May 17, 2022
समाचार

सामािजक कार्यमा राज घिमिरे विगतदेखि नै सक्रिय छन् 

सामािजक कार्यमा राज घिमिरे विगतदेखि नै सक्रिय छन् 

 झम्–झम् पानी परेर ओत लागेका मान्छेहरुलाई जिस्क्याउँदै निथ्रुक्क भिजेर सरसफाइमा जुटेका छन् । प्रचण्ड गर्मीमा पसिनाको भेल बगाउँदै पाल बटुल्दै हिँडेका छन् । दिनरात नभनी दलित अनि जनजातिका घरमा पुगेका छन्, आफ्नो सोखले हिँड्ने गाडीमा बुढी आमा अनि बुवालाई हस्पिटलमा कुदाएका छन् । युवाहरुको जोशमा उत्साह बाँड्दै कहिले बिहानै साइकलिङ र जिम गर्न पनि पुगेकै छन् यी युवा हुन् राज घिमिरे जसले गोदावरी नगरपालिका वडा नं. ३ लाई समृद्ध र स्वच्छ बनाउनका लागि सामाजिक काममा आफूलाई समर्पित गर्दै आएका छन् ।
आफ्नो कलाकारितामा स्वच्छ छवि बनाइसकेका घिमिरे चप्पली हाईटका नायकको रुपमा परिचित छन् । यिनी राम्रो मोडेलको रुपमा स्थापित छन् । यो पेशा, यो उचाई र अनि कलाकारिताको व्यस्त जीवनलाई धमिल्याउँदै एकाएक समाजसेवीमा समर्पित हुँदै आएका छन् । स्थानीय तहको निर्वाचनमा ललितपुर गोदावरी नगरपालिका वडा नं. ३ मा वडाध्यक्षको टिकट माओवादी केन्द्रबाट पाएका घिमिरेले समाजसेवी सँगसँगै राजनीतिक यात्रामा पनि अघि सरेको देखिन्छ । हाल यिनी वाईसिएल ललितपुर जिल्लाका उपाध्यक्ष, ३ नं. प्रदेशका सचिवालय सदस्य र ३ नम्बर प्रदेशका सांस्कृतिक विभागका ईन्चार्जको जिम्मेवारी लिएर काम गर्दै आएका छन् ।
जीवन अनन्तको यात्रा हो । आफु एक्लो खुसी र सुखी हुन खोज्ने हो भने यो क्षण–क्षण भरमा नै सम्भव हुनसक्छ तर आफुमात्र दंग परेर हिँड्नु भनेको पनि क्षणिक नै हुन्छ । त्यसैले आफु बसेको समाज अनि आफनो परिवेश सम्वृद्ध बनाउन सकियो भने अनन्त कालसम्म आफु सन्तुष्ट हुन सकिन्छ भन्ने सोचले नै म आफु स्थापित भइकन पनि सामाजिक कार्यमा जुटेको छु । समाज विकासको लागि निरन्तर काम गर्ने योजना सहित आएको छु । म आफु कलाकारिता भएको हुनाले मैले निकट भविष्यमा निर्माण गर्ने चलचित्रहरु पनि व्यावसायिकमा मात्र केन्द्रित नभएर चेतनामूलक एवं सामाजिक विषयवस्तु उठान गर्नेछु । जुन चलचित्रले समाजको प्रतिनिधित्व गर्नेछ ।

सुकुम्वासीले जग्गाको  लालपुर्जा छिट्ै पाउँछन् 
  गोदावरी नगरभित्रका समस्यालाई आफ्नो घरको समस्या झैं गरि दिनरात जनताको सेवामा समर्पित राज घिमिरेले सुकुम्वासीहरुलाई छिट्ै लालपुर्जा दिने काममा खर्टिएर लागेका छन् । 
      गोदावरी नगरपालिका भित्रका भुमिहीन, सुकुम्वासी, बेनिस्सा,बिर्ता र स्ववासी लगायतका जग्गाहरुका समस्या हल गरि जतिसक्दो चाँडो पुर्जा दिलाउनका लागि राष्ट्रिय भुमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्कालाई गोदावरी नगर कमिटिको तर्फवाट ज्ञापन पत्र बुझाईएको छ ।
      आयोगका उपाध्यक्ष खड्काले उपत्यकाभित्र भुमिहीन र सुकुम्वासीको समस्या छिट्ै हल गर्ने विषयमा काम गर्ने कुरा बताउनु भयो ।
      जव सम्म सुकुम्वासीको हातमा  लालपुर्जा पर्दैन तव सम्म आफू र आफ्नो पाटी नेकपा माओवादी केन्द्रले यो अभियान जारी राख्ने कुरा नेकपा माओवादी केन्द्र, गोदावरी नगर कमिटिका उपाध्यक्ष राज घिमिरेले बताउनु भयो
 

0 Comments

Leave a comment