July 05, 2020
अन्तर्वार्ता

शिक्षा होइन विद्या दिऔं

शिक्षा होइन विद्या दिऔं

१५ जनवरी सन् १९६२ मा वीरगन्जमा जन्मेका अनिल केडियाले जुद्ध मा.वि. वीरगञ्जबाट एसएलसी राँची विहारबाट आइकम र बम्बई चेन्नाईबाट बिकम गरेका छन् । अनिल केडिया नेपाल उद्योग वाणिज्य महासंघको कार्यसमिति सदस्य, प्लास्ट नेपालका सदस्य, शिक्षा परिषद्का पूर्वसदस्य, मानविकी त्रिभुवन विश्वविद्यालय विद्या परिषद्का सदस्य, प्याब्सन केन्द्रिय समितिका पूर्व सदस्यसमेत हुन् । आफ्नो विचार स्पष्ट राख्ने डिएभि सुशील केडिया विश्व भारती स्कुलका अध्यक्ष अनिल केडियासँग भएको कुराकानीको आधारमा तयार पारिएको सामग्रीः

सुरुमा धेरै किसिमको व्यापार गरेँ, ज्ञान थिएन त्यसैले जे गरे पनि सफल हुन सकिन । अनुभवले धेरै कुरा सिकाउँछ भने झैं मैले पनि धेरै कुरा सिकेँ । जे काम गरे पनि एउटै काम राम्ररी गर्नुपर्छ भन्ने कुरा सिकेँ । सुरुमा यती कार्पेट नेपालको नं. १ ब्राण्ड बनाएँ, सीताराम दूध पनि नेपालको अब्बल ब्राण्ड बन्यो । विद्यालयलाई पनि विद्यालय तहदेखि स्नातकोत्तर तहसम्म गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्था बनाउन सफल भएका छाँै ।

सन् १९९३ मा १४ जना विद्यार्थीबाट स्थापित भएको डिएभि सुशील केडिया विश्व भारती उच्च माविमा मात्र हाल ३ हजार ५ सयभन्दा बढी विद्यार्थीहरु अध्ययन गर्दछन् । डिएभीले त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी स्नातक तहमा बिबिए, बिबिएस, बिएस्सी, विएसडब्लुजस्ता संकायहरुको अध्यापन गर्दै आएको छ । त्यस्तै पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत एम.बि.ए सञ्चालन गर्दै आएको छ । स्कुलदेखि उच्च शिक्षासम्मका सबै तहमा गरी पाँच हजारभन्दा बढी विद्यार्थीले अध्ययन गर्दै आएका छन् । 

शिक्षाले जीवनयापन गर्नलाई सहयोग पु¥याउँछ तर असल मानिस बन्नको लागि विद्या चाहिन्छ । ठूलावडा वा हाम्रा गन्यमान्य व्यक्तिहरुले आर्शिवाद दिँदा ‘विद्या प्राप्त गरेस् भनिन्छ ।

विगत दुई दशकको दौडानमा धेरै  अनुभवहरु बटुलियो । हामीले विद्यालय खोल्दा, स्कुल थियो, विद्यालय थिएन । स्टुडेण्ट थिए, विद्यार्थी थिएनन् । शिक्षक थिए, विद्यार्थी थिएनन् । विद्या भनेको शिक्षा होइन, विद्या र शिक्षामा धेरै फरक छ । हाम्रो शैक्षिक प्रणाली बिग्रनुका कारण पनि विद्या शिक्षामा परिणत हुुनु हो । शिक्षा भनेको सैद्धान्तिक ज्ञान मात्र हो । विद्या भनेको सैद्घान्तिक तथा व्यावहारिक दुवै ज्ञान हो । शिक्षाले जीवनयापन गर्नलाई सहयोग पु¥याउँछ तर असल मानिस बन्नको लागि विद्या चाहिन्छ । ठूलावडा वा हाम्रा गन्यमान्य व्यक्तिहरुले आर्शिवाद दिँदा ‘विद्या प्राप्त गरेस् भनिन्छ । शिक्षा प्राप्त गरेस् भनेर भनिँदैन ।’ शिक्षा र विद्याको फरक थाहा नपाएर समस्या आएको हो । एउटा भनाई छ, (Western mind, Eastern heart) पश्चिमी दिमाग, पूर्वीय हृदय यो भनाईले अहिलेको वास्तविकतालाई दर्शाउँछ ।

जबसम्म मनुष्यमा सद्भाव हुँदैन, प्रेम हुँदैन तबसम्म ऊ असल हुन सक्दैन । मनुष्यले सही र गलत छुट्याउन सक्नुपर्छ । जब हामी विद्यालयमा विद्या सिकाउछौं तब सही र गलत सिकाउँदैनौँ भने विद्यालय भन्न सकिँदैन । घरमा बाबुआमाले छोराछोरीलाई झूटो बोल्न हुँदैन भनेर सिकाइरहेका हुन्छन् । घरमा फोन आउँदा बुवाले छोरालाई बुवा घरमा हुनुहुन्न, बाहिर जानुभएको छ भन, भनेर भनिरहेका हुन्छन् । यो पनि शिक्षाको कारणले गर्दा खेरी नै हो । सबैले भन्छन्, झुटो नबोल्नु तर आफै झुटो बोलिरहेका हुन्छन् । 

सत्य एउटा मात्र हुन्छ, सत्य दुई–तीनवटा हुने होइन । संसारका कुनै मानिसले ‘बरफ छोयो भने चिसो हुन्छ, आगो छोयो भने तातो’ हुन्छ । एउटै विषयमा सबै मानिसको एउटै धारणा भइदिने हो भने, विभिन्न मानिसहरुले किन विभिन्न विचारधारा राख्नुप¥यो । यसको मूल कारण पनि शिक्षा नै हो । विद्यार्थी स्मार्ट हुन सजिलो छ, विद्यार्थी हुन गाह्रो छ । विद्यार्थीहरुलाई सुन्दरी प्रतियोगितामा पठाई दियौं, र उसलाई त्यो प्रतियोगिता जिताइ क्राउन लगाई दियो भने उसको व्यवहारमा धेरै परिवर्तन आउँछ । बोलीचाली रहनसहन सबैमा परिवर्तन आउँछ । उसलाई त्यो पदवी स्मार्ट बनाउँछ, गुड होइन । सबै विद्यार्थीहरुलाई कुनै आकार दिएर विश्लेषण गर्ने हो भने दुई लाइनमा अटाउन सकिन्छ ।

"It is simple to be a difficult man, 
It is difficult to be a simple man."

हामीले विद्यार्थीहरुलाई कक्षामा प्रथम, द्वितीयभन्दा पनि असल, चरित्रवान् बनाउनुपर्छ । विद्यार्थीहरुलाई राम्रो व्यवहार सिकाउनुका साथै संस्कारी बनाउनुपर्छ । समाजमा इन्जिनियर, डाक्टरहरुले राम्रो व्यवहार गरेनन् भने  हामीले उनीहरुलाई कस्तो मान्छे भनेर भन्ने गछौँ ।  यहाँ भन्न खोजेको के हो भने पढ्दैमा संस्कारी हुने होइन । संस्कारी हुनको लागि उसको  आचरण राम्रो हुनुपर्दछ । हामीले उत्पादन गरेका विद्यार्थीमध्ये कुनै एकलाई उत्कृष्ट बनाउनुभन्दा पनि सबै विद्यार्थी गुणस्तरीय बनाउन सक्नुपर्छ । फेरि पनि दोहो¥याएँ मैले, हामीले स्मार्टभन्दा पनि गुड बनाउने हो । 

नेपालका विद्यार्थीहरु विदेसिने क्रम बढ्दो छ । वास्तवमा हाम्रो देशको हावापानीलाई मध्यनजर गर्ने हो भने विदेशी चाहिँ नेपालमा आएर पढ्नुपर्ने हो । पौराणिक दृष्टिले हेर्ने हो भने पनि हिमाली क्षेत्रदेखि कन्याकुमारीलाई विश्व गुरु मानिन्छ । नेपालमा अन्य मुलुकबाट अध्ययन गर्न आउनुपर्ने ठाउँमा हाम्रा विद्यार्थीहरु किन बाहिर गइरहेका छन् ।

नेपालका विद्यार्थीहरु विदेसिने क्रम बढ्दो छ । वास्तवमा हाम्रो देशको हावापानीलाई मध्यनजर गर्ने हो भने विदेशी चाहिँ नेपालमा आएर पढ्नुपर्ने हो । पौराणिक दृष्टिले हेर्ने हो भने पनि हिमाली क्षेत्रदेखि कन्याकुमारीलाई विश्व गुरु मानिन्छ । नेपालमा अन्य मुलुकबाट अध्ययन गर्न आउनुपर्ने ठाउँमा हाम्रा विद्यार्थीहरु किन बाहिर गइरहेका छन् । अहिलेको समयमा बाबुआमाले घरखेत बेचेर, पेट काटेर पनि पढाइरहेका छन् । आफ्ना छोराछोरीलाई पढाउँदा सबैले उत्कृष्ट विद्यालय नै रोज्दछन् । नेपालमा राजनीतिक हस्तक्षेपले शिक्षामा असर पर्न गएको छ । नेपाल सरकारले शिक्षामा पारदर्शी नीति अपनाएर दीर्घकालीन ढंगले काम ग¥यो भने झण्डै दुई खर्ब रकम बचत हुनुको साथै विदेशी विद्यार्थीहरु भित्र्याउन सकिन्छ । 

हामी बिहानदेखि बेलुकासम्म कुदिरहेका हुन्छौं । आफ्नो विद्यालयलाई कसरी राम्रो बनाउने भनेर मन्थन गरिरहेका हुन्छौं । साच्चै भन्ने हो भने आफ्नो लागि समय हुँदैन, फुर्सद नै हुँदैन, व्यस्तता वर्षभरि हुन्छ । त्यसैले प्रत्येक वर्षको दशैं बिदामा प्रायः म नेपाल बस्दिँन त्यो समयको झण्डै १५ दिन छुट्टीमा बस्छु । केही समय मिलेको खण्डमा विपश्पना ध्यान केन्द्र जान्छ,ु । ध्यानले जीवनमा पुर्नताजकी दिँदोरहेछ । त्यसैले ध्यानले पनि मेरो जीवनमा सफलताको लागि सहयोग गरेको छ ।
 
 

0 Comments

Leave a comment