September 30, 2020
अन्तर्वार्ता

संस्था जीवन्त राख्न दूरदृष्टि : ईश्वर गुरुङ

संस्था जीवन्त राख्न दूरदृष्टि : ईश्वर गुरुङ

स्याङ्जा जिल्लाको तत्कालीन तरुण गाविस–९ मा १२ भदौ ०१९ मा जन्मेका ईश्वरबहादुर गुरुङले सोही गाउँकै विद्यालयबाट निमाविसम्म र श्री सहिद माविबाट माध्यमिक शिक्षा हासिल गरेका हुन् । त्यसपछि उनले ०३६ मा काठमाडौंमा आएर प्रमाणपत्र तह, स्नातक र स्नातकोत्तर तहको अध्ययन त्रिभुवन विश्वविद्यालयबाट पूरा गरे । स्नातक पढ्दापढ्दै माउन्ट भ्याली स्कुलमा ३ वर्षसम्म गणित विषय शिक्षण गरेका गुरुङ ०४७ मा मुनलाइट मावि स्थापना गरेर निजी विद्यालय सञ्चालकका रूपमा प्रवेश गरेका हुन् । जापान, थाइल्यान्ड, पाकिस्तान, भारत, बंगलादेश, अमेरिका, चीन, सिंगापुर आदि देशको भ्रमण गरेका गुरुङ नेपालका केही हिमाली जिल्लाबाहेक सबै क्षेत्र पुगेका छन् । मेगा बैंकको संस्थापक सदस्य, सोपाल समाज काठमाडौंको पूर्वअध्यक्ष तथा सल्लाहकार, शैक्षिक विकास प्रतिष्ठानको उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका गुरुङ समाजसेवामा पनि सक्रिय छन् । उनै मोलिस कलेजका प्रिन्सिपल तथा प्याब्सनका केन्द्रीय उपाध्यक्ष ईश्वरबहादुर गुरुङसँग गरिएको कुराकानी उनकै शब्दमा:

मुनलाइट माध्यमिक विद्यालयको स्थापना ०४७ सालमा गरिएको हो । त्यतिवेला ६ कक्षासम्म पठन–पाठन हुने विद्यालयलाई मावि तहको रूपमा लिने गरिन्थ्यो । ६ कक्षासम्मलाई पनि माध्यमिक विद्यालय भनिन्थ्यो । त्यही प्रावधानअनुसार माध्यमिक विद्यालय स्थापना गरी ०५२ मा पहिलो एसएलसी दिएर निरन्तर आज २४औँ ब्याच एसइई दिनेक्रममा छ । यहीक्रममा ०६४ मा उच्च माध्यमिक बनाउने तरखरमा तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्बाट अनुमति लिएर शिक्षामै आफ्नो जीवन समर्पण गर्ने शिक्षाविद्हरूको टिम बनाएर मोलिस प्लस टु कलेज कुमारीपाटीमा स्थापना भयो । यसै वर्ष यही टिमबाट नेस्फिल्ड इन्टरनेसनल कलेज पनि स्थापना भयो । नेस्फिल्डमा बिबिएस, बिए, बिएसडब्लू, बिएचएम र एमबिएससम्म सञ्चालनमा छ । 

विकसित देशहरूमा १ सय वर्ष, १ सय ५० वर्ष र २ सय वर्ष पुगेको इतिहास बोकेका संस्थाहरू हामीले देखेका छौँ । नेपालमा त भर्खर–भर्खर खोलेका संस्थाहरूको निरन्तरता वा क्रमिक रूपमा अनन्त कालसम्म संस्थालाई जीवन्त राख्न दूरदृष्टि आवश्यक छ । त्यसैले एउटा उपाय र सोचको जरुरत देखेँ ।

आजभन्दा २८ वर्षअगाडि प्रजातन्त्र भर्खरै आएको अवस्था थियो । निजी संघसंस्थाहरू खोल्ने वातावरण बनिरहेका वेला मुनलाइट मावि खोलेको हुनाले तत्कालीन रूपमा शैक्षिक संस्थाहरू धेरै थिएनन् । ५० को दशकपछि नै धेरै शैक्षिक संस्थाहरू खोलिएका हुन् । ०४७ मा विद्यालय खोल्दा केही राम्रा विद्यालय थिए । मुनलाइट माध्यमिक विद्यालयमा २ सय ५ जना विद्यार्थी भर्ना भएका थिए । नर्सरीदेखि कक्षा ६ सम्म थियो । त्यसपछि क्रमशः ७, ८, ९ र १० कक्षासम्म सञ्चालन गरियो । व्यक्तिहरू क्षणिक हुन्छन्, संस्थाहरू अनन्त रूपमा सञ्चालन हुने हो । केही नजिकका विद्यालयको नाम नलिईकन भन्नुपर्दाखेरि केही विद्यालय एउटा पुस्तापछाडि अप्ठ्यारोमा परेको पनि आफैँले देखेँ, हाम्रो कर्पोरेट कल्चर पनि नभएको देशमा । विकसित देशहरूमा १ सय वर्ष, १ सय ५० वर्ष र २ सय वर्ष पुगेको इतिहास बोकेका संस्थाहरू हामीले देखेका छौँ । नेपालमा त भर्खर–भर्खर खोलेका संस्थाहरूको निरन्तरता वा क्रमिक रूपमा अनन्त कालसम्म संस्थालाई जीवन्त राख्न दूरदृष्टि आवश्यक छ । त्यसैले एउटा उपाय र सोचको जरुरत देखेँ । टिमबाट सञ्चालन भएपछि त्यो टिममध्येको एकजना सदस्यले त यसलाई अगाडि बढाउन सक्छ भन्ने सोचका साथ धेरै अनुभवी तथा दक्षता भएका व्यक्तिहरूको टिम बनाइयो । यस्तो टिमले संस्थाको विकास दु्रत गतिमा हुन्छ । 

२२ जनाको टिमबाट मोलिस कलेज सञ्चालनमा आएको थियो । ११ वर्षका दौरान विद्यार्थीले आफ्नो गन्तव्य पहिल्याउन सक्ने एउटा शैक्षिक संस्थाको रूपमा उभ्याइसकेका छौँ । चाहे त्यो प्राविधिक विषयको भनौँ, व्यवस्थापन विषयको भनौँ या अरू सामाजिक अभियानका रूपमा आउने विषय, यी सबै विषयमा हाम्रा विद्यार्थीले जुनकिसिमको दखल हासिल गरेका छन्, त्यसले एउटा परिचय दिइसकेको छ । अभिभावकले तिर्न सक्ने शुल्कमा अधिकतम गुणस्तर दिने भन्ने हाम्रो उद्देश्य हो । यो एउटा विशुद्ध शैक्षिक संस्था भएको हुनाले त्यही जमातलाई हामीले लक्ष्य बनाएका छौँ । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छौँ । 

कलेजमा लुभु लामाटार, गोदावरी, चापागाउँ, भैँसेपाटी, खोकना, मंगलबजार, चक्रपथवरिपरिका स्थानीय विद्यार्थी ७० प्रतिशत हुन्छन् । उपत्यकाबाहिर तराईका जिल्लाहरूबाट पनि विद्यार्थी आउने गरेको तथ्यांक छ ।

यही हुनाले सुरुको वर्षदेखि नै विद्यार्थीको चाप उल्लेखनीय रह्यो । हाम्रो उद्देश्य नै स्पष्ट थियो । कुमारीपाटीमा भएका प्लस टु कलेजहरूमध्ये मोलिस एउटा राम्रो शैक्षिक संस्था हो भनेर पहिचान बनिसकेको छ । नेपाल सरकारको नीतिअनुसार संकाय हटाइएको छ । एकल रूपमा जाने भन्ने कुरा आएको छ । यसमा पनि विषयहरू रोज्न सकिन्छ । एसइईको नतिजापश्चात् विद्यार्थीहरू विज्ञान, व्यवस्थापन र मानविकी पढ्छु भनेर आउलान् । तिनीहरूले रोजेको विषय पढाउने हो । हामीकहाँ विद्यार्थीको चाप अत्यधिक हन्छ, तर हामीले लिने कोटा भनेको ८ सय ५० जना हो । त्यसभन्दा बढी संख्या अन्य शैक्षिक संस्थामा पठाउनुपर्ने बाध्यता छ । यो विद्यार्थी र अभिभावकको हामीमाथिको विश्वास हो । यो संस्था समयसापेक्ष चल्न सकेको छ । शुल्कको सवालमा होस्, पूर्वाधार र वातावरणको सवालमा होस्, हामी अगाडि छौँ । हाम्रो उत्पादनले ०७३ मा आइओएममा नेपाल टप गर्नुले पनि यसलाई पुष्टि गर्छ । हरेक वर्ष आइओइ र आइओएममा उत्कृष्ट नतिजा ल्याउन हाम्रा विद्यार्थी सफल छन् । 

यस कलेजमा लुभु लामाटार, गोदावरी, चापागाउँ, भैँसेपाटी, खोकना, मंगलबजार, चक्रपथवरिपरिका स्थानीय विद्यार्थी ७० प्रतिशत हुन्छन् । उपत्यकाबाहिर तराईका जिल्लाहरूबाट पनि विद्यार्थी आउने गरेको तथ्यांक छ । विद्यार्थीलाई शिक्षामा जोड दिनुको साथसाथै रचनात्मक कार्यक्रमहरू, खेलकुद सप्ताह, नयाँ विद्यार्थीलाई स्वागत र पुरानालाई बिदाइ कार्यक्रमहरू हामीले नियमित सञ्चालन गर्दै आएका छौँ । 

राज्यले संस्थागत विद्यालयहरूलाई संरक्षण गर्ने र यसलाई अगाडि बढाउनेखालको नीति ल्याउनुपर्छ भन्ने प्याब्सनको माग हो । राज्यले संस्थागत विद्यालय चाहिँदैन भन्ने हो भने राज्य आफैँले व्यवस्थित गर्न सक्नुप¥यो । राज्यले पनि गर्न नसक्ने र हामीले गरेको योगदानको कुनै विवरण नखोजिने, त्यसको कुनै अभिलेख नराखिने हो भने हाम्रा लागि दुःखको कुरा हो ।

विद्यालय स्थापना भएकै वर्ष प्याब्सनको स्थापना भएको हो । त्यो समयमा म प्याब्सनको प्रतिनिधि भएको थिएँ । म त्यति सक्रिय नभए पनि नियमित सम्पर्कमा थिएँ । म पहिलो महाधिवेशनबाटै प्याब्सनमा सहभागी हुँदै आएको हँु । त्यो समयमा सहभागी पनि सजिलै हुन पाइन्थ्यो । विद्यालयहरू निकै कम थिए । ०५७ मा निर्वाचित भएर ललितपुर प्याब्सनको जिल्ला सदस्य भएको हुँ । दुई वर्षपछि ०५९ र ०६१ मा जिल्ला सचिव र ०६३ मा ललितपुर जिल्ला प्याब्सन अध्यक्ष भएको हुँ । ०६६ देखि ०६८ सम्म ललितपुर जिल्ला प्याब्सनको प्रमुख सल्लाहकार हुँदै ०६८ मा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा निर्वाचित, ०७० मा पनि निर्विरोध रूपमा पुनः कोषाध्यक्ष हुँदै हाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा छु । 

निजी विद्यालयबाट पास हुने विद्यार्थीले उच्च शिक्षामा ४५ प्रतिशत आरक्षण छात्रवृत्तिमा समावेश हुन नपाउने भन्ने व्यवस्था आएको छ, यो सरासर प्राकृतिक नियमविरुद्ध छ, न्यायसंगत छैन । विद्यार्थीलाई विभेद गर्नुहुँदैन । सरकारकै अनुमतिबाट निजी विद्यालयहरू सञ्चालनमा आएका हुन् । हामीले पनि नेपालकै बालबालिकालाई पढाइरहेका छौँ । यसमा प्याब्सनको कुनै पनि हालतमा समझदारी हुन सक्दैन । राज्यले संस्थागत विद्यालयहरूलाई संरक्षण गर्ने र यसलाई अगाडि बढाउनेखालको नीति ल्याउनुपर्छ भन्ने प्याब्सनको माग हो । राज्यले संस्थागत विद्यालय चाहिँदैन भन्ने हो भने राज्य आफैँले व्यवस्थित गर्न सक्नुप¥यो । राज्यले पनि गर्न नसक्ने र हामीले गरेको योगदानको कुनै विवरण नखोजिने, त्यसको कुनै अभिलेख नराखिने हो भने हाम्रा लागि दुःखको कुरा हो ।

निजी विद्यालय नहुने हो भने विद्यार्थीहरू भारतलगायत अन्य मुलुकमा अध्ययनका लागि जान्छन्, यो त हामीले रोकेकै छौँ । विश्वबजारमा चाहिने जुन मानव संसाधन छ, त्यसलाई चाहिनेकिसिमको गुणस्तर हामीले दिएका छौँ । विश्वको जुनसुकै कुनामा गएर आफ्नो खुट्टामा उभिन सक्ने शिक्षा हामीले दिएका छौँ ।
 

0 Comments

Leave a comment