सन् १९८९ मा ललितपुर सानेपास्थित शुभतारा स्कूल स्थापना गर्नु भएकी रानी गुरुङ कक्षपति एक समयमा नेपाल टेलिभिजनका अङ्ग्र्र्र्रेजी समाचार वाचिका एवं रेडियो नेपालका शैक्षिक कार्यक्रम प्रस्तोता थिइन् । जनक शिक्षा साम्रगी केन्द्रबाट कक्षा ५ को अङ्ग्रेजी विषयको लागि रेडियो शिक्षा कार्यक्रम चलाउनुहुन्थ्यो । उनले राईजिङ नेपाल, गोरखापत्र दैनिकमा पनि लगभग ४ वर्ष निरन्तर रुपमा लेख पनि लेखिन् । आजभोलि पनि विभिन्न पत्रपत्रिकाहरुमा उनको लेख रचनाहरु आउने क्रम जारी छ । यद्यपि, विगत २५ वर्षदेखि सञ्चारभन्दा शिक्षा क्षेत्रमा उनको सक्रियता बढी छ । प्रस्तुत छ रानी गुरुङ कक्षपतिसँग गरिएको कुराकानीमा आधारित सामग्री :
मैले पढाउनका लागि धेरै विद्यालयमा पुगेँ, तर कहीँ पनि सोचेको जस्तो विद्यालय पाउन सकिनँ । सायद म बच्चालाई धेरै माया गर्ने आमा परेकोले होला । मसँग जग्गा पनि थियो । सोचे यही जग्गामा मैले खोजेको जस्तो विद्यालय स्थापना गर्छु । तर त्यो ठाउँ विद्यालयको लागि उपयुक्त होला जस्तो मलाई लागेन । मैले श्रीमान्सँग पनि विद्यालय स्थापनाको लागि सल्लाह गरेँ । उहाँले हुन्छ विद्यालय त खोल तर पैसाको लागि होइन शिक्षा दिनको लागि खोल भन्नुभयो । अनि मैले विद्यालय स्थापनाको लागि काम गर्न थालेँ । विद्यालयको स्थापना गर्नको लागि सुरुवाती समयमा त धेरै नै दुःख, सघर्ष गर्नुपरेको थियो । विद्यालयले पैसा मात्र लियो गुणस्तरीय शिक्षा दिएन भनेर हामीमा धेरै नै आरोप पनि लागेको थियो । त्यस समयमा इमान्दारी, लगनशील र अनुसासित शिक्षा पाउन पनि मुश्किल थियो ।
चारित्रिक विकासका लागि योग शिक्षा सञ्चालन गर्दै आएका छौं । देशभक्ति भावना जगाउनुका लागि प्रत्येक मंगलबार छात्रहरुलाई दौरा सुरुवाल र छात्राहरुलाई गुन्यू चोली पोशाक अनिवार्य गरिएको छ । शिक्षक शिक्षिकाहरुले पनि राष्ट्रिय पोशाक लगाएर आउनुपर्ने नियम बनाइएको छ । विद्यार्थीहरुमा सकारात्मक भाव जगाउनका लागि नारायण सेवा, मुठ्ठी दानजस्ता कार्यक्रमहरु पनि गर्दै आएका छौं ।
राम्रो वातावरण दिएर चरित्रवान् विद्यार्थी निर्माण गर्नको लागि शुभतारा स्कुल खोलिएको हो । अन्य ठूला ठूला स्कुलहरु पनि थिए, वेस्टन शिक्षा, मन्टेश्वरी, किन्डरगार्डेन मिलाएर नेपाली शिक्षा प्रदान गर्दै आएका छौं । मानिसले शैक्षिक ज्ञान हासिल गरेर मात्र पुग्दैन । प्रत्येक मानिसमा त आत्मा र मन हुन्छ ।
चारित्रिक विकासका लागि योग शिक्षा सञ्चालन गर्दै आएका छौं । देशभक्ति भावना जगाउनुका लागि प्रत्येक मंगलबार छात्रहरुलाई दौरा सुरुवाल र छात्राहरुलाई गुन्यू चोली पोशाक अनिवार्य गरिएको छ । शिक्षक शिक्षिकाहरुले पनि राष्ट्रिय पोशाक लगाएर आउनुपर्ने नियम बनाइएको छ । विद्यार्थीहरुमा सकारात्मक भाव जगाउनका लागि नारायण सेवा, मुठ्ठी दानजस्ता कार्यक्रमहरु पनि गर्दै आएका छौं । बिहान प्रार्थना गर्छौं, भगवान्मा समर्पित पूजा अर्चना गर्छाैं । विद्यार्थीहरुलाई उदार मानव बनाउने कोसिस गछौं । शिक्षामा चाइल्ड सेन्टर बनाइएको छ । बालबालिकाहरुलाई व्यक्तिगतरुपमा ध्यान दिने गरिन्छ । बालबालिकाहरुले सिक्न नसक्ने विषयवस्तुहरु छन् भने थप कक्षाहरुको पनि व्यवस्था गर्दै आएका छौं ।
शिक्षामा गुणस्तरीयता ल्याउन र यसलाई कायम गर्नको लागि धेरै चुनौतीहरु रहेका छन् । यसको लागि कक्षाकोठाको भूमिका महत्वपूर्ण हुने भएकोले कक्षाकोठामा मैत्रीपूर्ण सामग्रीहरुको व्यवस्था गरेका छौँ । जतिसुकै दुःख भएता पनि शिक्षकहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिस्तरका तालिमहरु पनि दिँदै आएका छौँ । शिक्षकलाई तालिम दिनको लागि सरस्वती शिक्षक केन्द्र संस्थाको स्थापना गरेका छौँ । शिक्षकहरुलाई समय–समयमा तालिमको लागि विदेशसमेत पठाएउने व्यवस्था मिलाएका छौँ ।
हाम्रो विद्यालय कडा भएन भनेर अभिभावकहरुले गुनासो गर्ने गरेका छन् । तर, हामीले विद्यालयको वातावरणलाई कडा बनाउनुभन्दा पनि बालमैत्रीपूर्ण वातावरणलाई प्राथमिकता दिएका छौँ । विद्यालयलाई कडा बनाउनको लागि जति सजिलो छ, त्योभन्दा पनि गाह्रो मैत्रीपूर्ण बनाउन रहेको छ । हामीले विद्यालयमा शिक्षकहरुको लागि मात्र नभएर कर्मचारीहरुको पनि समयअनुकूल तलव वृद्धि गर्ने गरेका छौँ । विद्यार्थीहरुलाई मूल्यवान् शिक्षा दिनको लागि हामी प्रेरित भएका छौँ । हाम्रो संस्थापक शिक्षक ईश्वर गुरुङले पनि हामीलाई सद्भावपूर्ण शिक्षा कसरी दिने भनेर सिकाउनु सिकाउनुहुन्छ । साना तथा ठूलालाई सम्मान गर्न, आफ्नो संस्कृतिमा बसेर काम गर्न हामीलाई सिकाउनु भएको छ । हामीले शिक्षण प्रणालीको लागि आफैँले नै पाठ्यक्रम विकास गरेका छौँ । विद्यालयले २५ वर्ष पार गरिरहेको छ । हामी यसको गुणस्तरमा आँच आउन नदिनको लागि हामी हरदम तप्पर रहेका छौं । हाम्रो विद्यालयले गुणस्तर शिक्षा दिन विद्यालय सक्षम पनि भएको छ ।
हामीले विद्यार्थीहरुलाई यस्तो कार्य गर्नको लागि अभिप्रेरित गरेका छौँ । उनीहरुलाई कक्षाकोठामा नै विभिन्न क्रियाकलाप गर्नको लागि प्रेरित गर्छाँै । विद्यार्थीहरुलाई आवश्यकताअनुसारको अतिरिक्त कक्षा सञ्चालनसमेत गर्दै आएका छौं । उनीहरुको विकासको लागि हामीले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छौं । हामीले प्राविधिक पक्षमा प्रयोगात्मक माध्यम अपनाएका छौँ ।
हामीले विद्यालयलाई एउटा संस्थाको रुपमा नभएर परिवारको रुपमा हेरेका छौँ । समय–समयमा यस विद्यालयमा पनि विवाद उत्पन्न नभएको पनि भने होइन । तर मैले त्यस खालको विवादलाई हटाउनको लागि उहाँहरुसँग उहाँहरुको माग के हो भनेर बुझेर सोहीअनुररुप उहाँहरुसँग सल्लाह लिएर विवादलाई व्यवस्थापन गर्न सफल भएकी छु । विद्यालयका कार्य, यसको अवस्थाबारे अरुले के सोच्नु हुन्छ त्यो त मलाई थाहा भएन तर म भने सन्तुष्ट नै रहेकी छु । यस विद्यालयले हालसम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट स्वर्ण पदक पाएको छैन । तर पनि हामीलाई कुनै चिन्ता छैन । किनकी हामी आफ्नो कामलाई ध्यान दिएर अगाडि बढिरहेका छौं । हामीले गरेको कार्यबाट अभिभावक तथा विद्यार्थीहरुले विश्वास गरेका छन् । समाजमा हाम्रो प्रतिष्ठा रहेको छ । यसैले हामीलाई अगाडि बढ्नको लागि हौसला मिलेको छ ।
विद्यार्थीहरुलाई पढ्नको लागि धेरै गाह्रो रहेको छ । उनीहरुलाई हामीले करकापले भए पनि विद्यार्थीहरुलाई पढाएर एसइइ परीक्षामा समावेश गरेका छौँ । १५ वर्ष उमेरका विद्यार्थीहरुले रचनात्मक कार्यमार्फत देशको लागि सहयोग गर्न सक्छन् ।
हामीले विद्यार्थीहरुलाई यस्तो कार्य गर्नको लागि अभिप्रेरित गरेका छौँ । उनीहरुलाई कक्षाकोठामा नै विभिन्न क्रियाकलाप गर्नको लागि प्रेरित गर्छाँै । विद्यार्थीहरुलाई आवश्यकताअनुसारको अतिरिक्त कक्षा सञ्चालनसमेत गर्दै आएका छौं । उनीहरुको विकासको लागि हामीले विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै आएका छौं । हामीले प्राविधिक पक्षमा प्रयोगात्मक माध्यम अपनाएका छौँ । यसले विद्यार्थीको चौतर्फी विकासका लागि सहयोग पुग्न सक्छ । विद्यार्थीहरु परीक्षामा अन्य क्रियाकलापमा असफल भएका छन् भने ती समस्याको पहिचान गरेर विषशज्ञहरुको सल्लाह लिएर हटाउन हरबखत लागिरहेका हुन्छौं ।
प्रतिस्पर्धा त्यति थिएन, आ–आफ्नोपन थियो । अर्कै शैलीबाट सुरु गरिएको शुभतारा स्कूलमा सुरुका वर्षमा ३०÷४० जना विद्यार्थी थिए । दोस्रो ÷तेस्रो वर्षबाट नै उल्लेख्यरुपमा विद्यार्थीहरु आएका थिए । हाल स्कूलको स्थापना भएको २५ वर्ष भइसकेको छ । एसएलसी दिन थालेको पनि सत्र वर्ष भइसकेको छ । शिक्षामा विशेषरुपमा आवश्यक भएका कुराहरु समाविष्ट गर्दै लैजानुपर्छ । समय र बजारको मागअनुसार शिक्षा प्रदान गर्न सक्नुपर्छ । व्यावसायिक शिक्षा दिनुपर्छ । शिक्षा भनेको विद्यार्थी विदेसिने बनाउने काम मात्र भएको छ । देशलाई माया गर्ने, सेवा गर्ने नागरिक उत्पादन गर्न सकिएका छैन । मलाई अनुसन्धान गर्न मनपर्छ, तालिममा लाग्न मनपर्छ । शिक्षामा जुन किसिमले राजनीति छिरेको छ, त्यसलाई हटाउनुपर्छ । बच्चा केन्द्रित शिक्षा, औपचारिक शिक्षाले नै पीडा दिएको छ । नेपाल सरकारले संस्थागत विद्यालयहरुलाई स्वीकृत पत्र नै दिएको छैन, अनुमतिपत्र मात्र दिएको छ । जुनसुकै बेला खारेज गर्न सक्छ, शिक्षालाई निजी नभनोस् । शिक्षा विकास गर्न संस्थागत विद्यालयको योगदानलाई कदर गर्दै हौसला प्रदान गर्नुपर्ने हो । तर यसको उल्टो भइरहेको छ ।
संस्थागत विद्यालयले पैसा कमाएकोलाई नराम्रो भन्ठान्छन् । यसलाई राम्रो ढंगले हेर्न सक्नुपर्छ । एउटै पाठ्यपुस्तक पढाउँछौं । एउटै देशका नागरिक हौं । हामीलाई पुरस्कृत गर्नुपर्ने हो । तर सम्मानपूर्वक ढंगले हेर्दैनन्, यसमा हामीलाई दुःख लाग्दछ । प्याब्सनले नेपाल सरकारसँग मिलेर शिक्षा विकासमा ठूलो फड्को मार्न सक्छ । यसको लागि सकारात्मक सोच हुनु आवश्यक छ । हामीले सधैं राष्ट्रिय गीत गाउँछांै, लोक भाका गाउँछौं । तर पाएसम्म हामीहरु विदेशी गीतमा नै रमाइरहेका हुन्छौं । आफ्नोपन, आफ्नो संस्कार भनेको भित्री आत्मादेखि नै आउनुपर्दछ । जबर्जस्ती गर्न खोजेर आउने कुरा होइन । शिक्षालाई प्राथमिकता दिएको छैन । सरकारबाट अनुगमन पनि छैन । यति धेरै जनशक्तिमा सरकारले लगानी गरिएता पनि सामुदायिक विद्यालयले राम्रो नतिजा दिन सकेको छैन । यसको मुख्य कारण भनेको ठूलो घोकन्ते विद्यामा जोड गरिन्छ, सिकाइ पद्धति शून्य भइराखेको हुन सक्छ । सामुदायिक विद्यालय नै अङ्ग्रेजीमा पास हुने भो, न नेपालीमा नै राम्रो गर्न सक्ने भए । विद्यार्थीहरु यति त्रासमा छन् । उनीहरुमा सिकाइको चाहना छ तर राम्रो वातावरण पाउन सकेका छैनन् । वास्तवमा शिक्षा सिर्जनशील हुनुपर्ने रहेछ, सीप विकास हुने शिक्षाको साथै सीप विकासका लागि पर्याप्त मात्रामा अभ्यास मूलक शिक्षा प्रदान गर्नुपर्ने देखिन्छ । यसवर्ष सरकारले पारित गरेको बजेटमा शिक्षामा प्राथमिकता नदिएको जस्तो देखिन्छ । शिक्षामा बजेट बढ्नुको सट्टा झन् घटेको छ ।
२५ वर्षदेखि शिक्षामा कटिबद्ध भएर लागेकी छु । म शिक्षामा नै छु । तर शिक्षा जुन गतिले अगाडि बढ्नुपर्ने हो, त्यहाँ नभई दिंदा परिवर्तनको लागि कति पर्खने, धीरता कम भएको हो कि जस्तो लाग्छ, बुझ्न पनि पाएको छु । जीवनमा अगाडि बढ्नका लागि सहकार्य नै रहेछ, कोहीसँग टक्कर गरेर कसैलाई केही लाभ हुँदैन । समयानुसार अनुकूलतालाई हेरेर सरकारले उदार चरित्र भएर सहकार्य गर्नुपर्छ । ललितपुर लामाटारमा पब्लिक पार्टनरसीप गर्दै शुभताराले सामाजिक दायित्व बहन गर्दै आएको छ ।
0 Comments