September 29, 2020
समाचार

सेन्ट जेवियर्स स्कुलका शिक्षक, कर्मचारीको आवासगृहमा क्वारेन्टाइन केन्द्र, विद्यालयको आपत्ति

सेन्ट जेवियर्स स्कुलका शिक्षक, कर्मचारीको आवासगृहमा क्वारेन्टाइन केन्द्र, विद्यालयको आपत्ति

सेन्ट जेवियर्स विद्यालयको प्रागंणमा क्वारेन्टाइन केन्द्र नराख्ने कुरामा सर्वाेपक्षीय रुपमा सहमति भएको छ । हाल गोदावरी वडा नं. ३ मा निर्माणाधिन भइरहेको अन्तर्राष्ट्रिय सभाहल नजिकै रहेको सेन्ट जेभियर्स स्कुलले भोग चलन गर्दै आएको शिक्षक, कर्मचारीको आवासगृह केशर महललाई गोदावरी नगरपालिका वडा नं. ३ को कार्यालय रहने कुरामा स्कुल प्रशासनसँग सहमति भएको थियो । 

यसै स्थानमा क्वारेन्टाइन केन्द्रको लागि गोदावरी नगरपालिका तथा वडाको पहलबाट भएको हो भन्ने जानकारी गोदावरी नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष बालमुकुन्द घिमिरेले दिनुभएको छ । 

सेन्ट जेवियर्स स्कुलको प्रशासनले यसलाई जर्वजस्ती गरेर क्वारेन्टाइन केन्द्र बनाएकोमा आपत्ति जनाएका छन् । विगत ७० वर्षदेखि रहँदै आएको केशरमहलमा हाल विद्यालयका शिक्षक, कर्मचारीहरुको आवासगृहको रुपमा भोगचलन भइआएको छ । 

उक्त आवासगृह लगायत वरिपरिको जमिनमा पटक पटक अनधिकृत हस्तक्षेप हुँदै आएकोमा अनधिकृत कार्यविरुद्ध यस विद्यालयले श्री उच्च अदालत पाटनमा दायर गरेको निषेधाज्ञा मुद्दामा मिति २०७६ चैत २ गते आदेशले यथास्थितिमा राख्नु, हस्तक्षेप नगर्न, नगराउनु भन्ने आदेश जारी गर्दा गर्दै पनि अदालतको आदेश विपरित बन्दाबन्दीस्थितिमा आवासन गृह जस्तो ठाउँलाई क्वारेन्टाइन बनाउने कार्य सुरु भएको छ । 
यस्तो जोरजवर्जस्ती कार्य मान्य नहुने कुराको जानकारी स्कुल प्रशासनले दिएको छ । 
 

1 Comments

  • स्कुल जस्तो पबित्र ठाउमा किन राज नीति

Leave a comment