November 26, 2020
फिचर

शैक्षिक संस्था सामाजिक संस्थाको पर्यायवाची

शैक्षिक संस्था सामाजिक संस्थाको पर्यायवाची

विचारका धनी डा. ऋषि तिवारी युवा उमेरदेखी शैक्षिक संस्थामा आवद्ध हुदै आएका छन् । विद्यार्थी हुँदा पढ्नका लागि खर्च जुटाउन खोलिएको कोचिङ सेन्टरलाई हाल सुप्रसिद्ध पिनाकाल कलेज बनाउँन सफल तिवारीले एजुकेशन लिडरसीपमा एमफिल गरेका छन् ।  हाल हिसानको केन्द्रिय सचिवसमेत रहेका उनै डा. ऋषि तिवारीसँग गरिएको आधारित सामग्रीः

मेरो जन्म धादिङमा भएको हो । मेरो बाल्यकाल सामान्य रूपमा बित्यो । दुईजना दाजु र मसहित हामी तीनजना छौँ । मेलै वि.सं. २०४४ मा धादिङको बैरेनी गाउँपालिकामा रहेको सवि माध्यमिक विद्यालयबाट एसएलसी दिएको थिएँ । त्यो विद्यालयको पहिलो एसएलसी ब्याच थियो । एसएलसी परीक्षा दिने जम्मा दुईजना थियौँ । हामी दुवैले प्रथम श्रेणीमा एसएलसी परीक्षा उत्तीर्ण ग¥यौँ । मैले एसएलसी परीक्षा दिएपछि सोही विद्यालयमा कक्षा ९ र १० मा चार–पाँच महिना विज्ञान विषय पढाएँ । रिजल्ट आएपछि पढाउन छोडेँ । 

समाजमा प्रथम श्रेणीमा पास भएपछि विज्ञान, मेडिसिन वा इन्जिनियरिङ विषय लिएर पढ्नुपर्छ भन्ने धारणाको विकास भइसकेको थियो । मैले पनि विज्ञान विषय पढ्ने निर्णय लिएँ । त्यसवेला मेरो समाजमा विज्ञान विषय लिएर पढ्ने कोही थिएनन् । म आफैँले त्यो विषय पढ्ने निर्णय लिएको थिएँ ।

त्यसवेला समाजमा पढेलेखेका मानिस धेरै थिए । उनीहरू बुझ्ने पनि भएका थिए । समाजमा प्रथम श्रेणीमा पास भएपछि विज्ञान, मेडिसिन वा इन्जिनियरिङ विषय लिएर पढ्नुपर्छ भन्ने धारणाको विकास भइसकेको थियो । मैले पनि विज्ञान विषय पढ्ने निर्णय लिएँ । त्यसवेला मेरो समाजमा विज्ञान विषय लिएर पढ्ने कोही थिएनन् । म आफैँले त्यो विषय पढ्ने निर्णय लिएको थिएँ । मैले अस्कल, पाटन र त्रिचन्द्र क्याम्पसमा निवेदन दिएको थिएँ ।

तीनवटै कलेजमा नाम निस्कियो । तर, साथीको घर पाटनमा भएका कारण पाटन कलेजमै पढ्ने निर्णय गरेँ । मैले बायोलोजी लिएर आइएस्सी र बायोलोजी केमेस्ट्री र फिजिक्स लिएर बिएस्सी सोही कलेजबाट गरेँ । त्रिभुवन विश्वविद्यालयबाट फिजिकल केमेस्ट्री विषयमा एमएस्सी गरेँ । त्यस समयमा कलेजहरूमा इन्ट्रान्स परीक्षा दिन अहिलेजस्तो सहज थिएन । शिक्षकहरूले नै प्रवेश परीक्षाबारे जानकारी दिनुहुन्थ्यो । फेरि परीक्षा पनि रिजल्ट आएको एक महिनामै भइसक्थ्यो । यसले गर्दा मैले स्नातकमा मेडिकल वा अन्य विषयतिर प्रवेश गर्न पाइनँ । पछि स्नातकोत्तरमा भने परीक्षा दिएको थिएँ । जम्मा २० जनाको कोटा थियो ।

मेरो साथीको नाम निस्कियो, तर मेरो चाहिँ वेटिङ लिस्टमा नाम निस्केको भन्ने सुनेको थिएँ, तर हेर्न भने गइनँ । अनि अर्को वर्षको परीक्षाका लागि ढिलो हुन्छ भनेर पढ्न थालँे । त्यसवेला शैक्षिक वातावरण अहिलेजस्तो थिएन । कतिपय साथी मन्त्रीहरूको पावर लगाएर नाम निकाल्थे । यसका साथै परीक्षामा पनि अहिले भए प्रयोगात्मक मात्र सोध्छ, त्यो समयमा भने प्रयोगात्मक र सैद्धान्तिक दुवै सोध्ने गरिन्थ्यो । तर, मलाई मेडिकल पढ्न नपाएकोमा कुनै पश्चात्ताप छैन । किनभने, म जुन स्थानमा गर्वका साथ काम गर्न पाएको छु, त्यसैमा खुसी छु । त्यतिवेला गाउँको मध्यमवर्गको मान्छे काठमाडौंमा बस्नेदेखि खाने सबै कुरामा भाडा तिरेर विज्ञान पढ्नु पनि ठूलै कुरा हो । म पढ्दै गर्दा इन्डियाको एउटा बैंक थियो, त्यसमा काम गर्न थालेको थिएँ । मलाई पढ्ने समयमा विभिन्न मानिसले प्रोत्साहन दिनुहुन्थ्यो । मेरो पढाइ पहिलेदेखि नै राम्रो थियो । कक्षा ६ देखि सधैँ कक्षामा पहिलो नै हुन्थेँ । यसले गर्दा पनि समाजमा यो विद्यार्थी मिहिनेती छ भन्ने छाप दिन सफल भएको थिएँ । मलाई पढ्नका लागि प्रोत्साहन दिने व्यक्तिका रूपमा उत्तमबहादुर शाह हुनुहुन्थ्यो । उहाँले मलाई ‘ल है, आइएस्सी पढ्नुपर्छ, आवश्यक परे म पनि सहयोग गर्छु’ भन्नुहुन्थ्यो । उहाँ मेरो प्रेरणाको स्रोतका रूपमा हुनुहुन्छ । बिएस्सी पढ्दा हाम्रो कलेजबाट ९१ जना विद्याथीले परीक्षा दिएका थिए । जम्मा ११ जना मात्र पास भए, त्यसमा म पनि परेको थिएँ । त्यसवेला खुब सोर्र्सफोर्स चल्थ्यो । कलेजबाट पनि विभिन्न योजना बनाएर बाहिर लाने गरिन्थ्यो । तर पनि जो सचिवको नजिक छ, उनीहरू मात्र जान पाउँथेँ । यसका साथै पञ्चायती व्यवस्थामा रहेर काम गर्ने व्यक्तिहरू पनि मन्त्रीहरूका माध्यमबाट जाने गर्थे । 

६/७ जना साथीहरूसँग मिलेर ०५५ मा यो कलेज स्थापना गरेका थियौँ । त्यसवेला प्लस टु सञ्चालनका लागि मान्यता लिन सजिलो भएको थियो । मसँग ट्युसन सञ्चालन गरेको र प्लस टुमा पनि पढाएको अनुभव भएकाले साथीहरूले कलेज सञ्चालनको जिम्मा मलाई दिनुभयो ।

मेरो पहिलेदेखिको पेसा भनेको शिक्षण नै थियो । कलेज पढ्दा एसएलसी परीक्षा दिने विद्यार्थीलाई पढाउने गर्थें । एउटा कोठा भाडामा लिएर मैले विज्ञान मात्र नभएर गणित र अंग्रेजी विषयको पनि ट्युसन पढाएँ । ट्युसन सेन्टरको नाम मल्टिपम एकेडेमी थियो । यसबाटै मेरो शिक्षण पेसाको करियर विकास भएको थियो । आइएस्सी सकेपछि बिएस्सी पढ्नका लागि ६ महिना खाली समय थियो । त्यस समयमा म ट्युसनलाई झन् विकास गर्न सफल भएँ । मेलै विभिन्न शिक्षकलाई ल्याएर गणित, अंग्रेजी, विज्ञान तथा विभिन्न विषयको ट्युसन सञ्चालन गरेको थिएँ । बिहान ५ बजेदेखि बेलुका ९ बजेसम्म कक्षा सञ्चालन गर्दा एकदिनमा ५० वटासम्म समूहलाई पढाएका थियौँ । मेलै ट्युसन पढाउँदै बिएस्सी पनि पूरा गरेँ । एमएस्सीको रिजल्ट आउँदाआउँदै म पाटन कलेजमा पढाउन थालँे । वि.सं. २०५२ बाट सानेपाको काठमाडौं युनिभर्सिटी कलेजमा कक्षा १२ का विद्यार्थीलाई पढाएँ । त्यस विद्यालयमा महिला मात्र पढ्ने गर्थे । त्यो विद्यालय टप टेनभित्र पर्न सफल भएको थियो । 

त्यो समयमा शिक्षाशास्त्र पढेर अहिलेजस्तो विदेश जान सहज थिएन । तैपनि शिक्षाशास्त्रमा मास्टर गरेपछि प्लस टुसम्मको स्कुल खोल्नुपर्छ भनेर ट्युसन एकेडेमीमा पढाउने शिक्षकहरूको साथ लिएर उच्च माध्यमिक शिक्षा परिषद्बाट मान्यता लिएर पिनाकल कलेज सञ्चालन गर्न थालेँ । ६/७ जना साथीहरूसँग मिलेर ०५५ मा यो कलेज स्थापना गरेका थियौँ । त्यसवेला प्लस टु सञ्चालनका लागि मान्यता लिन सजिलो भएको थियो । मसँग ट्युसन सञ्चालन गरेको र प्लस टुमा पनि पढाएको अनुभव भएकाले साथीहरूले कलेज सञ्चालनको जिम्मा मलाई दिनुभयो । सुरुवातमा व्यवस्थापन संकाय र विज्ञान संकाय गरी ५५ जना विद्यार्थी भर्ना भएका थिए । दोस्रो वर्ष मानविकी संकाय पनि राख्यौँ । त्यो वर्ष १ सय ५० जना विद्यार्थी भर्ना भए । हाल यो विद्यालयले २० वर्ष पार गरिसकेको छ । अहिले सरदर वर्षको ५ सयसम्म विद्यार्थी भर्ना हुने गर्छन् । हामीले अभिभावकको आर्थिक स्रोतले भ्याउने गरी विद्यालय सञ्चालन गर्दै आएका छौँ । 

०६० बाट हामीले सिटिइभिटीअन्तर्गत रहेर फार्मेसी विषय सञ्चालन गर्न थालेका हौँ । नेपालमै पहिलोपटक टेक्निकल कक्षा सञ्चालन गर्ने कलेज पिनाकल बन्यो ।  अरू टेक्निकल विषय पनि थप्दै लगेका छौँ । हामी सिभिल इन्जिनियरिङ, इन्जिनियरिङ, बिबिए, बिएलगायत कक्षा सञ्चालनका लागि स्वीकृति लिने तयारीमा छाँै ।
वि.सं. ०६१ र ०६२ मा यस विद्यालयका विज्ञान संकायका ६ जना विद्यार्थी नेपालको टप टेन विद्यार्थीमा पर्न सफल भए । त्यसपछि ०६५ मा हाम्रै विद्यार्थी बोर्ड फस्टमा आए । यति मात्र नभएर पुल्चोकको इन्जिनियरिङ अध्ययन संस्थानमा पनि एक नम्बरमा नाम निकाल्न सफल भए । फार्मेसीमा भने जहिले पनि फस्ट हँुदै आएको छ । 

कुनैवेला वल्र्ड भिजन नाम गरेको विद्यालय सञ्चालनमा थियो । त्यसले सिन्धुलीका सरकारी विद्यालयबाट एसएलसी पास गरेका २२ जना विद्यार्थीलाई छात्रवृत्ति दिन्छु भनी ल्याएको रहेछ । तर, सञ्चालन गरेको ६ महिनामै कलेजका सञ्चालक भागे । त्यसपछि केही विद्यार्थी मिलेर एचएसइबीमा उजुरी गरेछन् । त्यहाँबाट ‘अब तिमीहरू कुन विद्यालयमा पढ्न जान्छौ त ?’ भनी सोध्दा पिनाकल कलेजमा जान्छौँ भने । अनि मलाई ती विद्यार्थीलाई भर्ना लिइदिनुप¥यो भनी फोन आयो । तर, मेलै सेसनको बीचमा उनीहरूलाई भर्ना लिन सक्दिनँ भनेँ, तर उमाशिपको आग्रहपछि लिइदिएँँ । त्यसमध्ये एक विद्यार्थी नरेन्द्र श्रेष्ठले यहाँ टप गरे । र, महाराजगन्जमा एमबिबिएसमा नाम निकालेर डाक्टर पास गरेका छन् । यो त एक उदाहरण मात्र हो । यस्ता धेरै विद्यार्थी समाजमा एउटा सफल व्यक्तित्वका रूपमा विकास भएका छन् । 

मेरो जीवनमा शिक्षण पेसाबाहेक अन्यत्र ध्यान गएन । सायद, एमबिबिएस गर्न पाएको भए जान सक्थ्यो होला । हामी पढ्दा गाउँबाट चामल, तरकारी लिएर आउँथ्यौँ । कोठाभाडाका लागि १ सय ५० रुपैयाँ पनि गाउँबाटै ल्याउने गथ्र्यौं । यसरी विभिन्न समस्याबीच मेरो शैक्षिक जीवन पार भएको हो । 

विद्यालय तथा त्यहाँका विद्यार्थीहरूको सुरक्षा गर्नु नै मेरो पहिलो दायित्व थियो । यसरी एकपछि अर्को राम्रो काम गर्दै जाँदा हामी धेरै चर्चामा आएका थियौँ ।

हिसानको अवधारणा वि.सं. २०५६ बाट आएको थियो । त्यसवेला त्यो समुदायका मानिसलाई यसबारे केही पनि जानकारी थिएन । त्यस समयमा म ललितपुरमा सदस्यका रूपमा कार्यरत थिएँ । त्यसवेला सामान्यतः निर्वाचन हुँदैनथ्यो । साथीहरूले विश्वास गर्दै मलाई अध्यक्षको पद दिनुभएको थियो । त्यसवेला मेलै लिएको अभियान भनेको संस्थामा काम गर्ने व्यक्ति संस्थाप्रति उत्तरदायी हुनुपर्छ भन्ने थियो । हिसानमा कक्षा ११ र १२ पढाउने विद्यालयहरू रहेका छन् । हाल यही विषयलाई मुद्दाका रूपमा लिएर आएको छ । केही वर्षअघिबाट कक्षा १ देखि १२ सम्म एउटै तहको विद्यालय हुने व्यवस्था आयो । यसले गर्दा साथीहरू को पदमा बस्ने भनेर पनि बहस चले । केही साथीहरू त मेरो विपक्षमा पनि उभिनुभएको थियो । तर, अरू साथीहरूको कार्यकालमा हिसानलाई राम्रोसँग सञ्चालनमा नल्याएपछि साथीहरूले फेरि मलाई जिम्मेवारीमा आउन आग्रह गरे, मै फेरि दोस्रोपटक हिसानको नेतृत्व सम्हालेँ । 

मेरो कार्यकालमा भएका राम्रा काम भनेका विभिन्न निकायहरूबाट प्लस टुमाथि हुने आक्रमणमा सम्बन्धित व्यक्तिहरूसँग ५ घण्टाभित्रै वार्तामा गरेर त्यसलाई समाधान गर्थें । राष्ट्रिय रूपमा विभिन्न समस्या आए पनि वार्ता गर्न जान्थेँ । विद्यालय तथा त्यहाँका विद्यार्थीहरूको सुरक्षा गर्नु नै मेरो पहिलो दायित्व थियो । यसरी एकपछि अर्को राम्रो काम गर्दै जाँदा हामी धेरै चर्चामा आएका थियौँ । यसपछि हिसानबारे जानकारी दिन विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू सञ्चालनमा ल्याएको थिएँ । केही साथीले संस्थालाई टिकाउन मात्र कार्य गरे, तर मेलै आफ्नो पदका लागि भन्दा पनि संस्थाको विकासका लागि कार्य गरिआएको छु । 

आजभोलि आइटीमा आधारित भएर शिक्षा दिने गरिएको छ । अहिलेको शिक्षामा बोलीभन्दा पनि कामलाई जोड दिइएको छ । व्यावहारिक शिक्षाका लागि पहिलेको र आजभोलिको शिक्षालाई सन्तुलनमा राखेर काम गर्नुपर्ने हुन्छ ।

म हाल त्रिभुवन विश्वविद्यालयको रसायनशास्त्र विषय समितिको सदस्य, तत्कालीन राष्ट्रिय परीक्षा बोर्डमा रसायन क्षेत्रको विषय समितिको सदस्य रहेको छु । जिल्लास्तरीय विभिन्न सामाजिक संस्थाहरूको सदस्य, शैक्षिक तथा राजनीतिक संस्थालगायत विभिन्न संस्था गरी करिब एक दर्जन सामाजिक संस्थामा सहभागी छु । मेरो अहिलेको सोच भने संस्थाको विकास गर्ने नै हो । बजारमा माग भएका वस्तु तथा विषयहरू सञ्चालनमा ल्याउने, निजी शिक्षाका रूपमा मात्र नभएर सामाजिक संस्थाका रूपमा पनि विकास गर्ने लक्ष्य छ । जीवनमा करोडपति बन्ने सपना मेरो छैन, समाजलाई सामाजिक रूपमा अगाडि बढाउने इच्छा छ ।

समाजमा बोल्ने बानीको विकास गर्नैपर्छ । आफूले जानेका कुरा अरूलाई पनि सिकाउनुपर्छ । मानिस शुद्ध विज्ञानमा दत्तचित्त भएर लाग्यो भने वैज्ञानिक बन्छ, जुन नेपालमा रहेको भौतिक संरचनाले सम्भव छैन । सामाजिक विज्ञानतर्फ लाग्यो भने उसलाई समाजका सबै व्यक्तिले चिन्ने गर्छन् । मेरो पहिला विज्ञानमा लाग्ने विचार थियो, तर यी कुराहरू बुझेपछि सामाजिक विज्ञानमा लाग्ने विचार आयो । म सामाजिक विज्ञानमा मास्टर गर्ने निर्णय गरेर काठमाडौं विश्वविद्यालयमा भर्ना भएँ । हाल यही विषयमै विद्यावारिधिको अन्तिम चरणमा पुगेको छ । 

२५ वर्षअघि र पछिको शिक्षालाई हेर्ने हो भने धेरै फरक भइसकेको छ । त्यसवेलाको शिक्षा गुरुकुलमा आधारित थियो । मानिसहरू अरूलाई आदर गर्नुपर्छ भन्नेखालको शिक्षा दिने गर्थे । मानिस लाई नैतिकवान् बन्नुपर्छ भन्नेखालको ज्ञानमा आधारित शिक्षा दिने गरिन्थ्यो । तर, आजभोलि आइटीमा आधारित भएर शिक्षा दिने गरिएको छ । अहिलेको शिक्षामा बोलीभन्दा पनि कामलाई जोड दिइएको छ । व्यावहारिक शिक्षाका लागि पहिलेको र आजभोलिको शिक्षालाई सन्तुलनमा राखेर काम गर्नुपर्ने हुन्छ । पहिलेको शिक्षाले मान्छेलाई नैतिकवान् बनाउँछ । अहिलेको शिक्षाले प्रयोगात्मक बनाउँछ । त्यसैले दुवैलाई ध्यानमा राखी शिक्षा दिँदा राम्रो हुन्छ । 

आजको आधारभूत आवश्यकता, कृषिप्रधान मुलुकको अवधारणा तथा उद्योगहरूलाई ध्यान दिनुपर्ने हुन्छ । यहाँको जडीबुटीलाई उचित तरिकाले सञ्चालन गर्नेखालको शिक्षाको विकास गर्नु आवश्यक छ ।

हामीले जहिले पनि वर्तमानको कामलाई ध्यान दिनुपर्छ । भविष्यमा के हुन्छ भनेर कसैलाई पनि थाहा हुन्न । वर्तमानमा राम्रो काम गरे पो भविष्यमा राम्रो बन्न सक्छ ! बिपी कोइराला आफ्नो वर्तमान समयमा गरेको राम्रो कामका कारण नै अहिले चर्चामा आएका हुन् । हामीले काम गर्दै योजना बनाउँदै जानुपर्छ । अनि मात्र जीवनमा सफल हुन्छौँ । 

अहिलेका कतिपय युवालाई मेरो दायित्व के हो, मेलै कसलाई सम्मान गर्नुपर्छ भन्ने कुरै थाहा छैन । आफ्नो दायित्व कोप्रति के छ भन्ने पनि थाहा छैन । परिवारका मान्छेहरूले पनि आफ्ना सन्तानलाई उचित संस्कार दिन सकेका छैनन् । धेरै सम्पत्ति भएका अभिभावकका छोराछोरी नै बढी बिग्रेको पाइन्छ । हाम्रो देशको शिक्षानीति परिवर्तन गर्ने हो भन्ने तीन–चारवटा कुरामा ध्यान दिनुपर्छ । आजको आधारभूत आवश्यकता, कृषिप्रधान मुलुकको अवधारणा तथा उद्योगहरूलाई ध्यान दिनुपर्ने हुन्छ । यहाँको जडीबुटीलाई उचित तरिकाले सञ्चालन गर्नेखालको शिक्षाको विकास गर्नु आवश्यक छ । सरकारले सबै नागरिकको रोजगारी तथा शैक्षिक अवस्थाबारे जानकारी लिई उनीहरूको योग्यता तथा क्षमतालाई आधार मानेर कृषि, उद्योग, घरेलु व्यापार, व्यवसायलगायत विभिन्न क्षेत्रमा रोजगारीको व्यवस्था गर्नुपर्छ । 

0 Comments

Leave a comment