्यालयहरुको शिक्षा बिग्रँदै गएकोले गर्दा सरकारले पनि निजी विद्यालयहरुलाई प्रोत्साहन दिन थालेको थियो । राज्यले निजी विद्यालयलाई प्रोत्साहन दिन थालेपछि मैले पनि केही गर्नुपर्छ भन्ने सोच राखेँ । यसपछि सरकारी जागिरलाई त्यागेर २०३७ सालमा दुईजना साथी मिलेर लिटिल एञ्जल्स् स्कुलको स्थापना ग¥यांै । स्थापनाकालमा वार्षिक रुपमा दुई हजार भाडा तिरेर विद्यालय सञ्चालन गरेँ । विद्यालयको नामका दुई रोपनी जग्गा थियो । स्थापनाको वर्षमा ६५ जना विद्यार्थी मात्र थिए । केही बर्ष ज्ञानोदय विद्यालयमा पढाउँदाको अनुभवले मलाई आफ्नो विद्यालयमा अभिभावहरुको सफल बनायो । यसले गर्दा हामीलाई विद्यालयमा विद्यार्थी बढाउनको लागि निक्कै सहयोग पुगेको थियो । 

त्यस समयमा मैले एउटा साइकल पनि किनेको थिए । साथीहरुलाई साइकलमा पछाडि राखेर जान्थेँ । स्कुल खोलेपछि भक्सवागन भ्यान किनेँ । त्यसबेला म आफैं ड्राइभर भएर विद्यार्थीहरुलाई लिन जान्थेँ । त्यस समयमा मैले मिनीबस पनि चलाउनुका साथै प्राय सवै सवारी साधनहरु पनि चलाएँ । मसँग अहिले पनि भ्यान, बस, ट्रक सबैको सवारी चालक लाइसेन्स छ । 
निजी विद्यालयहरुको संगठन प्याब्सनलाई गतिमा लैजानको लागि हामीले धेरै मिहिनेत गरेका छौं । संस्था आज जति ठूलो भएको छ त्यसमा धेरैको सहयोग छ । प्याब्सन र निजी विद्यालयहर्रु सबैलाई कठिन समय द्धन्द्धकाल नै रह्यो । द्धन्द्धकालमा धेरै विद्यालयहरु बन्द गर्नुपर्यो । करौडौ करोडको लगानी छोडेर संचालक साथीहरुले भाग्ने स्थितिसमेत बन्यो ।

त्यो अवस्थामा म धेरै जिल्ला–जिल्लामा पुगेको छु । म द्वन्द्वकालीन सयममा पनि विभिन्न स्थानमा पुगेको छु । उक्त समयमा हाम्रो एउटा समूह रहेको थियो त्यो समूह जहाँ समस्या परे जान तयार हुन्थ्यो । विद्रोही पक्षको हतियारका विचमा वार्ता गरेर हामीले निजी विद्यालयहरुलाई सहज बनाउन सक्यौं । त्यो कहालीलाग्दो अवस्थाबाट यो अवस्थामा आउनु प्याब्सनको ठूलो सफलता हो । अहिले प्याब्सनको ७२ जिल्लामा कार्यसमिति रहेको छ । 

यसैविचमा सरकारले प्लस टुको अवधारणा ल्याएपश्चात् प्याब्सनले कक्षा १० सम्म मात्र समेटेकोमा कक्षा ११ र १२ लाईसमेत समेटिने गरि हिसान भन्ने संस्थाको स्थापना मेरै पहलमा गरियो र त्यसको संस्थापक अध्यक्ष म नै रहेको थिएँ । मेरै कार्यकालमा हिसानलाई कक्षा ११ र १२ को निजी संस्थाको छाता संगठनको रुपमा नेतृत्वदायी भूमिका समेत निर्वाह गर्ने अवसर पाएँ ।  
विद्यार्थीहरुको मनोविज्ञान बुझी उनीहरुलाई रमाइलो तरिकाले पढाउनुपर्छ भन्ने हामीलाई थाहा थियो । यसैले गर्दा बच्चाहरुको लागि विभिन्न सामग्रीहरु र खेलौना हामी आफैँले निर्माण गरेर कक्षा कोठाहरु सजाएका थियौँ ।  विद्यालयका अधिकांश जिम्मेवारी पनि हामीले नै सम्हालेका थियौँ । धेरै मिहेनत गरी एक नमूना विद्यालयको रुपमा स्थापना गर्न सफल भएको थियो हाम्रो टिम । विद्यालयको लागि आवश्यक पर्ने सामग्रीहरुको निर्माण गर्नको लागि शिक्षकको साथै अभिभावकहरुको पनि अमूल्य सहयोग थियो  । हाम्रो विद्यालयलाई अरुभन्दा फरक विद्यालयको रुपमा स्थापना गर्न हामी सफल भएका थियाँै । यसले गर्दा विद्यार्थीहरुलाई घरको वातावरणभन्दा पनि विद्यालयको वातावरण मन पर्न थालेको अनुभव हामीले ग¥यौँ । जसले गर्दा वर्षैपिच्छै विद्यार्थी संख्या बढाउन पनि सफल भयौँ । हाम्रा विद्यार्थीहरु ललितपुर जिल्लाभरि फैलिए । 

विदेशका शिक्षालयहरु गुणस्तरीय थिए । उनीहरुले विद्यालयबाट नै इतिहास बनाएको देखिन्थ्यो । म पनि यस्तै इतिहास बनाउछु भनेर लागिपरेँ । उनीहरुको तुलनामा हेर्दा हाम्रो विद्यालय जुत्ता पसल जस्तै देखिन्थ्यो । यसलाई सुधार गर्न मैले विद्यालयको विस्तारको लागि हात्तिवनमा जग्गा किनेँ ।

विद्यार्थी संख्या बढेपछि स्थानको अभावमा विद्यालयलाई विभिन्न स्थानमा सार्ने क्रममा हामी सानेपा पुग्यौँ । त्यहाँ हामी लामो समयसम्म बस्यौँ । विद्यालयलाई राष्ट्रव्यापी रुपमा मात्र नभएर अन्तर्राष्ट्रिय रुपमा पनि विस्तार गर्नको लागि साथीहरुसँग सल्लाह गरेका थियौँ । पाकिस्तान, भारतलगायत अरु देशहरुमा पनि साथीहरुको सम्पर्क थियो । विदेशका शिक्षालयहरु गुणस्तरीय थिए । उनीहरुले विद्यालयबाट नै इतिहास बनाएको देखिन्थ्यो । म पनि यस्तै इतिहास बनाउछु भनेर लागिपरेँ । उनीहरुको तुलनामा हेर्दा हाम्रो विद्यालय जुत्ता पसल जस्तै देखिन्थ्यो । यसलाई सुधार गर्न मैले विद्यालयको विस्तारको लागि हात्तिवनमा जग्गा किनेँ । विद्यालय तथा हस्पिटलहरुको लागि उज्यालो तथा खुल्ला हावा भएको वातावरण चाहिन्छ । मैले पनि यस्तै वातावरण भएको जग्गा लिएँ । विद्यालयको लागि किनेको जग्गा खोला छेउमा रहेको थियो । साथीहरुले भन्ने गर्नुहुन्थ्यो, ‘कस्तो ठाउँमा जग्गा किन्नु भएको ? सबै बाढी पस्ने गरी ।’ तर म देश तथा विदेशमा घुमेको थिएँ । विदेशमा समुद्रमाथि नै विद्यालयहरु सञ्चालन गरेको देखेँको थिएँ । मेलै पनि एउटा उद्देश्य बनाएर त्यसै अनुरुप काम गरँे । तर पछि एक बर्षको बर्षामा विद्यालयको जग्गामा बाढी पस्यो । त्यसलाई फेरि सुधार गर्ने गरी निर्माण गरेँ । तर त्यसपछि भने जतिसुकै बाढी आएता पनि विद्यालयमा पसेको छैन । 

शिक्षा भनेको एउटा पसल होइन । जुन बेला जे गर्न मन लाग्छ त्यही गर्न । शिक्षामा नतिजा आउनको लागि कम्तिमा पनि २० वर्ष लाग्छ । हाम्रो मुलुकमा हालसम्म २९ जना शिक्षामन्त्री भएका छन् । तर, उनीहरुसँग शिक्षालाई दीगो योजना, समयसापेक्ष र नेपालीपनको आभाष हुने गरि मैले कुनै भिजन पाइँन । मैले काम गर्दा मरीचमान सिंह शिक्षामन्त्री थिए । शिक्षामा राजनीतिक व्यक्तिहरुको चासो चाहिन्छ  । जुन हाम्रो मुलुकको शिक्षामा कमी रहेको छ  । निजी शिक्षाको तुलनामा सरकारी शिक्षा विग्रेको छ । निजी विद्यालयहरुमाथि कतिपयले धेरै गालीगलौज गर्ने गरेका छन् । तर, अहिले सामान्य परिवारका बच्चादेखि ठूला परिवारका बच्चाहरुको उज्ज्वल भविष्यको लागि निजी विद्यालय नै रोज्ने गरेका छन् । 

निजी विद्यालय सुरुवात गर्ने व्यक्तिहरु हामी नै हौँ । निजी विद्यालयहरु धनाढ्य व्यक्तिहरुले खोल्छन भन्ने मान्यता रहेको छ, हाम्रो समाजमा । होला, आजभोली केही धनाढ्य मानिसहरुले निजी विद्यालयहरु खोलेका छन् । तर, धनी  व्यक्तिहरु मात्र होइन हिजोआज युवावर्गहरु पनि निजी विद्यालय खोल्न लागिपरेका छन् । यसको कारण नेपालमा बेरोजगारहरुको संख्या धेरै रहनु हो । देशमा रोजगारीको अवस्थालाई हेर्ने हो भने धेरै जनशक्ति शिक्षण पेशामा नै आबद्ध भएका छन् । ३० वर्षमा निजी विद्यालयहरुमा धेरै प्रगति भएको छ  । शिक्षा तथा स्वास्थ्यलाई सेवामूलक व्यावसाय बनाए राम्रो हुन्छ । निजी विद्यालयहरुलाई सरकारले कुनै पनि सहयोग गरेको छैन । 

एउटा तथ्यांकमा नेपालको शिक्षालयहरुको संख्याको बारेमा उल्लेख गरिएको छ  । नेपालमा हालसम्म ३७ हजार भन्दा बढी विद्यालयहरु रहेका छन् । जसमा निजी विद्यालयहरु करिव ८ हजार मात्र रहेका छन् । सिटीइभिटीअन्तर्गतको कार्यक्रममा निजी विद्यालयको संख्या ९३ प्रतिशत, सरकारी विद्यालयको ७ प्रतिशत रहेको छ । मेडिकलमा निजी विद्यालयको ९० प्रतिशत, सरकारी विद्यालयको १० प्रतिशत रहेको छ । यसैगरी इन्जिनियरीङमा ८३ प्रतिशत निजी र १७ प्रतिशत सरकारी रहेको छ । स्नातकमा सरकारीको ३५ प्रतिशत, निजीको ६५ प्रतिशत, मावि तहको ११ र १२ कक्षामा सरकारीको ४५ प्रतिशत र निजीको ५५ प्रतिशत रहेको छ । त्रिविमा आंगिक क्याम्पस ६० वटा र सम्बन्धन प्राप्त १०८५ वटा संस्था रहेका छन् । यो तथ्यांकलाई हेर्दा शिक्षामा सरकारको लगानी न्यून रहेको छ । विदेशी मुलुकमा २० देखि ३० प्रतिशत मात्र निजी तहबाट शिक्षामा लगानी गर्ने गरिएको छ । यसका साथै विदेशमा शिक्षा निःशुल्क रहेको देखिन्छ । 

सरकारी विद्यालयहरुमा मात्र सरकारले राम्रो लगानी गरी नतिजा निकाल्न सकेमा यहाँ कुनै निजी विद्यालयको आवश्यक नै हुन्न । देशमा नाम चलेका निजी विद्यालय तथा मेडिकल संस्थाहरु आफ्नै मिहिनेतले नै सफल हुन सकेका हुन् ।


नेपालमा शिक्षाको लागि दक्ष जनशक्तिको नै कमी रहेको छ । सरकारी विद्यालयहरुको लागि शिक्षकहरु अपुग छन् । आ.व. २०७५÷७६ मा  सरकारले शिक्षाको लागि १० प्रतिशत मात्र बजेट विनियोजन गरेको छ । विज्ञान तथा प्रविधि सहित गरि जम्मा १ खर्ब ३६ अर्ब मात्र बजेट विनियोजन गरेको देखिन्छ । हाम्रो देशमा आर्थिक रुपमा मात्र नभएर असल नेतृत्व गर्ने व्यक्तिको पनि कमी रहेको छ । एउटा विद्यालय सफल रुपमा विकास गर्नको लागि असल प्रधानाध्यापक हुनुपर्छ । विद्यालय व्यवस्थापन समितिले नै विद्यालयको नेतृत्व गर्न सक्ने प्रअको छनोट गर्न सक्नुपर्छ । विव्यस र प्रअ योग्य भएमा मात्र शिक्षक तथा विद्यार्थीहरुलाई नेतृत्व गर्न सक्दछ । मुलुकमा नाम चलेका विद्यालयहरु सफल हुनको लागि साथीहरुले धेरै मिहिनेत गर्नुभएको छ । राज्यले शिक्षामाथि भएको खराव राजनीतिकरणको अन्त्य गर्नुका साथै निजी विद्यालयमाथिको गलत धारणालाई पनि अन्त्य गर्नुपर्छ । निजी विद्यालयमा अध्ययन गरेका अधिकांश विद्यार्थीहरु धनी होस् या गरिब, उनीहरु अवसरको लागि विदेशमा जानु खराब होइन । यसले ज्ञान र अनुभवको दायरा फराकिलो पार्छ । 

सरकारी विद्यालयहरुमा मात्र सरकारले राम्रो लगानी गरी नतिजा निकाल्न सकेमा यहाँ कुनै निजी विद्यालयको आवश्यक नै हुन्न । देशमा नाम चलेका निजी विद्यालय तथा मेडिकल संस्थाहरु आफ्नै मिहिनेतले नै सफल हुन सकेका हुन् । सरकारले निजी विद्यालयहरुसँग कर त लिन्छ  तर दुःखको कुरा त्यसबाट उनीहरुलाई कुनै पनि सहयोग पाइएको छैन । 
अहिले मुलुक संघीयतातर्फ गएको छ । केन्द्रिय स्तरमा भएको सबै अधिकार विकेन्द्रीकृत भएको छ । यसले शिक्षाको विभिन्न तहलाई पनि केन्द्रिय, प्रादेशिक र स्थानीय तहमा विभाजन गरेको छ । मुलुकमा अहिले प्राथमिक विद्यालय स्तरको शिक्षाको लागि योग्य जनशक्ति अभाव छ । विद्यालयमा भएको संरचनाले नै सरकारले बनाएको नीति अनुरुप जान कठिन रहेको छ । बौद्धिक स्तर बाहेकका अन्यले विद्यालयलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सक्दैनन् । 


निजी विद्यालयको भविष्य राम्रो बनाउनको लागि सरकार र निजी विद्यालयका लगानीकर्ताकाबीच सहकार्य हुनुपर्छ । शिक्षामा निजी क्षेत्रको लगानी ८५ प्रतिशत रहेको छ । त्यसैले निजी विद्यालयहरुमा भएको छाडापनको अन्त्य गरि सही तरिकाबाट नियमन गर्नुपर्छ । निजी विद्यालयको अन्त्य गर्नुपर्छ भनी कुनै पनि संस्थाहरु लाग्नु हँुदैन । 
मौलिक हकमा रुपमा राज्यले सबै बालबालिकाहरुलाई निःशुल्क पढाउने हो भने कति कक्षासम्म र कहाँ गएर पढ्ने हो स्वयं विद्यार्थीलाई छान्न दिई त्यसवापतको रकमको भौचर वितरण गर्नुपर्छ । यसका साथै विद्यार्थीको संख्या, भौगोलिक अवस्थालाई हेरेर सरकारले कुन ठाउँमा निजी विद्यालय सञ्चालन गर्नुहुन्छ, कहाँ गर्नुहुन्न भनी स्पष्ट नीति बनाउनुपर्छ । यस्तो गरेमा विद्यार्थी विना विद्यालय सञ्चालन गर्नुपर्ने अवस्था नहुन सक्छ । विद्यालयहरुलाई सञ्चालनको लागि के कस्ता भौतिक संरचना चाहिने हो त्यो पूरा भएमा मात्र सम्बन्धन दिनुपर्छ । यसका साथै निजी विद्यालयले पनि प्रत्येक वर्षको आयव्यय के–कस्तो रहेको छ खुलाउनुपर्छ । शिक्षाको प्रगति गर्नको लागि निजी तथा सरकारी एकअर्कामा सहयोगी भावनाको साथ अगाडि बढ्नुपर्छ । यदि व्यापार वा नाफा नै लिनु छ भने शिक्षामा मात्र नभएर अरु क्षेत्रमा पनि लगानी गर्दा राम्रो हुन्छ  । 

शिक्षाको विकासमा गति ल्याउनको लागि म राजनीतिमा आएको हुँ । मैले विवेकको साथ काम गर्ने गरेको छु । यसले गर्दा म कुनै पनि क्षेत्रमा असफल भएको छैन । नेपालमा भएको राम्रो अवसरको कारणले गर्दा यहाँ विदेशीहरु पनि लगानीको लागि आउने गरेका छन् । म राजनीतिमा पैसा तथा पदको लागि आएको होइन । म नेपालको शिक्षा तथा शिक्षा नीतिलाई अगाडि बढाउनको लागि आएको हुँ । मैले शिक्षाबाट एउटा आत्मसम्मान पाएको छु, जुन सम्मान अरु क्षेत्रबाट पाउन गाह्रो हुन्छ । शिक्षाको विकासको लागि म एउटा फाउन्डेशन खोल्ने सोचमा रहेको छु, जसबाट शिक्षा तथा राज्यको लागि थप टेवा पुग्न सक्छ । 

हाम्रो देश एउटा यस्तो देश हो जहाँ विकास गर्न धेरै अवसरहरु रहेको छ  । विश्वको अरु देशमा नपाईने हावापानी तथा वातावरण यहाँ पाउन सक्छौँ । यहाँ असल नेतृत्व गर्ने नेतृत्वदायी र नीतिको कमी भएकोेले गर्दा विकास हुन कठिन भएको हो । 
 

0 Comments

Leave a comment